मकवानपुर । मकवानपुरमा जंगली च्याउ खाएर एकै परिवारका सात जना बिरामी परेका छन् । बिरामीमध्ये एकजनाको बालकको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ उर्लाघारी स्थित एकै घरका सात जना विरामी परेका हुन् ।
बिरामी हुनेमा ६५ वर्षकी मंगली मायाँ स्याङतान, उनका ३२ वर्षीय छोरा बुद्धि बहादुर स्याङ्तान, बुद्धि बहादुरकी श्रीमती ३० वर्षीया पासाङ मायाँ स्याङ्तान र उनीहरुका ७ वर्षीय छोला लासाङ स्याङ्तान रहेका छन् । लासाङको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
यस्तै बुद्धि बहादुरको दाइ बुद्ध स्याङतानका छोरीहरु १९ वर्षीया लक्ष्मी मायाँ स्याङ्तान, १५ वर्षीया पार्वती स्याङ्तान र सात वर्षीया आरती स्याङतान रहेका छन् । बिरामीमध्ये दुईजनाको हेटौँडा अस्पताल र पाँचजनाको चितवनस्थित सरकारी अस्पताल भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार मंगली माया र लक्ष्मी मायाको हेटौँडा अस्पताल र बुद्धि बहादुर, पासाङ, लसाङ, पार्वती र आरतीलाई उपचारका लागि चितवनस्थित सरकारी अस्पताल भरतपुर अस्पतालमा उपचार भइरहेको हो ।
मकवानपुरमा जंगली च्याउ खादा असार महिना सुरुभएयता ३ जनाको ज्यान गैसकेको छ भने करिव ३ दर्जन मानिस बिरामी परेका छ्न ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - १३:३६
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् । भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्धिक तथा वैज्ञानिक विम...
फाल्गुन २७ गते, २०८२ - १३:३५
काठमाडौँ । सामुदायिक वनको काठ निकासी र छोडपुर्जी मिलाइदिने बहानामा घूस लिएको अभियोगमा विशेष अदालतले पूर्ण शङ्कर यादवसहित ३ जनालाई दोषी ठहर गर्दै कैद र...
फाल्गुन २७ गते, २०८२ - १३:२२
काठमाडौं । सिन्धुली-२ मा बागी उम्मेदवारलाई समर्थन गरेपछि नेकपाबाट कारबाहीमा परेका नेता हरिबोल गजुरेलले पार्टी नेतृत्वले गरेको अन्यायको मौन समर्थन गर्न...
फाल्गुन २७ गते, २०८२ - १३:२०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोग का अनुसार कुल १ करोड ७ लाख ६९ हजार ५४३ सदर मतमध्ये विभ...
फाल्गुन २७ गते, २०८२ - १३:१७
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोग का अनुसार १ करोड ७ लाख ३९ हजार ११५ मत सदर भएको छ...
फाल्गुन २७ गते, २०८२ - १०:२५
काठमाडौं । समानुपातिक तर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले समानुपातिक तर्फको मतगणना सकिएको जानकारी दिए । उनका अनुसा...
फाल्गुन २६ गते, २०८२ - २२:०३
काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...
फाल्गुन २६ गते, २०८२ - २१:५८
रुपन्देही । रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेकी छन् ...
फाल्गुन २६ गते, २०८२ - २१:२८
काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...
फाल्गुन २६ गते, २०८२ - २१:१०
काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...



प्रतिकृया लेख्नुहोस्: