Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

बाढी, पहिरो र डुबानमा परेर देशभर १४ जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । तिनदेखि परिरहेको वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परेर हालसम्म १४ जनाको मृत्यु भएको छ भने अन्य तीनजना बेपत्ता भएका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले अन्य १८ जना घाइते भएको जानकारी दिएका छन् । 

उनका अनुसार बाढी, पहिरो तथा विपतजन्य घटनामा पुरिएर काठमाडौंमा एक, स्याङ्जामा तीन, पर्वतमा दुई, उदयपुरमा एक, काभ्रेपलाञ्चोकमा दुई, पाल्पामा एक, तनहुँमा तीन तथा दाङमा एकजना गरी १४ जनाको मृत्यु भएको छ ।

काठमाडौंस्थित नागार्जुन नगरपालिका– ३ को पहिरोमा पुरिएर गोरखा लखन थापा गाउँपालिका– ६ का मनोज विकको मृत्यु भएको थियो । उदयपुरको रौतामाई गाउँपालिका– ५ का राज राई, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ११ बस्ने जालमाया रुजालमगर र सेतीमाया रुजालको मृत्यु भएको छ ।

त्यसैगरी, पहिरोमा पुरिएर तनहुँको शुक्लागण्डकी नगरपालिका– ७ बस्ने हीरा नेपाली, अनिशा बाँस्तोला, श्याम भण्डारी, स्याङ्जा बिरुवा गाउँपालिका– ६ स्याङ्दी बस्ने गुईश्वरी शर्मा मरासिनी, माधव शर्मा, हरिमाया शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । पर्वतको फलेबास नगरपालिका– १ कार्कीनेटा बस्ने झलकप्रसाद शर्मा, तुलसीप्रसाद शर्मा, पाल्पाको माथागढी गाउँपालिका– ६ की रिमा सराहा रानामगर तथा दाङको लमही नगरपालिका– ८ बग्रपुर बस्ने मनियम चौधरीको समेत पहिरोमा परी मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

बाढी र पहिरोमा परी बेपत्ता हुनेमा दोलखा गौरीशंकर गाउँपालिका– ९ का जांम शेर्पा, दाङको राजपुर गाउँपालिका– २ का राजकुमार यादव तथा स्याङ्जा भिरकोट नगरपालिका– ५ ज्यामिरेकी खेमकुमारी मल्ल रहेका छन् । हालसम्म तनहुँमा पाँचजना, गुल्मीमा एकजना, ओखलढुंगामा दुईजना, काठमाडौंमा तीनजना, चितवनमा एकजना तथा स्याङ्जामा ६ जना गरी १८ जना घाइते भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्से १७.५३ अंकले घट्यो, कारोबार रकम भने १४ अर्ब नाघ्यो

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) १.५३ अंकले घटेको छ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २७१४.०५ विन्दुमा पुगेर बन्द भएको हो । बजार परिस...

निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन जिम्मेवार सूचना प्रवाह गर्न राष्ट्रिय सूचना आयोगको निर्देशन

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सूचना प्रवाहमा जिम्मेवार ब...

सामाजिक सुरक्षा कार्यक्रम खर्च मापदण्ड खारेज

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सेवाप्रदायक स्वास्थ्य संस्थाका लागि तोकिएको खर्च मापदण्ड खारेज गरेको छ। बोर्ड ग...

कांग्रेसको प्रधानमन्त्री उम्मेदवार नयाँ युगको प्रतिनिधि: उपसभापति शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि भएको बताएक...

हिमपात परेपछि कागबेनीमै रोकिए दर्शनार्थी

मुस्ताङ। भारी हिमपातभएपछि यहाँको वारागुङ मुक्तिक्षेत्र-१ स्थित मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको छ । हिमपातकै कारण कागबेनी-मुक्तिनाथ सडकखण्ड अवरुद्ध...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न

कर्णाली । नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माणकार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयु...

सुरौदी खोला कटान : वर्षौँदेखि चुनावी मुद्दा, पीडितका समस्या उस्तै

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफ्नो परमाणु कार्यक्रमबारे सम्झौता गर्नका लागि ‘समय घर्किँदै गएको’ भन्दै कडा चेतावनी दिएका...

हुम्लामा निर्वाचन आचार संहिता पालन गर्न सबै पक्ष सहमत

हुम्ला। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिता पूर्ण रूपमा पालन गर्ने प्रतिबद्धता...

पूर्व प्रधानमन्त्री नेपाल अस्पताल भर्ना

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएको छन् । मुटुको समस्या देखिएपछि बिहीबार उनला...

सल्यानमा निर्वाचन आचारसंहिता पालना गर्न दल र उम्मेदवारको प्रतिबद्धता

सल्यान। सल्यानमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दल, उम्मेदवार तथा सरोकारव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending