रौतहट । बाँदरले अनावश्यक दुख दिएको भन्दै रौतहटको गरुडा नगरपालिकाका किसानहरु आन्दोलित भएका छन् ।
बाँदरले किसानको बाली खाइदिने तथा बाली उत्पादन नै हुन नदिने भएपछि नियन्त्रणको माग गर्दै जिल्लाको मध्यभाग गरुडा बजारको मूल सडकमा मेयर प्रत्याशी दीपक कुमार यादवको नेतृत्वमा गएका किसानहरुले प्रदर्शन गरेका हुन् ।
बाँदरले बालीनाली सखाप पारी आतंक मच्चाएको भन्दै बाँदर नियन्त्रणको माग गर्दै किसानहरु मंगलवारदेखी आन्दोलनमा उत्रेका छन् । बाँदर नियन्त्रणका लागि किसानहरुले मंगलवार गरुडा नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । प्रत्यासी यादवको नेतृत्वमा सयौंको संख्यामा गएका किसानहरुले मेयर कन्थमनी प्रसाद जयसवाललाई ज्ञापनपत्र बुझाएका थिए ।
गरुडा नगरपालिका वडा २ गेडही गुठि, ३ मलाहिटोल, वडा ४ गरुडा, वडा ८ बसबिटि जिंगडिया, गम्हरीया लगाएत गाउँका किसानको बालीनालीमा बाँदरले क्षति पुरयाएको भन्दै बाँदरको उचित व्यवस्थापन तथा नियन्त्रण गरिदिन माग गर्दै आएका छन।
झण्डै चार सयको संख्यामा रहेको बाँदरको समुहले पछिल्लो चार वर्षदेखी गरुडा नगरपालिकाका किसानहरुले लगाउने धान, मकै, उखु, तरकारी लगाएत बालीनाली नष्ट गर्दै आएको नेता यादवले बताएका छन ।
वर्षभरीलाई पुग्ने खाद्यान्न बाँदरको हुलले एकैछिनमा सखाप पार्ने गरेका कारण धेरै मिहिनेत र लगानी गरेर बाली उब्जाउने किसानहरु निकै समस्यामा परेको किसानहरूले दुखेसो पोखेका छन् ।
२५ किलोमिटर भन्दा टाढा वनबाट आएको बाँदर फर्की जान नसकेर गरुडा नगर क्षेत्रको गाउँको छेउछाउमा बस्ने गरेको र किसानहरुको बालीमा क्षति पुरयाउने गरेका छन् ।
बाँदरले खेतबारीमा फल्दै गरेको मकै लगाएतका बालीनाली मात्र होइन, मान्छे नभएको मौकामा घरभित्रै पसेर अन्नपात समेत नास गर्ने गरेको किसानले गुनासो गर्दै आएका छन् । धान र गहुँको समयमा खासै दुःख नदिने बाँदरले मकै पाक्ने याममा बढी समस्यामा पारेको गम्हरीयाका किसान विनोद यादवको गुनासो छ ।
२० मिनेट मात्रै बाँदर खेतमा पसेमा सारा खेतीपाती नष्ट गर्ने भएकाले बाँदर नियन्त्रण गर्न अति आवश्यक रहेको उनीहरुको भनाइ छ ।
राते, बाह्रबिसे र सेते प्रजातिका झण्डै चार सयको हाराहारीमा आउने बाँदरले किसानहरुलाई सताउने गरेको छ । वर्षभरिलाई पुग्ने खाद्यान्न एकैछिनमा सखाप पार्ने भएपछि किसान अरु कामधन्दा छाडेर बाँदर धपाउने गरेका छन् । सबैभन्दा बढी बाँदरले रुचाउने मकै रहेको किसानहरु बताउँछन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...
पौष ९ गते, २०८२ - १८:३९
जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...
पौष ९ गते, २०८२ - १८:३६
सर्लाही । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...
पौष ९ गते, २०८२ - १८:३२
काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...
पौष ९ गते, २०८२ - १८:२८
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...
पौष ९ गते, २०८२ - ११:११
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...
पौष ९ गते, २०८२ - १०:५०
रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...




प्रतिकृया लेख्नुहोस्: