कैलाली । कैलालीका साना ठूला नदीमा पानीको सतह बढेर गाउँ पस्न थालेपछि तटीय क्षेत्रका स्थानीयहरू विस्थापित हुन थालेका छन् ।
कर्णाली नदीको बहावले सतर्कता तह पार गरेको छ । लगातारको वर्षाका कारण कर्णाली नदीको चिसापानी क्षेत्रमा जल सतह १०.८ मिटर पुगेको छ।यहाँ जल सतह १० मिटर पुगेका सतर्कता तह पार गरेको र तटीय क्षेत्रमा बाढीको जोखिम रहन्छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार सतर्कता तह पार गरेपछि कैलाली र बर्दियाका नागरिकका मोबाइलमा सतर्कता अपनाउन एसएमएस पठाइएको छ। यस क्षेत्रमा सोमबारसम्म बाढीको जोखिम छ ।
अहिले पनि पानी परिरहेको हुँदा अझै जल सतह बढ्ने जनाइएको छ । सम्भावित खतराबाट जोगिन नदी तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन भनिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
उनका अनुसार मोहना नदीमा पनि जल सतह ३ मिटर पुगिसकेको छ । कन्द्रा र खुटिया नदीमा पनि पानीको बहाव बढिरहेको उनले बताए । यी चार कैलालीका प्रमुख नदी हुन् । यी नदीमा जल सतह बढ्दा कैलालीको दक्षिणी भाग डुबानमा पर्ने हुन्छ । अहिले पनि जोशीपुर, टिकापुर, भजनी लगायतका केही बस्तीहरू डुबानमा परिसकेका छन् ।
जोशीपुर गाउँपालिका ३ मा काँडा नदी बस्तीमा परेपछि १८ जना विस्थापित भइसकेका छन् । ७ पुरुष ८ महिला र तीन बालबालिकालाई स्थानीय विद्यालय र सामुदायीक वनको भवनमा राखिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जोशीले जानकारी दिए ।
मोहना नदीको पानीले धनगढी उपमहानगरपालिका १९ को बस्ती जोखिममा परेको छ । यहाँ रहेको सशस्त्र प्रहरी कार्यालयको विओपी नै डुबानमा परेको छ ।
टिकापुर वडा नम्बर ६ मा पथरैया नदी बस्ती पस्दा ४० परिवार विस्थापित भएका छन् । उनीहरूलाई पनि सुरक्षित ठाउँमा ल्याइएको छ । भजनीका केही बस्तीहरू पनि डुबानको चपेटामा परेका छन् । यहाँका स्थानीयहरू हुलाकी सडकमा आएर बसिरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - २०:३२
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान ...
चैत्र १४ गते, २०८२ - २०:३०
काठमाडौं। काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख...
चैत्र १४ गते, २०८२ - २०:२४
काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा रा...
चैत्र १४ गते, २०८२ - २०:१९
काठमाडौं । राजनीतिक विश्लेषक हर्क साम्पाङले २४ फागुनमा सिंहदरबार, सर्वोच्च न्यायालय र संसद भवनमा भएको आगजनीका घटनाका लागि मात्र व्यक्तिगत नेताहरूमा का...
चैत्र १४ गते, २०८२ - १९:४०
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेव...
चैत्र १४ गते, २०८२ - १९:३६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) साहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। फागुन २१ गते सम्पन...
चैत्र १४ गते, २०८२ - १९:३३
सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको...
चैत्र १४ गते, २०८२ - १९:१९
म्याग्दी । ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ म...
चैत्र १४ गते, २०८२ - १९:१७
हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लि...
चैत्र १४ गते, २०८२ - १९:११
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार...



प्रतिकृया लेख्नुहोस्: