Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

पुरानै शैलीमा पुनर्निर्माण हुँदै लमजुङ दरबार

खबरडबली संवाददाता

लमजुङ ।   ऐतिहासिक लमजुङ दरबार पुनर्निर्माण भइरहेको छ। सोह्रौँ शताब्दीमा बनेको जिकिर गरिएको उक्त दरबार जीर्ण भएपछि पुरातत्त्व विभागले दुई वर्षअघि पुनर्निर्माण थालेको थियो । विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार दरबार पुनर्निर्माणमा झण्डै ७० प्रतिशत भौतिक प्रगति भएको छ ।

गत आर्थिक वर्षमा एक करोड ३३ लाख बजेटबाट पुनर्निर्माण शुरु गरिएको थियो। चालु आवमा सरकारले जम्मा ५० लाख बजेट छुट्टाएको थियो। पहिलो वर्ष भक्तपुरको निर्माण कम्पनी ‘एनपीएस’ र यो वर्ष भक्तपुरकै आरजीएस विष्णु जेभीले दरबार पुनर्निर्माणको जिम्मा पाएको हो ।

इन्जिनियर अधिकारीले पुरानै शैली र स्वरूपमा दरबारको पुनर्निर्माण भइरहेको बताए । दरबारसहित ऐतिहासिक कालिका मन्दिरको पुनःनिर्माण पनि सँगसँगै भइरहेको उनले जानकारी दिए। दरबार बुइँगलसहित तीनतले र कालिका मन्दिर प्यागोडा (छाने शैली) को बन्नेछ । दरबार बनाउन आवश्यक इँटा, काठ, सुर्कीलगायत निर्माण सामग्री भक्तपुरबाट ल्याएको इन्जिनियर अधिकारीले जानकारी दिए । 

‘परम्परागत वास्तुकला झल्काउने गरी दरबार र मन्दिर पुनर्निर्माणको काम भइरहको छ, पुरातात्त्विक महत्त्वको संरचना भएकाले निर्माण सामग्री पनि महँगो पर्छ, मेहनत र समय पनि उत्तिकै लाग्छ’, उनले भने, ‘मौलिक शैली र स्वरूपमा दरबार बन्छ।’ दोस्रो तलाको गारो र झ्यालढोका राख्ने काम भइसकेको उहाँले जानकारी दिए।

ऐतिहासिक दरबारको संरक्षण योजनाअन्तर्गत पुरातत्व विभागले पुनर्निर्माणमा अगुवाइ गरेको हो । गाउँशहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहोराले यसै आवभित्र दरबार पुनर्निर्माण गरिसक्ने लक्ष्य लिए पनि बजेटको सीमितताका कारण कामको प्रगति सुस्त भएको बताए । 

‘अघिल्लो वर्षको तुलनामा यो वर्ष बजेट झन घटेर आयो, पर्याप्त बजेट आएन भने आगामी वर्ष पनि दरबार पुनर्निर्माण पूरा हुने देखिन्न’, उनले भने, ‘पुरातत्त्व विभागले पुनर्निर्माणको काम गरे पनि लमजुङ दरबार कुन सरकारको मातहत रहने भन्ने अन्योल रहँदा  सम्पदा ओझेलमा परेको छ ।’ एतिहासिक धरोहरको रूपमा रहेको दरबार पुनर्निर्माण तथा व्यवस्थापनमा संघ, प्रदेश सरकार र स्थानीय तहले लगानी गर्नुपर्ने उनले बताए । 

लमजुङको बेँसीसहर गाउँपालिका–३ गाउँशहरमा अवस्थित दरबार तथा कालिका मन्दिरलाई ऐतिहासिक तथा साँस्कृतिक सम्पदाका रूपमा विकास गर्नुपर्ने आवाज जनस्तरबाट उठ्दै आएको छ। पुनर्निर्माणले नयाँ आशा जगाएको अध्यक्ष बोहोराले बताए। 

यस्तो छ लमजुङ दरबारको इतिहास

चौबिसे राज्यअन्तर्गत १५२४ मा कास्की राज्य स्थापना भएको थियो। कास्कीका राजा कुलमण्डन शाहले आफ्ना माइला छोला कालु शाहलाई लमजुङ राज्य स्थापना गर्न भनी पठाएको डा। राजाराम सुवेदीद्वारा लिखित ‘लजमुङ राज्य’ शीर्षकको लेखमा उल्लेख छ। राज्य स्थापनाका लागि जाने क्रममा घले राजाका सेनाबाट उनी मारिएपछि लमजुङका खाजे दुरा, नारायण दुरा, कुश्माखर घिमिरेलगायत ठकुरी राजा माग्न कास्कीकोट गएको सन्दर्भ लेखमा छ। 

राजा माग्न गएका लमजुङेलाई कास्कीका राजा कुलमण्डनले बेस्सरी हकारेको र आफ्ना कान्छा छोरा यशोब्रह्मलाई राजा बनाउन लमजुङ खटाएको इतिहासमा उल्लेख छ। कास्कीकोटबाट आएका यशोबह्मले १५५० असार १५ गते लमजुङ राज्यको गद्दी सम्हालेका थिए। 

राजा यशोबह्मको मृत्युपछि उनका जेठा छोरा नरहरि शाह १५९८ सालमा लमजुङ राज्यको राजा भए। नरहरिपछि चुडा शाह, अचित शाह, नरेन्द्र शाह, केहरीनारायण शाह, भीम शाह, रिपुमर्दन शाह, विमर्दन शाह गरी  नौ पुस्ताले यो दरबारबाट शासन चलाएका थिए। 

१८३९ कात्तिकसम्म शाहवंशका राजाले लमजुङ दरबारबाट शासन चलाएको इतिहासमा उल्लेख छ। शाहवंश आउनुअघि यहाँ घलेराजाले राजकाज चलाउँथे। प्राचीनकालबाटै लमजुङ क्षेत्र लिच्छवि शासनअन्तर्गत पर्थ्यो। 

पृथ्वीनाराण शाहले बाइसे चौबिसे राज्यलाई एकीकरण गरी अखण्ड नेपाल विस्तारको अभियान थाले। पृथ्वीनारायण शाहकी बुहारी राजेन्द्रलक्ष्मी शाहको नायबी शासन रहँदा १८३९ सालमा लमजुङ नेपाल राज्यमा गाभिएको बताइन्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending