Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

गुणस्तरहीन सव–बेस प्रयोग गरेको स्थानीयको आरोप

खबरडबली संवाददाता

सिरहा । सिरहामा लगदि गदियानी सडक निर्माण कार्यमा ठेक्केदारले गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरेको पाइएको छ। गोलवजार लगदी गदियानी सडक कालोपत्रे गर्ने निर्माण व्यवसायीले सव–बेसमा कमअसल तथा गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरी सडक निर्माण गरेको पाइएको हो । 

सडक कालोपत्रेमा सबैभन्दा पहिला सव–बेसको काम गर्नुपर्छ। सव–बेस बलिया भए सडक कालोपत्रे टिक्ने सम्भावना बढी हुने प्राविधिकहरु बताउछन्। तर यस सडक निर्माणमा ठेक्केदारले ठेक्का सम्झौतामा उल्लेख भएअनुसार रातो ग्राभेल हाल्नु पर्ने ठाउँमा  स्थानीय “गागन खोलाबाट उत्खनन् गरी ल्याएको” अधिकमात्रामा बालुवा, गिट्टी नभएको र माटोकोमात्रा दश प्रतिशत समेत नभएको गुणस्तरहीन सामाग्री सव– बेसमा प्रयोग गरिएको स्थानियहरु बताउछन्।

आर्थिक वर्ष २०७६/०७७मा १५ किलोमिटर सडक कालोपत्रे गर्न करिव ५१ करोडमा कोनटेक प्रा.लि. नक्सालले ठेक्का लिएर पेटीमा शम्भु कन्सट्रक्सनलाई दिइएको छ। 

गोलवजार लगदि गदियानी सडक निर्माणका लागी पेटीठेक्का पाएका शम्भू कन्सट्रक्सनले सडकको सव–बेसमा स्थानीय गागन नदीको आत्याधिक बालुवाकोमात्रा भएको ग्राभेल प्रयोग गरिएको गोलवजार १२ का स्थानिय माधव यादबले जनाएको छ। उनले भने, ‘सव बेसमा खोलाको गुणस्तरहीन ग्राभेल प्रयोग गरेको कारण  छिटफुट वर्षा मात्र हुँदा पनि सो सडक हिलाम्मे हुन्छ। ठाउँ ठाउँमा सडक भासिएको छ । वर्षा नहुँदा सडक पुरै धूलाम्मे भैहाल्छ ।’

अर्नामा गाउँपालिका ५ का कारी यादब भन्छन्, “माटो,बालुवा र गिट्टीकोमात्रा भएको ग्राभेल सव– बेसमा हालेर रोलिङ्ग गरिएको सडक यस्तो हिलाम्मे कसरी हुन्छ? यस्तो सव – बेसमाथि कसरी एग्रिगेट बेस हाल्ने हो ? यो जनताको आखाँमा ठेक्केदारले छारो हाल्ने काम गरेको छ।

उनले भने, ‘निर्माण व्यवसायी सम्भू कन्सट्रक्सनले गागन नदीको बालुवा हाल्न खोज्दा सुरुमै स्थानियले विरोध गरेपछि हुलाकी सडक आयोजना कार्यालय जनकपुरका इन्जिनियर कौशल यादवले  खोलाको ग्राभेल सवबेसमा प्रयोग गर्न रोकेका थिए। यो नदीजन्य पदार्थ सव–बेसमा हाल्न पाइदैन भन्दै त्यो सामाग्री अस्वीकृत गरिएको थियो । त्यसपछि सम्भू कन्सट्रक्सनले उक्त नदीजन्य कमअसल तथा अस्वीकृत सामाग्री नजिकै स्टोर गरेर राख्यो। तिन महिनापछि त्यही ग्राभेल प्रयोग गरे।’  

हुलाकी सडक आयोजनाका प्रविधिकले तिन महिना अघि अस्विकृत गरिएको गुणस्तरहीन ग्राभेल सव–बेसमा प्रयोग भएपनि नियमनकारी निकाय मौन बस्नुले ठेकेदार र नियामक निकाय बीच अनुचित लेनदेन भएको गन्ध दिन्छ ।

गोलबजारका क्रसर व्यवसायहरु भन्छन्,–“सव–बेसमा” धनगढीमाई नगरपालिकामा रहेको ग्राभेल खानीबाट झिकिएको रातो ग्राभेल हाल्नु पर्ने हो । सडक निर्माण सम्झौतामा सोही कुरा उल्लेख छ । तर सम्भू कन्सट्रक्सनले हुलाकी सडक आयोजनाका इन्जिनियरहरुलाई आर्थिक प्रलोभनमा पारेर जनताको आँखामा छारो हाल्ने र गुणस्तरहीन सडक निर्माण गर्ने प्रपञ्च गरेको छ ।’
 
सव– वेस र बेसको फिल्ड डेन्सिटी परीक्षण गरिनु पर्छ । माटोको भार वहन क्षमता परीक्षण गरेपछि मात्र सव– बेस र बेस हाल्नुपर्ने स्थानियतहमा कार्यरत्त प्राविधिकहरु बताउँछन्। 
बेस एग्रिगेटको पनि साइज हुन्छ। निश्चित मात्रामा डस्ट मिसाइन्छ। माटो र बालुवा सव– वेस र बेसमा हाल्नै हुँदैन। कालोपत्रे सडकको टिकाउपन सव–बेस र बेस नै हो। सव–बेस हालेर रोलिङ्ग गरेपछि सामान्यतया सडक नभासिँनुपर्ने प्रविधिकहरुको भनाई छ।’ 

सुरुमा गागन नदीको सामाग्रीमा बालुवा र माटो मात्र देखिएकोले सवबेसमा त्यो ग्राभेल नहाल्न भनिएको हुलाकी सडक आयोजना कार्यालय जनकपुरका इन्जिनियर कौशल यादवले जनाएको छ। उनले भने, ‘बालुवाकोमात्रा बढी भएकोले अस्वीकृत गरिएको थियो । पछि गिट्टीको मात्रा मिसाएको सामाग्री सववेसमा ओछ्याईएको  इन्जिनियर यादवले बताए। 

उनले भने, ‘सव–बेसको सामाग्री ल्यावमा परीक्षणको लागि पठाइएको छु। रिपोर्ट आएपछि स्पष्ट हुन्छ।’ 

गोलबजार लगदी गदियानी सडक  ठेक्का कोनटेक प्रा.लि. नक्सालको नाममा बोलपत्र स्वीकृत भएको छ। १५ कलिोमिटर लम्बाइ रहेको यो सडक २०७७ मै ठेक्का लागेको थियो। दुई वर्षमा सम्पन्न गर्ने शर्तमा ठेक्का पाएका निमार्ण कम्पनिले हाल सम्म ३५–४० प्रतिशत निर्माण कार्य मात्र सकाएका छन्। 

समयमा काम सम्पन्न नभएकोले एक पटकका लागी एक वर्षको लगी पुनः म्याद थपिएको लगदि गदियानी सडकका साइड इनिजिनियर अकिंत साहले जनाएको छ। थप म्याद अनुसार २०८१।११।२३ सम्ममा काम पूरा गर्नु पर्ने तोकिएको साहले बताए।’

५१ करोड ४१ लख ०२ दुई हजार ३ सय ९६ रुपैयाँ ०४ पैसामा ठेक्का कवुल गरेको कम्पनीले ३३ प्रतिशत सडक निर्माणको काम भएको आधरमा १६ करोड ८७ लाख ८४ हजार २६ रुपैयाँ भुक्तानी लिइसकेको छ । तर हालसम्म भौतिक प्रगति ३५ प्रतिशत मात्र भएको छ। 

हुलाकी सडक आयोजना कार्यालय जनकपुरका अनुसार यो सडकको राइट अफ वे राजपत्रमा प्रकाशित नहुनु , सडक सीमा विवाद हुनु , विद्युतीय संरचना नहटाउनु र साइट क्लियर नहुनु , अदालतबाट विभिन्न मुद्दामा निषेधाज्ञा जारी हुनु , निर्माण सामग्रीको अभाव हुनु र बजेटको अभाव भएर निर्माण कार्य ढिलाई भएको हो ।  

समयमै सडक निर्माण हुन नसँक्दा लगदी गदियानी देखि उत्तर गोलबजारसम्मका २४ गाउँ टोलका बासिन्दाहरु मर्का परेका छन्। गुणस्तरहिन निर्माण सामाग्री प्रयोग गरेकोले वर्षाको समयमा सडक हिल्लामे हुने भएका कारण यस क्षेत्रको वासिन्दाहरुलाई वजार आउजाउ गर्न समेत कठिनाई भैइरहेको स्थानियहरु बताउँँछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending