म्याग्दी । म्याग्दीको अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकामा आज पहिरोले चार वटा घर, सामुदायिक भवन र गोठ भत्किएका छन् । पहिरोमा परी १२ वटा बाख्रा मरेका छन् भने १८ परिवार विस्थापित भएका छन् ।
अन्नपूर्ण गाउँपालिका–२ मान्द्रेढुङ्गाकी लालमाया विकको ढुङ्गा माटोले बनेको दुई तले घर पहिरोले पुरिएर पूर्ण रुपमा क्षति पुगेको वडाध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिए ।
उनका अनुसार सोही वडाको कटौजेमा छ र ठूलोबगरमा सात घरपरिवार पहिरोबाट विस्थापित भएका छन् । पहिरोको जोखिममा रहेका कटौजेका रनबहादुर गर्बुजा, भीमबहादुर राम्जाली, तारा पुजा, कमलबहादुर शेरपुञ्जा, रनबहादुर गर्बुजा र निमबहादुर राम्जालीको घरका सामग्री र परिवारका सदस्यहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।
ठूलोबगरका टेकबहादुर फगामी, मिथुन गर्बुजा, बेलबहादुर कार्की, थमबहादुर कार्की, ममता राम्जाली, मनकुमारी पुर्जा र वुद्धिबहादुर पुनको घर पनि पहिरोको जोखिममा परेको वडाध्यक्ष फगामीले बताए । जनप्रतिनिधि, प्रहरी, युवा क्लब, आमा समूहको टोलीले आज दिनभर जोखिममा परेका घरका सामान सुरक्षित ठाउँमा सारेर बसोबासको व्यवस्था मिलाएका थिए ।
त्यसैगरी रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका डेकबहादुर पराई पुनको घर पनि पहिरोले पुरेको छ । चिमखोला गाउँका नर्सिङ गर्बुजाको गोठ पहिरोले पुर्दा १२ वटा बाख्रा मरेका छन् । पहिरोले वडा नं ४ को सामुदायिक भवन र ढिकीजाँतो घर पूर्ण रुपमा क्षति पुगेको छ ।
पहिरोले लिबहादुर पुन, दिलबहादुर तिलिजा, लालबहादुर पाइजाको घर जोखिममा परेको छ । नरबहादुर तिलिजा र दिलबहादुर तिलिजाको शौचालय पहिरोले बगाएको छ । जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयवासीले जोखिममा रहेका घरका सामान सुरक्षित ठाउँमा सारेर बसोबासको व्यवस्था मिलाएको वडाध्यक्ष थकबहादुर पाइजा (रिम)ले बताए ।
भिरालो जमिनमा गुजमुज्ज घर रहेको चिमखोला गाउँको छेउबाट खसेको पहिरोले चिमखोला–घ्यासीखर्क सडक अवरुद्ध बनाएको छ । सडक अवरुद्ध हुँदा निर्माणाधीन चार वटा जलविद्युत् आयोजना निर्माण प्रभावित बनेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: