कैलाली । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित भएको छ । कैलाली कञ्चनपुरको कयौँ बस्ती डुबानको चपेटमा परेका छन् ।
महाकाली कर्णाली, मोहोना तथा कन्द्रा लगायताका नदीमा पानीको सतह बढ्दै गइरहेका छन्। जसका कारण नदी तटीय बस्ती अझै जोखिममा पर्ने जनाइएको छ। पहाडी जिल्लामा निरन्तर पहिरो गइरहेको छ । पहिरोका कारण सडक यातायात अवरुद्ध भएको छ ।
सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार पहिरोले डोटी, बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा र अछाममा सडक अवरुद्ध भएका छन् ।
सुदूर पश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ९डिआईजी० रवीन्द्र केसीले दार्चुलाको मालिकार्जुन नगरपालिका-२ को पनेबाज, बैतडीको सुर्नया गाउँपालिका(६ तर्फको ढोल्यामोड, बझाङको तमैल र अछामको साफे(मार्तडी सडकखण्ड अन्तरगत साफेबगर नगरपालिका-१३ को बुढाबगरमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको बताए ।
डिआईजी केसीका अनुसार ठूलो पहिरो नखसेकोले यथाशीघ्र पहिरो हटाएर सडक यातायात सुचारु गर्न काम पनि जारी छ । डडेल्धुराको रडुवामा पहिरो खसेका कारण डडेल्धुरा डोटी सडक केही समय अवरुद्ध भए पनि अहिले एकतर्फी सडक सञ्चालनमा आएको छ । पहाडी जिल्लाका ग्रामीण सडकहरू समेत बाढी र पहिरोका कारण अवरुद्ध भएका छन् ।
आलिताल गाउँपालिकाको सुनखोला भन्ने ठाउँमा पहिरो खसेपछि बुडर९जोगबुढा सडकखण्ड पनि अवरुद्ध भएको छ । बझाङको बाहुली गाडमा आएको बाढीले सदरमुकाम चैनपुर नजिकको पुरानो बसपार्क छेउमा कटान सुरु गरेको छ ।
यस्तै, वर्षाका कारण पहिरोको जोखिममा परेका २८ भन्दा बढी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोको जोखिममा परेका दार्चुलाको मार्मा गाउँपालिका-२ का १० परिवारलाई स्थानीय सामुदायिक विद्यालयमा सारिएको छ ।
अछामको चौरपाटी गाउँपालिका-६ का ९ परिवार र मंगलसेन नगरपालिका-८ का ९ परिवारलाई पनि सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
डिआईजी केसीले केही ठाउँमा पहिरोको जोखिममा रहेका व्यक्तिहरूलाई सुरक्षित स्थानमा सारिए पनि हालसम्म मानवीय तथा क्षति भने भएको छैन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - २०:४२
सर्लाही। सर्लाहीमा सोमबार साँझ अचानक चलेको तीव्र हावाहुरीले कृषि क्षेत्रमा ठूलो असर पारेको छ। जिल्लाका विभिन्न स्थानमा लगाइएको मकै र गहुँ बाली ढलेर नष...
चैत्र ३ गते, २०८२ - २०:४१
ललितपुर । सुदन गुरुङ ले आफू राजनीतिमा सुविधा र व्यक्तिगत स्वार्थका लागि नभई जनताको आवाज संसद्सम्म पुर्याउने उद्देश्यले आएको बताएका छन्। गोरखा क्षे...
चैत्र ३ गते, २०८२ - २०:१२
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई औपचारिक बधाई तथा शुभकामना सन्देश पठाएको छ। ...
चैत्र ३ गते, २०८२ - १९:५७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं धादिङ क्षेत्र नं. १ की जनप्रतिनिधि आशिका तामाङले राजमार्गमा गैरकानुनी रूपमा उठाइने ‘पटके ...
चैत्र ३ गते, २०८२ - १९:०३
एकै दिन ४५ हजारभन्दा बढी सिलिन्डर वितरण
चैत्र ३ गते, २०८२ - १९:०१
जनकपुरधाम । संघीय लोकतान्त्रिक मोर्चाले बालेन्द्र साह (बालेन) लाई भावी प्रधानमन्त्रीका रूपमा समर्थन तथा शुभकामना व्यक्त गरेपछि मधेसकेन्द्रित दलभित्रै ...
चैत्र ३ गते, २०८२ - १८:५३
कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१४ चाउथे बस्ने भा...
चैत्र १ गते, २०८२ - २१:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...
चैत्र १ गते, २०८२ - २१:२०
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...
चैत्र १ गते, २०८२ - २०:४३
गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...


प्रतिकृया लेख्नुहोस्: