Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

डोल्पाबाट छुटेको यात्रु बस छलगाड खोलामा फस्यो

छलगाड खोलामा फसेको गाडी । तस्बिर सौजन्य : पूर्ण कुमार
खबरडबली संवाददाता

रुकुमपश्चिम  । डोल्पाको सदरमुकाम दुनैबाट नेपालगञ्जका लागि छुटेको रात्रिकालीन बस मङ्गलबार छलगाड खोलामा आएको बाढीमा फसेको छ । ना ख १७९८ नम्बरको यात्रुवाहक बस डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित छलगाड खोलामा आएको बाढीमा फसेको हो । 

त्रिपुराकोट प्रहरी चौकीका प्रहरी नायब निरीक्षक रमेशबहादुर सिंहका अनुसार ३४ जना यात्रु, खसीबोका र खाद्य सामग्री बोकेको बस खोलामा फसेको हो । गाडी खोलामा अड्किए लगत्तै प्रहरी र स्थानीय मिलेर सबै यात्रुहरुको सकुशल उद्धार गरेको उनले बताए । 

उनका अनुसार गाडीमा ३४ जना यात्रु रहेका थिए । गाडीको पछाडिको डिक्कीमा रहेको एउटा खसी, तीन बोरा दाल, छतमा रहेका ५० थान तरकारीका क्यारेट र यात्रुका केही झोला भने खोलाले बगाएको उनले बताए।

सुरुमा पानीको बहाव कम भएकोले चालकले खोलामा गाडी हालेको तर माथिल्लो लेकतर्फबाट एक्कासि ढुङ्गा, माटोसहितको बाढी आउँदा गाडी फसेको उनको भनाइ छ  । खोलामा पानीको बहाव धेरै भएकोले गाडीलाई बगाउनबाट जोगाउन बलियो डोरीले खोला किनारको ढुङ्गामा बाँधिएको समेत सिंहले जानकारी दिए । 

उक्त स्थानमा सोमबार पनि सोही गाडी फसेको थियो । जेसिबीको प्रयोग मार्फत तानिएको गाडी नेपालगन्जतर्फ यात्रु लिएर फर्कँदै गर्दा फसेको हो । मंगलबार रातभर गाडी खोलामै रहने र पानीको बहाव कम भएमा जेसिबी प्रयोग गरेर निकालिएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending