Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

सुदूरपश्चिमको पहाडी जिल्ला जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध

खबरडबली संवाददाता

अत्तरिया । वर्षासँगै पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । शुक्रबारदेखि निरन्तर परिरहेको वर्षासँगै आएको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिमको पहाडी जिल्लामा जाने यातायात पनि अवरुद्ध भएको छ ।

बझाङ र बैतडीको सीमानजिक पहिरो खस्दा शनिबार रातिदेखि बझाङबाट धनगढी, महेन्द्रनगरतर्फ गइरहेका बस तथा जिप र महेन्द्रनगर, धनगढीबाट बझाङ आइरहेका सवारीसाधन बाटोमा रोकिएका छन् । 

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका अन्य राजमार्ग पहिरोले अवरुद्ध भएका छन्  । पहिरोले सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला जोड्ने सडकहरू ठाउँ–ठाउँमा अवरुद्ध हुँदा सयौं यात्रुहरु अलपत्र परेका छन् । 

सुदूरपश्चिम प्रदेश प्रहरी, कार्यालय  धनगढीका अनुसार बझाङको तमेलमा पहिरो गएको छ । यस्तै, जयपृथ्वी राजमार्गको तमेलमा पहिरोका कारण अवरुद्ध दार्चुलाको शैलेशिखर नगरपालिका –६ पर्नेवासमा पहिरो गएको छ । 

खोड्पे–दार्चुला मुख्य सडक पहिरोले अवरुद्ध पारेको छ । बैतडीकै पाटन नगरपालिकाको साँणीघाँटीमा पनि जयपृथ्वी राजमार्ग बन्द भएको छ । पहिरोका कारण बैतडीको सिँगास गाउँपालिका –९ बाजपानीमा पनि पहिरो गएको प्रहरीको भनाइ छ । 

यता, डडेल्धुराको गन्यापधुरा गाउँपालिका –३ रुवाखोलामा पनि पहिरो गएको छ । रुवाखोलामा पहिरो गएपछि राजमार्ग बन्द भएको छ । डडेल्धुराको अनारखोलीमा रुख  खसेको छ । रुख ढलेकाले जोगबुढा–बुडर सडकको आलिताल गाउँपालिका–८ सुनखोलामा सडक अवरुद्ध भएको छ । 

अछामको साँफेबगर नगरपालिका –१३ बुढाबगरमा पहिरोले सडक अवरुद्ध भएको छ । साँफे–मार्तडी सडक पहिरोका कारण अवरुद्ध भएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार पहिरो पन्छाउने काम भइरहेको र डडेल्धुराको अनारखोलीमा अवरुद्ध सडक बैतडीमा अवरुद्ध सडक सुचारु भइसकेको छ ।

सडक अवरुद्ध भएका ठाउँमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको प्रशासन कार्यालयले जनाएको छ । लगातार भारी वर्षा भइरहेकाले अझ बाढी पहिरोको जोखिम बढ्ने भन्दै सतर्कता अपनाउन कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम जिल्लाका  प्रमुख जिल्ला अधिकारीले अपिल गर्नुभएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग केहीबेर अवरुद्ध

सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ। ...

सुनसरी घटनापछि गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक, शान्ति–सुरक्षाबारे रणनीति तय गरिँदै

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा सुरु भएको बैठक...

असारसम्मको बिजुली खपतमा भ्याट नलाग्ने, साउन १ देखि मात्र लागू हुने

काठमाडौं । आन्तरिक राजस्व विभागले २०८३ असार महिनासम्म खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पार्दै यससम्बन्धी अन्योल हटाउ...

अमेरिकी नागरिकसहित अध्यागन विभागका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध भ्रष्...

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। न्य...

सरकारी वार्ता टोली र डा. केसीबिच सहमतिको मस्यौदा तयार

धनगढी। अनशनरत प्राध्यापक डा. गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट आठ बुँदे सहमतिको मस्यौदा तयार पारिएको छ ।  आइतबार सहमति हुन नसकेपछि आज फे...

सुनसरीको देवानगन्ज घटनाप्रति मानव अधिकार आयोगको चासो

काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप तथा त्यसक्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र नौ जना घाइते भएको घटनाबारे राष्ट्रिय मान...

सुनसरी घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्जमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर...

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सबै पक्ष एकमत

विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालाहरूबीच सर्वपक्...

माधव नेपाललाई मनाउन प्रचण्ड कोटेश्वरमा, सत्ता समीकरणबारे छलफल

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधव नेपालसँग भेटवार्ता गरेका छन्। नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले पछिल्लो राजनीति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending