Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

पार्टीको निर्देशन पर्खिँदै एमालेका मन्त्री

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरू पार्टी नेतृत्वको निर्देशन पर्खेर बसेका छन् ।

आजै साँझसम्म राजीनामा दिएर सरकारमाथिको समर्थन फिर्ता लिने अनौपचारिक खबर भए पनि पार्टीबाट थप निर्देशन नआएकाले उनीहरु सरकारबाट बाहिरीन तयारी अवस्थामा रहेका हुन्  ।

सरकारमा एमालेबाट उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठसहित ८ जना छन् । आफूहरू अहिले अलमलको अवस्थामा रहेको र दूरगामी प्रभाव पार्ने निर्णय नगरी सामान्य काम मात्र गरिएको उनीहरूको भनाइ छ ।

कांग्रेस र एमालेबीच सरकार बनाउने सहमति भएसँगै मंगलवार बसेको न्यायपरिषद बैठकमा कानुन मन्त्री पदम गिरीले अहिले नयाँ समीकरणको अवस्था आएकाले आफूले कुनै पनि बेला राजीनामा गर्नुपर्ने भन्दै ३५ न्यायाधीश नियुक्ति नगरौँ भनेका थिए ।

मन्त्री गिरीले नैतिकरुपमा राम्रो नहुने भनेपछि लोकसेवा आयोगले सिफारिस गरेका ८ जना जिल्ला न्यायाधीशको मात्र नियुक्ति गरी बाँकीको निर्णय नभएको बताइएको छ । जबकि न्यायपरिषदका अन्य सदस्यले सबै न्यायाधीश नियुक्ति गर्ने भनेका थिए । गिरीले लोकसेवाको परीक्षामा फेल भएकाहरूलाई जिल्ला न्यायाधीश नियुक्ति गर्न नहुने अडान लिँदै आएका थिए ।

मन्त्रीहरूले पार्टीको निर्देशन कुरेर बसेको कृषि मन्त्री ज्वाला कुमारी साहले बताइन् । अब नयाँ सरकार बन्ने निश्चित भइसकेकाले मन्त्रिपरिषदबाट र अन्य मन्त्रालयबाट पनि दीर्घकालीन प्रभाव पार्ने निर्णय र नियुक्तिहरू गर्न नहुने उनीहरूको भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभर उच्च सुरक्षा सतर्कता, बिदा रोक्ने सर्कुलर जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान ...

काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं। काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख...

गौरीबहादुर कार्कीको घरमा बाक्लो सुरक्षा, सेनाको ब्यारेकमा राख्नेबारे छलफल

काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा रा...

२४ गतेको हिंसाका अगुवाहरूलाई पनि कारवाही हुनु पर्छः हर्क साम्पाङ

काठमाडौं । राजनीतिक विश्लेषक हर्क साम्पाङले २४ फागुनमा सिंहदरबार, सर्वोच्च न्यायालय र संसद भवनमा भएको आगजनीका घटनाका लागि मात्र व्यक्तिगत नेताहरूमा का...

ओली र लेखक पक्राउविरुद्ध प्रतिवाद गर्ने नेविसंघको चेतावनी

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेव...

सरकारको निर्णयप्रति नेकपाको ध्यानाकर्षण, प्रधानमन्त्री साहलाई बधाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) साहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। फागुन २१ गते सम्पन...

ओलीलाई तत्काल रिहा नगरे देशव्यापी आन्दोलनको चेतावनी

सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको...

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी ।  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ म...

हेटौँडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लि...

कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन- अपेक्षा धेरै छन्, जनताले अनुभूति गर्नेगरी काम गर्नुस्

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending