Ntc summer Offer
Khabar Dabali ३२ असार २०८१ सोमबार | 15th July, 2024 Mon
NIMB

दाङमा बाघले आक्रमण गर्दा तीन महिला घाइते

फइल तस्विर
खबरडबली संवाददाता

दाङ । दाङमा बाघको आक्रमणबाट तीन महिला घाइते भएका छन् । सोमबार बिहान तुलसीपुर उपमहानगरपालिका–९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा बाघले आक्रमण गर्दा उनीहरु घइते भएका हुन् ।

बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

सोमबार बिहान तुलसीपुर उपमहानगरपालिका–९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरुलाई बाघले आक्रमण गरेको थियो।  

केसीको दुवै हातमा सामान्य चोट लागेको छ, त्यस्तै सीताको ढाड र पेटमा तथा सरिताको दायाँ हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइहरेको छ। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नारायणीमा भेटिए थप ४ शव, सनाखत हुन बाँकी

काठमाडौं । नारायणी नदीमा आइतबार थप चारवटा शव फेला परेका छन् । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ गण्डक नहरमा दुई, पश्चिम नवलपरासीको सुस्...

सत्ता सहकार्यका लागि कांग्रेस र एमालेको निर्णय कुर्दै साना दल

काठमाडौं ।  मुलुकका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको समझदारी अनुरूप एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन...

खोलामा डुबेर दुई जनाको मृत्यु

तनहुँ । तनहुँमा खोलामा डुबेर दुईको मृत्यु भएको छ । व्यास नगरपालिका–५ साँगखोला र भानु नगरपालिका–६ चुँदीखोलामा डुबेर दुईको मृत्यु भएको प्रहरीले जनाएको ह...

सिमलताल दुर्घटनापछि शव भेटिएका दुई जनाको सनाखत

नारायणगढ । चितवन सिमलताल दुर्घटनामा बेपत्ता भएर आइतबार शव भेटिएका दुई जनाको सनाखत भएको छ।  भारत बिहार बेतिया जिल्ला पश्चिम चम्पारण २२ बस्ने ४० वर्षीय ...

देशभर १५ सय जनामा डेंगु पुष्टि

काठमाडौ‌ । देशभर एक हजार ५४४ जनामा डेंगु पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र (इडिसिडी) अन्तर्गतको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण ...

प्रचण्डबाबुको 'यो मायाले के गर्‍यो के गर्‍यो' सार्वजानीक

काठमाडौं । गायक प्रचण्डबाबु राईको नयाँ गीत 'यो मायाले के गर्‍यो के गर्‍यो' सार्वजनिक भएको छ । प्रेमभावको यो गीतमा वसन्त सापकोटाको शब्द तथा संग...

सिमलताल पहिरोः बेपत्ताको खोजी गर्न विदेशबाट प्रविधि ल्याउन पहल

चितवन। गृहसचिव एकनारायण अर्यालले त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको बताएका छन् । स...

पहिरोमा मृत्यु हुनेका परिवारलाई छ लाख ५० हजार राहत

बाग्लुङ । मनसुनजन्य विपद्बाट बागलुङमा तीन जनाको ज्यान गइसकेको छ । मनसुनजन्य विपद्मा परी ज्यान गुमाएकाको दुई परिवारलाई जिल्ला प्रशासन कार्यालयले छ लाख ...

झापाकाे बिर्तामाेडमा हात्तीले चार घर भत्काउँदा तीन लाखको क्षति

झापा । झापाको बिर्तामोड नगरपालिका–७ स्थित डाँडागाउँमा गए राति हात्तीले चार वटा घरमा क्षति पुर्‍याएको छ । राति आएका चार वटा हात्तीले चार घरमा क्षति पुर...

ताप्लेजुङमा जिप दुर्घटना हुँदा सात जना घाइते

ताप्लेजुङ । सिरिजंगा गाउँपालिका–४ तेल्लोकबाट सदरमुकाम फुङलिङ आउँदै गरेको बोलेरो जिप आइतबार दिउँसो दुर्घटना हुँदा सात जना घाइते भएका छन् । मे १ ज ३३१३ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy