Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा

खबरडबली संवाददाता

काठमाडौ । काठमाडौंको मित्रनगर र नेपालटारबाट मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउृ परेका छन् । 

पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका ४ झुरझुरे घर भइ काठमाडौंको नयाँबसपार्क बस्ने २७ वर्षीय आशाराम थिङ, सल्यानको सारदा नगरपालिका ५ घर भइ  काठमाडौंको जरङखु बस्ने १९ वर्षीय राहुल सिंह ठकुरी र काठमाडौँको बालाजुका आशिष गहतराज रहेका छन् । 

वास्तविक नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०४८ प ५३ ५३ नम्बर राखी चलाइरहेको अवस्थामा थिङलाई मोटरसाइकल सहित काठमाडौंको मित्रनगरमा ट्राफिक प्रहरीले फेला पारेको थियो । वास्तबिक नम्बर बागमती प्रदेश ०२-०२७ प ८२ ८२ नम्बरको KTM DUKE मोटरसाइकल काठमाडौँको बौद्धबाट हराएको भनि समन बास्ताकोटीले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि दिवेदन दिएका थिए । 

त्यस्तै, बागमती प्रदेश ०२(०४५ प ८३ २० नम्बर राखी चलाइरहेको अवस्थामा ठकुरीलाई मोटरसाइकल सहित आज काठमाडौंको नेपालटारबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा आएका ठकुरीलाई सोधपुझ गर्दा उक्त मोटरसाइकल आशिष गहतराज मार्फत झापाका सन्तोष लिम्बु संग किनेको भन्ने खुल्न आएको हुँदा गहतराजलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । वास्तविक नम्बर बागमती प्रदेश ०२-०४२ प ४९ ७७ नम्बरको प्त्ः म्ग्प्भ्  मोटरसाइकल काठमाडौँको कलंकी स्थित खसिबजारबाट हराएको भनि निश्चाल श्रेष्ठले खोजतलासको लागि निवेदन दिएका थिए ।

नियन्त्रणमा आएका थिङलाई अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज, ठकुरी र गहतराजलाई प्रहरी वृत्त कालीमाटी पठाइएको छ भने सन्तोष लिम्बुको खोजी भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए  । 

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी वरिष्ठ  उपरीक्षक श्रेष्ठले सम्पूर्णमा अनुरोध गरेका छन्  । हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य  निरन्तर हुँदै आए तापनि सवारी धनी स्वयम् सजग हुनुपर्ने प्रहरीले जनाएको  छ ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।  

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभर उच्च सुरक्षा सतर्कता, बिदा रोक्ने सर्कुलर जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान ...

काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं। काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख...

गौरीबहादुर कार्कीको घरमा बाक्लो सुरक्षा, सेनाको ब्यारेकमा राख्नेबारे छलफल

काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा रा...

२४ गतेको हिंसाका अगुवाहरूलाई पनि कारवाही हुनु पर्छः हर्क साम्पाङ

काठमाडौं । राजनीतिक विश्लेषक हर्क साम्पाङले २४ फागुनमा सिंहदरबार, सर्वोच्च न्यायालय र संसद भवनमा भएको आगजनीका घटनाका लागि मात्र व्यक्तिगत नेताहरूमा का...

ओली र लेखक पक्राउविरुद्ध प्रतिवाद गर्ने नेविसंघको चेतावनी

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेव...

सरकारको निर्णयप्रति नेकपाको ध्यानाकर्षण, प्रधानमन्त्री साहलाई बधाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) साहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। फागुन २१ गते सम्पन...

ओलीलाई तत्काल रिहा नगरे देशव्यापी आन्दोलनको चेतावनी

सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको...

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी ।  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ म...

हेटौँडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लि...

कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन- अपेक्षा धेरै छन्, जनताले अनुभूति गर्नेगरी काम गर्नुस्

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending