Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

मनसुनी विपद्‌मा दुई दिनमा १४ जनाको मृत्यु

फइल तस्विर
खबरडबली संवाददाता

काठमाडौं । मनसुनी विपद्‌मा परी देशभर दुई दिनमा १४ जनाको ज्यान गएको छ ।  बाढी, पहिरो र डुबानमा परी आइतबार बिहानसम्म १४ जनाको ज्यान गएको नेपाल प्रहरीले जनाएको छ। बाढी र पहिरोमा परी तीन जना हराइरहेका छन्।

मनसुनी विपद्‌मा परी १८ जना घाइते भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले बताए। बाढी, पहिरो तथा विपद्‌जन्य घटनामा पुरिएर काठमाडौंमा एक, स्याङ्जामा तीन, पर्वतमा दुई, उदयपुरमा एक, काभ्रेपलान्चोकमा दुई, पाल्पामा एक, तनहुँमा तीन र दाङमा एक जनाको ज्यान गएको कार्कीले बताए।

काठमाडौंस्थित नागार्जुन नगरपालिका ३ को पहिरोमा पुरिएर गोरखाको लखन थापा गाउँपालिका ६ का मनोज विकको मृत्यु भएको हो। पहिरोमा परी उदयपुरको रौतामाई गाउँपालिका ५ का राज राई, काभ्रेको रोशी गाउँपालिका ११ का जालमाया रुजाल मगर र सेतीमाया रुजालको मृत्यु भएको छ।

त्यस्तै, पहिरोमा पुरिएर तनहुँको शुक्लागण्डकी नगरपालिका ७ का हिरा नेपाली, अनिशा बास्तोला, श्याम भण्डारी, स्याङ्जाको बिरुवा गाउँपालिका ६, स्याङ्दीका गुह्येश्वरी शर्मा मरासिनी, माधव शर्मा र हरिमाया शर्माको मृत्यु भएको छ।

पर्वतको फलेबास नगरपालिका १, कार्किनेटाका झलकप्रसाद शर्मा र तुलसीप्रसाद शर्मा, पाल्पाको माथागढी गाउँपालिका ६ की रिमा सराहा रानामगर तथा दाङको लमही नगरपालिका ८ बग्रपुरका मनियम चौधरीको पनि पहिरोमा पुरिएर ज्यान गएको छ।

बाढी र पहिरोमा परी दोलखा गौरीशंकर गाउँपालिका(९ का जाङ्मु शेर्पा, दाङको राजपुर गाउँपालिका २ का राजकुमार यादव तथा स्याङ्जाको भिरकोट नगरपालिका५, ज्यामिरेकी खेमकुमारी मल्ल हराइरहेका छन्।

यसैगरी, बाढी र पहिरोमा परी तनहुँमा पाँच, गुल्मीमा एक, ओखलढुंगामा दुई, काठमाडौंमा तीन, चितवनमा एक र स्याङ्जामा ६ जना घाइते भएको प्रहरीले जनाएको छ।

अत्यधिक वर्षाले गर्दा आज पनि देशभरको जनजीवन प्रभावित छ। कोशी, नारायणी, महाकाली लगायत ठूला नदीमा जलसतह उच्च भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending