काठमाडौं । नेपाली कांग्रेसले दुई ठूला दल मिलेर सरकार बनाउन सहमति भएको भन्दै बाटो खुला गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ ।
सभापति शेरबहादुर देउवाको बूढानीलककण्ठस्थित निवासमा बुधबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रचण्डलाई नयाँ सरकार गठनको लागि बाटो खुला गरिदिन आग्रह गरेको हो ।
सोमबार राति कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो । जसमा पहिलो दुई वर्ष एमाले अध्यक्ष केपी ओली र बाँकी समयमा कांग्रेस सभापतिले चुनावी सरकारको नेतृत्व गर्ने समझदारी गरेका थिए ।
कांग्रेसले जस्तै एमालेले पनि मंगलबार बुधबारसम्म मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो । बुधबार साँझसम्म प्रधानमन्त्रीले राजीनामा नदिए सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी छ ।
‘सबैभन्दा ठूलो दल कांग्रेस र एमालेले सरकार चलाउने भनेपछि स्वाभाविक रूपमा प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ,’ नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले भने, ‘अरु दलको समेत समर्थन घोषणा भएको छ । नयाँ समीकरण बन्न लागेकाले मार्ग प्रशस्त गर्नुपर्छ भन्ने हाम्रो कुरा हो ।’
देशलाई स्थायित्व दिने र आर्थिक समृद्धिमा अघि बढ्न दुई ठूला दल मिल्नुपरेको डा। महतको भनाइ थियो । कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भएको भन्दै महतले यसलाई कार्यसम्पादन समितिले पारित गरेको जानकारी दिए ।
‘सरकारको नेतृत्व शुरूमा एमाले अध्यक्ष शर्मा केपी ओलीले गर्नुहुन्छ । त्यसपछि निर्वाचन सम्पन्न नभएसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्नुहुनेछ । यो समझदारीलाई कार्यसम्पादन समितिले अनुमोदन गरेको छ,’ उनले भने ।
संविधान कार्यान्वयनको अनुभवबाट कतिपय विषय शंसोधन र सुधार गर्ने आवश्यकता भएकोले दलसँग संवाद गरेर अगाडि बढ्ने पनि उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - २०:३२
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान ...
चैत्र १४ गते, २०८२ - २०:३०
काठमाडौं। काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख...
चैत्र १४ गते, २०८२ - २०:२४
काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा रा...
चैत्र १४ गते, २०८२ - २०:१९
काठमाडौं । राजनीतिक विश्लेषक हर्क साम्पाङले २४ फागुनमा सिंहदरबार, सर्वोच्च न्यायालय र संसद भवनमा भएको आगजनीका घटनाका लागि मात्र व्यक्तिगत नेताहरूमा का...
चैत्र १४ गते, २०८२ - १९:४०
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेव...
चैत्र १४ गते, २०८२ - १९:३६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) साहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। फागुन २१ गते सम्पन...
चैत्र १४ गते, २०८२ - १९:३३
सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको...
चैत्र १४ गते, २०८२ - १९:१९
म्याग्दी । ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ म...
चैत्र १४ गते, २०८२ - १९:१७
हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लि...
चैत्र १४ गते, २०८२ - १९:११
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार...



प्रतिकृया लेख्नुहोस्: