Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

गुणस्तरहीन सव–बेस प्रयोग गरेको स्थानीयको आरोप

खबरडबली संवाददाता

सिरहा । सिरहामा लगदि गदियानी सडक निर्माण कार्यमा ठेक्केदारले गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरेको पाइएको छ। गोलवजार लगदी गदियानी सडक कालोपत्रे गर्ने निर्माण व्यवसायीले सव–बेसमा कमअसल तथा गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरी सडक निर्माण गरेको पाइएको हो । 

सडक कालोपत्रेमा सबैभन्दा पहिला सव–बेसको काम गर्नुपर्छ। सव–बेस बलिया भए सडक कालोपत्रे टिक्ने सम्भावना बढी हुने प्राविधिकहरु बताउछन्। तर यस सडक निर्माणमा ठेक्केदारले ठेक्का सम्झौतामा उल्लेख भएअनुसार रातो ग्राभेल हाल्नु पर्ने ठाउँमा  स्थानीय “गागन खोलाबाट उत्खनन् गरी ल्याएको” अधिकमात्रामा बालुवा, गिट्टी नभएको र माटोकोमात्रा दश प्रतिशत समेत नभएको गुणस्तरहीन सामाग्री सव– बेसमा प्रयोग गरिएको स्थानियहरु बताउछन्।

आर्थिक वर्ष २०७६/०७७मा १५ किलोमिटर सडक कालोपत्रे गर्न करिव ५१ करोडमा कोनटेक प्रा.लि. नक्सालले ठेक्का लिएर पेटीमा शम्भु कन्सट्रक्सनलाई दिइएको छ। 

गोलवजार लगदि गदियानी सडक निर्माणका लागी पेटीठेक्का पाएका शम्भू कन्सट्रक्सनले सडकको सव–बेसमा स्थानीय गागन नदीको आत्याधिक बालुवाकोमात्रा भएको ग्राभेल प्रयोग गरिएको गोलवजार १२ का स्थानिय माधव यादबले जनाएको छ। उनले भने, ‘सव बेसमा खोलाको गुणस्तरहीन ग्राभेल प्रयोग गरेको कारण  छिटफुट वर्षा मात्र हुँदा पनि सो सडक हिलाम्मे हुन्छ। ठाउँ ठाउँमा सडक भासिएको छ । वर्षा नहुँदा सडक पुरै धूलाम्मे भैहाल्छ ।’

अर्नामा गाउँपालिका ५ का कारी यादब भन्छन्, “माटो,बालुवा र गिट्टीकोमात्रा भएको ग्राभेल सव– बेसमा हालेर रोलिङ्ग गरिएको सडक यस्तो हिलाम्मे कसरी हुन्छ? यस्तो सव – बेसमाथि कसरी एग्रिगेट बेस हाल्ने हो ? यो जनताको आखाँमा ठेक्केदारले छारो हाल्ने काम गरेको छ।

उनले भने, ‘निर्माण व्यवसायी सम्भू कन्सट्रक्सनले गागन नदीको बालुवा हाल्न खोज्दा सुरुमै स्थानियले विरोध गरेपछि हुलाकी सडक आयोजना कार्यालय जनकपुरका इन्जिनियर कौशल यादवले  खोलाको ग्राभेल सवबेसमा प्रयोग गर्न रोकेका थिए। यो नदीजन्य पदार्थ सव–बेसमा हाल्न पाइदैन भन्दै त्यो सामाग्री अस्वीकृत गरिएको थियो । त्यसपछि सम्भू कन्सट्रक्सनले उक्त नदीजन्य कमअसल तथा अस्वीकृत सामाग्री नजिकै स्टोर गरेर राख्यो। तिन महिनापछि त्यही ग्राभेल प्रयोग गरे।’  

हुलाकी सडक आयोजनाका प्रविधिकले तिन महिना अघि अस्विकृत गरिएको गुणस्तरहीन ग्राभेल सव–बेसमा प्रयोग भएपनि नियमनकारी निकाय मौन बस्नुले ठेकेदार र नियामक निकाय बीच अनुचित लेनदेन भएको गन्ध दिन्छ ।

गोलबजारका क्रसर व्यवसायहरु भन्छन्,–“सव–बेसमा” धनगढीमाई नगरपालिकामा रहेको ग्राभेल खानीबाट झिकिएको रातो ग्राभेल हाल्नु पर्ने हो । सडक निर्माण सम्झौतामा सोही कुरा उल्लेख छ । तर सम्भू कन्सट्रक्सनले हुलाकी सडक आयोजनाका इन्जिनियरहरुलाई आर्थिक प्रलोभनमा पारेर जनताको आँखामा छारो हाल्ने र गुणस्तरहीन सडक निर्माण गर्ने प्रपञ्च गरेको छ ।’
 
सव– वेस र बेसको फिल्ड डेन्सिटी परीक्षण गरिनु पर्छ । माटोको भार वहन क्षमता परीक्षण गरेपछि मात्र सव– बेस र बेस हाल्नुपर्ने स्थानियतहमा कार्यरत्त प्राविधिकहरु बताउँछन्। 
बेस एग्रिगेटको पनि साइज हुन्छ। निश्चित मात्रामा डस्ट मिसाइन्छ। माटो र बालुवा सव– वेस र बेसमा हाल्नै हुँदैन। कालोपत्रे सडकको टिकाउपन सव–बेस र बेस नै हो। सव–बेस हालेर रोलिङ्ग गरेपछि सामान्यतया सडक नभासिँनुपर्ने प्रविधिकहरुको भनाई छ।’ 

सुरुमा गागन नदीको सामाग्रीमा बालुवा र माटो मात्र देखिएकोले सवबेसमा त्यो ग्राभेल नहाल्न भनिएको हुलाकी सडक आयोजना कार्यालय जनकपुरका इन्जिनियर कौशल यादवले जनाएको छ। उनले भने, ‘बालुवाकोमात्रा बढी भएकोले अस्वीकृत गरिएको थियो । पछि गिट्टीको मात्रा मिसाएको सामाग्री सववेसमा ओछ्याईएको  इन्जिनियर यादवले बताए। 

उनले भने, ‘सव–बेसको सामाग्री ल्यावमा परीक्षणको लागि पठाइएको छु। रिपोर्ट आएपछि स्पष्ट हुन्छ।’ 

गोलबजार लगदी गदियानी सडक  ठेक्का कोनटेक प्रा.लि. नक्सालको नाममा बोलपत्र स्वीकृत भएको छ। १५ कलिोमिटर लम्बाइ रहेको यो सडक २०७७ मै ठेक्का लागेको थियो। दुई वर्षमा सम्पन्न गर्ने शर्तमा ठेक्का पाएका निमार्ण कम्पनिले हाल सम्म ३५–४० प्रतिशत निर्माण कार्य मात्र सकाएका छन्। 

समयमा काम सम्पन्न नभएकोले एक पटकका लागी एक वर्षको लगी पुनः म्याद थपिएको लगदि गदियानी सडकका साइड इनिजिनियर अकिंत साहले जनाएको छ। थप म्याद अनुसार २०८१।११।२३ सम्ममा काम पूरा गर्नु पर्ने तोकिएको साहले बताए।’

५१ करोड ४१ लख ०२ दुई हजार ३ सय ९६ रुपैयाँ ०४ पैसामा ठेक्का कवुल गरेको कम्पनीले ३३ प्रतिशत सडक निर्माणको काम भएको आधरमा १६ करोड ८७ लाख ८४ हजार २६ रुपैयाँ भुक्तानी लिइसकेको छ । तर हालसम्म भौतिक प्रगति ३५ प्रतिशत मात्र भएको छ। 

हुलाकी सडक आयोजना कार्यालय जनकपुरका अनुसार यो सडकको राइट अफ वे राजपत्रमा प्रकाशित नहुनु , सडक सीमा विवाद हुनु , विद्युतीय संरचना नहटाउनु र साइट क्लियर नहुनु , अदालतबाट विभिन्न मुद्दामा निषेधाज्ञा जारी हुनु , निर्माण सामग्रीको अभाव हुनु र बजेटको अभाव भएर निर्माण कार्य ढिलाई भएको हो ।  

समयमै सडक निर्माण हुन नसँक्दा लगदी गदियानी देखि उत्तर गोलबजारसम्मका २४ गाउँ टोलका बासिन्दाहरु मर्का परेका छन्। गुणस्तरहिन निर्माण सामाग्री प्रयोग गरेकोले वर्षाको समयमा सडक हिल्लामे हुने भएका कारण यस क्षेत्रको वासिन्दाहरुलाई वजार आउजाउ गर्न समेत कठिनाई भैइरहेको स्थानियहरु बताउँँछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभर उच्च सुरक्षा सतर्कता, बिदा रोक्ने सर्कुलर जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान ...

काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं। काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख...

गौरीबहादुर कार्कीको घरमा बाक्लो सुरक्षा, सेनाको ब्यारेकमा राख्नेबारे छलफल

काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा रा...

२४ गतेको हिंसाका अगुवाहरूलाई पनि कारवाही हुनु पर्छः हर्क साम्पाङ

काठमाडौं । राजनीतिक विश्लेषक हर्क साम्पाङले २४ फागुनमा सिंहदरबार, सर्वोच्च न्यायालय र संसद भवनमा भएको आगजनीका घटनाका लागि मात्र व्यक्तिगत नेताहरूमा का...

ओली र लेखक पक्राउविरुद्ध प्रतिवाद गर्ने नेविसंघको चेतावनी

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेव...

सरकारको निर्णयप्रति नेकपाको ध्यानाकर्षण, प्रधानमन्त्री साहलाई बधाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) साहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। फागुन २१ गते सम्पन...

ओलीलाई तत्काल रिहा नगरे देशव्यापी आन्दोलनको चेतावनी

सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको...

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी ।  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ म...

हेटौँडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लि...

कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन- अपेक्षा धेरै छन्, जनताले अनुभूति गर्नेगरी काम गर्नुस्

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending