अत्तरिया । वर्षासँगै पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । शुक्रबारदेखि निरन्तर परिरहेको वर्षासँगै आएको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिमको पहाडी जिल्लामा जाने यातायात पनि अवरुद्ध भएको छ ।
बझाङ र बैतडीको सीमानजिक पहिरो खस्दा शनिबार रातिदेखि बझाङबाट धनगढी, महेन्द्रनगरतर्फ गइरहेका बस तथा जिप र महेन्द्रनगर, धनगढीबाट बझाङ आइरहेका सवारीसाधन बाटोमा रोकिएका छन् ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका अन्य राजमार्ग पहिरोले अवरुद्ध भएका छन् । पहिरोले सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला जोड्ने सडकहरू ठाउँ–ठाउँमा अवरुद्ध हुँदा सयौं यात्रुहरु अलपत्र परेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी, कार्यालय धनगढीका अनुसार बझाङको तमेलमा पहिरो गएको छ । यस्तै, जयपृथ्वी राजमार्गको तमेलमा पहिरोका कारण अवरुद्ध दार्चुलाको शैलेशिखर नगरपालिका –६ पर्नेवासमा पहिरो गएको छ ।
खोड्पे–दार्चुला मुख्य सडक पहिरोले अवरुद्ध पारेको छ । बैतडीकै पाटन नगरपालिकाको साँणीघाँटीमा पनि जयपृथ्वी राजमार्ग बन्द भएको छ । पहिरोका कारण बैतडीको सिँगास गाउँपालिका –९ बाजपानीमा पनि पहिरो गएको प्रहरीको भनाइ छ ।
यता, डडेल्धुराको गन्यापधुरा गाउँपालिका –३ रुवाखोलामा पनि पहिरो गएको छ । रुवाखोलामा पहिरो गएपछि राजमार्ग बन्द भएको छ । डडेल्धुराको अनारखोलीमा रुख खसेको छ । रुख ढलेकाले जोगबुढा–बुडर सडकको आलिताल गाउँपालिका–८ सुनखोलामा सडक अवरुद्ध भएको छ ।
अछामको साँफेबगर नगरपालिका –१३ बुढाबगरमा पहिरोले सडक अवरुद्ध भएको छ । साँफे–मार्तडी सडक पहिरोका कारण अवरुद्ध भएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार पहिरो पन्छाउने काम भइरहेको र डडेल्धुराको अनारखोलीमा अवरुद्ध सडक बैतडीमा अवरुद्ध सडक सुचारु भइसकेको छ ।
सडक अवरुद्ध भएका ठाउँमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको प्रशासन कार्यालयले जनाएको छ । लगातार भारी वर्षा भइरहेकाले अझ बाढी पहिरोको जोखिम बढ्ने भन्दै सतर्कता अपनाउन कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारीले अपिल गर्नुभएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - १७:०५
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...
पौष ११ गते, २०८२ - १६:५५
काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...
पौष ११ गते, २०८२ - १६:४०
बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् । राष्ट्रिय बाणिज्य बै...
पौष ११ गते, २०८२ - १६:२८
सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...
पौष ११ गते, २०८२ - १६:१८
काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् । सन्दीप आबद्ध टिम राजशाही वारियर्स...
पौष ११ गते, २०८२ - १६:०५
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...
पौष ११ गते, २०८२ - १५:३०
काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...
पौष ११ गते, २०८२ - १५:१९
काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...
पौष ११ गते, २०८२ - १५:०७
काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...
पौष ११ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...




प्रतिकृया लेख्नुहोस्: