Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

प्रशासनीक भवन बनाउन नसक्दा गुल्मीका चार स्थानीय सरकार अझै भाडाका घरमा

खबरडबली संवाददाता

गुल्मी ।  गुल्मीका चार स्थानीय सरकारले अझै पनि भाडाका घरबाट सेवा प्रवाह गरेका छन् । स्थानीय तहको संरचना बनेको झण्डै सात वर्ष पुग्दासमेत चार स्थानीय सरकारले प्रशासनीक  भवनसमेत बनाउन सकेका छैनन् । प्रशासनीक भवन नहुँदा उनीहरुले भाडाकै लागि मोटो रकम खर्चने गर्दछन् ।

जिल्लाको इश्मा, गुल्मीदरबार, कालीगण्डकी र चन्द्रकोट गाउँपालिका हालसम्म पनि भाडाकै घरबाट सेवा प्रवाह गरेका छन् ।

जिल्लाको इश्मा गाउँपालिकाले २०७४ सालदेखी  भाडाकै भवनबाट सेवा प्रवाह गरेको छ ।  मासिक ३६ हजार तीन सयका दरले पालिकाले भवनको भाडा बुझाउँदै आएको सूचना अधिकारी नारायण महतले जानकारी दिए। साथै वडा नं २ को वडा कार्यालय पनि भाडामा बस्दै आएको उनले बताए ।

चन्द्रकोट गाउँपालिकाले स्थापना कालदेखि नै चन्द्रकोट क्याम्पसको भवनबाट सेवा प्रवाह गरेको छ। गाउँपालिकाले अहिले मासिक ९७ हजार रुपियाँ क्याम्पसलाई भाडा बुझाउँदै आएको सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले जानकारी दिए ।

गुल्मीदरबार गाउँपालिकाले तीन वटा भवनको मासिक ७४ हजार ९५१ रुपियाँ मासिक भाडा तिर्ने गरेको प्रशासकीय अधिकृत राजीव पन्थीले जानकारी दिए ।

कालीगण्डकी गाउँपालिकाले दुईवटा भवन भाडामा लिएको छ उसले मासिक ९० हजार भाडा तिर्ने गरेको गाउँपालिकाका सूचना अधिकारी ओमबहादुर थापाले जानकारी दिए । यस्तै, वडा नं १, ४ र ७ का वडाहरु पनि भाडामा रहेको गाउँपालिकाले जनाएको छ।

मुसिकोट नगरपालिका, रेसुंगा नगरपालिका र रुरुक्षेत्र गाउँपालिकाले प्रशासकीय भवनबाट सेवा प्रवाह गर्दै आएका छन् । धुर्कोट गाउँपालिका र चन्द्रकोट गाउँपालिकाका प्रशासकीय भवनहरु निर्माणधिन अवस्थामा रहेका छन् ।

मदाने गाउँपालिकाले साबिकको गाबिस कार्यालय,मालिकाले गाउँपालिकाको सभाहल, धुर्कोट गाउँपालिकाले बहुउद्येश्यीय सभाहल, छत्रकोट र सत्यवतीले सभाहलबाट र  सेवा प्रवाह गर्दै आएका छन् ।

कालीगण्डकी गाउँपालिकाले प्रशासकीय भवन निर्माणका लागि यस वर्ष एक करोड रकम विनियोजन गरे पनि कार्यान्वयन भने गर्न सकेन । अपुग जग्गा प्राप्तीमा समय लागेका कारण कार्यान्वयन हुन नसकेको प्रशासकीय अधिकृत नरेश गिरीले जानकारी दिए । भवन निर्माणको कार्य हुन नसक्ने भएपछि हिउँदे अधिवेशनबाट रकमान्तरण गरिएको र आगामी आर्थिक वर्षबाट भवन निर्माणको प्रक्रिया अगाडि बढने उनको भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending