गुल्मी । गुल्मीका चार स्थानीय सरकारले अझै पनि भाडाका घरबाट सेवा प्रवाह गरेका छन् । स्थानीय तहको संरचना बनेको झण्डै सात वर्ष पुग्दासमेत चार स्थानीय सरकारले प्रशासनीक भवनसमेत बनाउन सकेका छैनन् । प्रशासनीक भवन नहुँदा उनीहरुले भाडाकै लागि मोटो रकम खर्चने गर्दछन् ।
जिल्लाको इश्मा, गुल्मीदरबार, कालीगण्डकी र चन्द्रकोट गाउँपालिका हालसम्म पनि भाडाकै घरबाट सेवा प्रवाह गरेका छन् ।
जिल्लाको इश्मा गाउँपालिकाले २०७४ सालदेखी भाडाकै भवनबाट सेवा प्रवाह गरेको छ । मासिक ३६ हजार तीन सयका दरले पालिकाले भवनको भाडा बुझाउँदै आएको सूचना अधिकारी नारायण महतले जानकारी दिए। साथै वडा नं २ को वडा कार्यालय पनि भाडामा बस्दै आएको उनले बताए ।
चन्द्रकोट गाउँपालिकाले स्थापना कालदेखि नै चन्द्रकोट क्याम्पसको भवनबाट सेवा प्रवाह गरेको छ। गाउँपालिकाले अहिले मासिक ९७ हजार रुपियाँ क्याम्पसलाई भाडा बुझाउँदै आएको सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले जानकारी दिए ।
गुल्मीदरबार गाउँपालिकाले तीन वटा भवनको मासिक ७४ हजार ९५१ रुपियाँ मासिक भाडा तिर्ने गरेको प्रशासकीय अधिकृत राजीव पन्थीले जानकारी दिए ।
कालीगण्डकी गाउँपालिकाले दुईवटा भवन भाडामा लिएको छ उसले मासिक ९० हजार भाडा तिर्ने गरेको गाउँपालिकाका सूचना अधिकारी ओमबहादुर थापाले जानकारी दिए । यस्तै, वडा नं १, ४ र ७ का वडाहरु पनि भाडामा रहेको गाउँपालिकाले जनाएको छ।
मुसिकोट नगरपालिका, रेसुंगा नगरपालिका र रुरुक्षेत्र गाउँपालिकाले प्रशासकीय भवनबाट सेवा प्रवाह गर्दै आएका छन् । धुर्कोट गाउँपालिका र चन्द्रकोट गाउँपालिकाका प्रशासकीय भवनहरु निर्माणधिन अवस्थामा रहेका छन् ।
मदाने गाउँपालिकाले साबिकको गाबिस कार्यालय,मालिकाले गाउँपालिकाको सभाहल, धुर्कोट गाउँपालिकाले बहुउद्येश्यीय सभाहल, छत्रकोट र सत्यवतीले सभाहलबाट र सेवा प्रवाह गर्दै आएका छन् ।
कालीगण्डकी गाउँपालिकाले प्रशासकीय भवन निर्माणका लागि यस वर्ष एक करोड रकम विनियोजन गरे पनि कार्यान्वयन भने गर्न सकेन । अपुग जग्गा प्राप्तीमा समय लागेका कारण कार्यान्वयन हुन नसकेको प्रशासकीय अधिकृत नरेश गिरीले जानकारी दिए । भवन निर्माणको कार्य हुन नसक्ने भएपछि हिउँदे अधिवेशनबाट रकमान्तरण गरिएको र आगामी आर्थिक वर्षबाट भवन निर्माणको प्रक्रिया अगाडि बढने उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - २०:३२
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान ...
चैत्र १४ गते, २०८२ - २०:३०
काठमाडौं। काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख...
चैत्र १४ गते, २०८२ - २०:२४
काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा रा...
चैत्र १४ गते, २०८२ - २०:१९
काठमाडौं । राजनीतिक विश्लेषक हर्क साम्पाङले २४ फागुनमा सिंहदरबार, सर्वोच्च न्यायालय र संसद भवनमा भएको आगजनीका घटनाका लागि मात्र व्यक्तिगत नेताहरूमा का...
चैत्र १४ गते, २०८२ - १९:४०
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेव...
चैत्र १४ गते, २०८२ - १९:३६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) साहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। फागुन २१ गते सम्पन...
चैत्र १४ गते, २०८२ - १९:३३
सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको...
चैत्र १४ गते, २०८२ - १९:१९
म्याग्दी । ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ म...
चैत्र १४ गते, २०८२ - १९:१७
हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लि...
चैत्र १४ गते, २०८२ - १९:११
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार...



प्रतिकृया लेख्नुहोस्: