काठमाडौं । मनसुनी विपद्मा परी देशभर दुई दिनमा १४ जनाको ज्यान गएको छ । बाढी, पहिरो र डुबानमा परी आइतबार बिहानसम्म १४ जनाको ज्यान गएको नेपाल प्रहरीले जनाएको छ। बाढी र पहिरोमा परी तीन जना हराइरहेका छन्।
मनसुनी विपद्मा परी १८ जना घाइते भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले बताए। बाढी, पहिरो तथा विपद्जन्य घटनामा पुरिएर काठमाडौंमा एक, स्याङ्जामा तीन, पर्वतमा दुई, उदयपुरमा एक, काभ्रेपलान्चोकमा दुई, पाल्पामा एक, तनहुँमा तीन र दाङमा एक जनाको ज्यान गएको कार्कीले बताए।
काठमाडौंस्थित नागार्जुन नगरपालिका ३ को पहिरोमा पुरिएर गोरखाको लखन थापा गाउँपालिका ६ का मनोज विकको मृत्यु भएको हो। पहिरोमा परी उदयपुरको रौतामाई गाउँपालिका ५ का राज राई, काभ्रेको रोशी गाउँपालिका ११ का जालमाया रुजाल मगर र सेतीमाया रुजालको मृत्यु भएको छ।
त्यस्तै, पहिरोमा पुरिएर तनहुँको शुक्लागण्डकी नगरपालिका ७ का हिरा नेपाली, अनिशा बास्तोला, श्याम भण्डारी, स्याङ्जाको बिरुवा गाउँपालिका ६, स्याङ्दीका गुह्येश्वरी शर्मा मरासिनी, माधव शर्मा र हरिमाया शर्माको मृत्यु भएको छ।
पर्वतको फलेबास नगरपालिका १, कार्किनेटाका झलकप्रसाद शर्मा र तुलसीप्रसाद शर्मा, पाल्पाको माथागढी गाउँपालिका ६ की रिमा सराहा रानामगर तथा दाङको लमही नगरपालिका ८ बग्रपुरका मनियम चौधरीको पनि पहिरोमा पुरिएर ज्यान गएको छ।
बाढी र पहिरोमा परी दोलखा गौरीशंकर गाउँपालिका(९ का जाङ्मु शेर्पा, दाङको राजपुर गाउँपालिका २ का राजकुमार यादव तथा स्याङ्जाको भिरकोट नगरपालिका५, ज्यामिरेकी खेमकुमारी मल्ल हराइरहेका छन्।
यसैगरी, बाढी र पहिरोमा परी तनहुँमा पाँच, गुल्मीमा एक, ओखलढुंगामा दुई, काठमाडौंमा तीन, चितवनमा एक र स्याङ्जामा ६ जना घाइते भएको प्रहरीले जनाएको छ।
अत्यधिक वर्षाले गर्दा आज पनि देशभरको जनजीवन प्रभावित छ। कोशी, नारायणी, महाकाली लगायत ठूला नदीमा जलसतह उच्च भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - २०:३२
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान ...
चैत्र १४ गते, २०८२ - २०:३०
काठमाडौं। काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख...
चैत्र १४ गते, २०८२ - २०:२४
काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा रा...
चैत्र १४ गते, २०८२ - २०:१९
काठमाडौं । राजनीतिक विश्लेषक हर्क साम्पाङले २४ फागुनमा सिंहदरबार, सर्वोच्च न्यायालय र संसद भवनमा भएको आगजनीका घटनाका लागि मात्र व्यक्तिगत नेताहरूमा का...
चैत्र १४ गते, २०८२ - १९:४०
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेव...
चैत्र १४ गते, २०८२ - १९:३६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) साहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। फागुन २१ गते सम्पन...
चैत्र १४ गते, २०८२ - १९:३३
सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको...
चैत्र १४ गते, २०८२ - १९:१९
म्याग्दी । ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ म...
चैत्र १४ गते, २०८२ - १९:१७
हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लि...
चैत्र १४ गते, २०८२ - १९:११
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार...



प्रतिकृया लेख्नुहोस्: