Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

पुरानै शैलीमा पुनर्निर्माण हुँदै लमजुङ दरबार

खबरडबली संवाददाता

लमजुङ ।   ऐतिहासिक लमजुङ दरबार पुनर्निर्माण भइरहेको छ। सोह्रौँ शताब्दीमा बनेको जिकिर गरिएको उक्त दरबार जीर्ण भएपछि पुरातत्त्व विभागले दुई वर्षअघि पुनर्निर्माण थालेको थियो । विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार दरबार पुनर्निर्माणमा झण्डै ७० प्रतिशत भौतिक प्रगति भएको छ ।

गत आर्थिक वर्षमा एक करोड ३३ लाख बजेटबाट पुनर्निर्माण शुरु गरिएको थियो। चालु आवमा सरकारले जम्मा ५० लाख बजेट छुट्टाएको थियो। पहिलो वर्ष भक्तपुरको निर्माण कम्पनी ‘एनपीएस’ र यो वर्ष भक्तपुरकै आरजीएस विष्णु जेभीले दरबार पुनर्निर्माणको जिम्मा पाएको हो ।

इन्जिनियर अधिकारीले पुरानै शैली र स्वरूपमा दरबारको पुनर्निर्माण भइरहेको बताए । दरबारसहित ऐतिहासिक कालिका मन्दिरको पुनःनिर्माण पनि सँगसँगै भइरहेको उनले जानकारी दिए। दरबार बुइँगलसहित तीनतले र कालिका मन्दिर प्यागोडा (छाने शैली) को बन्नेछ । दरबार बनाउन आवश्यक इँटा, काठ, सुर्कीलगायत निर्माण सामग्री भक्तपुरबाट ल्याएको इन्जिनियर अधिकारीले जानकारी दिए । 

‘परम्परागत वास्तुकला झल्काउने गरी दरबार र मन्दिर पुनर्निर्माणको काम भइरहको छ, पुरातात्त्विक महत्त्वको संरचना भएकाले निर्माण सामग्री पनि महँगो पर्छ, मेहनत र समय पनि उत्तिकै लाग्छ’, उनले भने, ‘मौलिक शैली र स्वरूपमा दरबार बन्छ।’ दोस्रो तलाको गारो र झ्यालढोका राख्ने काम भइसकेको उहाँले जानकारी दिए।

ऐतिहासिक दरबारको संरक्षण योजनाअन्तर्गत पुरातत्व विभागले पुनर्निर्माणमा अगुवाइ गरेको हो । गाउँशहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहोराले यसै आवभित्र दरबार पुनर्निर्माण गरिसक्ने लक्ष्य लिए पनि बजेटको सीमितताका कारण कामको प्रगति सुस्त भएको बताए । 

‘अघिल्लो वर्षको तुलनामा यो वर्ष बजेट झन घटेर आयो, पर्याप्त बजेट आएन भने आगामी वर्ष पनि दरबार पुनर्निर्माण पूरा हुने देखिन्न’, उनले भने, ‘पुरातत्त्व विभागले पुनर्निर्माणको काम गरे पनि लमजुङ दरबार कुन सरकारको मातहत रहने भन्ने अन्योल रहँदा  सम्पदा ओझेलमा परेको छ ।’ एतिहासिक धरोहरको रूपमा रहेको दरबार पुनर्निर्माण तथा व्यवस्थापनमा संघ, प्रदेश सरकार र स्थानीय तहले लगानी गर्नुपर्ने उनले बताए । 

लमजुङको बेँसीसहर गाउँपालिका–३ गाउँशहरमा अवस्थित दरबार तथा कालिका मन्दिरलाई ऐतिहासिक तथा साँस्कृतिक सम्पदाका रूपमा विकास गर्नुपर्ने आवाज जनस्तरबाट उठ्दै आएको छ। पुनर्निर्माणले नयाँ आशा जगाएको अध्यक्ष बोहोराले बताए। 

यस्तो छ लमजुङ दरबारको इतिहास

चौबिसे राज्यअन्तर्गत १५२४ मा कास्की राज्य स्थापना भएको थियो। कास्कीका राजा कुलमण्डन शाहले आफ्ना माइला छोला कालु शाहलाई लमजुङ राज्य स्थापना गर्न भनी पठाएको डा। राजाराम सुवेदीद्वारा लिखित ‘लजमुङ राज्य’ शीर्षकको लेखमा उल्लेख छ। राज्य स्थापनाका लागि जाने क्रममा घले राजाका सेनाबाट उनी मारिएपछि लमजुङका खाजे दुरा, नारायण दुरा, कुश्माखर घिमिरेलगायत ठकुरी राजा माग्न कास्कीकोट गएको सन्दर्भ लेखमा छ। 

राजा माग्न गएका लमजुङेलाई कास्कीका राजा कुलमण्डनले बेस्सरी हकारेको र आफ्ना कान्छा छोरा यशोब्रह्मलाई राजा बनाउन लमजुङ खटाएको इतिहासमा उल्लेख छ। कास्कीकोटबाट आएका यशोबह्मले १५५० असार १५ गते लमजुङ राज्यको गद्दी सम्हालेका थिए। 

राजा यशोबह्मको मृत्युपछि उनका जेठा छोरा नरहरि शाह १५९८ सालमा लमजुङ राज्यको राजा भए। नरहरिपछि चुडा शाह, अचित शाह, नरेन्द्र शाह, केहरीनारायण शाह, भीम शाह, रिपुमर्दन शाह, विमर्दन शाह गरी  नौ पुस्ताले यो दरबारबाट शासन चलाएका थिए। 

१८३९ कात्तिकसम्म शाहवंशका राजाले लमजुङ दरबारबाट शासन चलाएको इतिहासमा उल्लेख छ। शाहवंश आउनुअघि यहाँ घलेराजाले राजकाज चलाउँथे। प्राचीनकालबाटै लमजुङ क्षेत्र लिच्छवि शासनअन्तर्गत पर्थ्यो। 

पृथ्वीनाराण शाहले बाइसे चौबिसे राज्यलाई एकीकरण गरी अखण्ड नेपाल विस्तारको अभियान थाले। पृथ्वीनारायण शाहकी बुहारी राजेन्द्रलक्ष्मी शाहको नायबी शासन रहँदा १८३९ सालमा लमजुङ नेपाल राज्यमा गाभिएको बताइन्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभर उच्च सुरक्षा सतर्कता, बिदा रोक्ने सर्कुलर जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान ...

काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं। काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख...

गौरीबहादुर कार्कीको घरमा बाक्लो सुरक्षा, सेनाको ब्यारेकमा राख्नेबारे छलफल

काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा रा...

२४ गतेको हिंसाका अगुवाहरूलाई पनि कारवाही हुनु पर्छः हर्क साम्पाङ

काठमाडौं । राजनीतिक विश्लेषक हर्क साम्पाङले २४ फागुनमा सिंहदरबार, सर्वोच्च न्यायालय र संसद भवनमा भएको आगजनीका घटनाका लागि मात्र व्यक्तिगत नेताहरूमा का...

ओली र लेखक पक्राउविरुद्ध प्रतिवाद गर्ने नेविसंघको चेतावनी

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेव...

सरकारको निर्णयप्रति नेकपाको ध्यानाकर्षण, प्रधानमन्त्री साहलाई बधाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) साहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। फागुन २१ गते सम्पन...

ओलीलाई तत्काल रिहा नगरे देशव्यापी आन्दोलनको चेतावनी

सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको...

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी ।  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ म...

हेटौँडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लि...

कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन- अपेक्षा धेरै छन्, जनताले अनुभूति गर्नेगरी काम गर्नुस्

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending