Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

को बन्ला भारतीय टी-२० क्रिकेट टिमको कप्तान ?

खबरडबली संवाददाता

काठमाडौँ । भारतले दोस्रो पटक टी-२० विश्वकपको उपाधि जितेपछि कप्तान रोहित शर्मासहित विराट कोहली र रविन्द्र जडेजाले टी-२० क्रिकेटबाट सन्यास लिएपछि अब भारतको टी- २० टिमको कप्तान को बन्छ भन्ने बहस शुरु भएको छ । भारतका तीन सिनियर खेलाडीसहित प्रमुख प्रशिक्षक राहुल द्रविडको समेत कार्यकाल समाप्त भएको छ ।

अब भारतको टी- २० टिमको कप्तानीमा प्रमुख  चार खेलाडीको चर्चा रहेको छ । जसमा हार्दिक पाण्डेय, सूर्यकुमार यादव, ऋषव पन्त र जसप्रित बुमराह कप्तानीको दौडमा सबै भन्दा अगाडी रहेका छन् । यी बाहेक शुभमन गिल र केएल राहुल समेत भारतको टी- २० क्रिकेटको कप्तान बन्न सक्ने चर्चा चलिरहेको छ ।

यस रिपोर्टमा प्रमुख चार खेलाडीको बारेमा चर्चा गर्दै छौं ।

टी- २० टिमको कप्तानको दावेदारको दौडमा हार्दिक पाण्ड्या सबै भन्दा अगाडि छन् । उनीसँग टी-२० अन्तर्राष्ट्रियमा १०० खेलको अनुभव छ, जुन अन्य कुनै दावेदारसँग छैन । पाण्ड्याले १६ टी–२० अन्तर्राष्ट्रिय खेलमा भारतको कप्तानी समेत गरेका छन्, जसमध्ये टोलीले १० खेल जितेको छ ।

गुजरातलाई पहिलो सिजनमा आइपिएल च्याम्पियन बनाएका हार्दिक हाल मुम्बई इण्डियनको समेत कप्तान रहेका छन् । पाण्ड्याले भारतलाई ९० प्रतिशत द्विपक्षीय शृङ्खलामा जित दिलाएका छन् । जसमध्ये भारतीय टोलीले ४ वटा जितेको छ । टोलीले एउटा मात्र सिरिजमा हार बेहोरेको थियो । भारतलाई विश्वकप जिताउन पाण्डेयले गरेको शानदार प्रदर्शनले उनको कप्तानीको दाबेदारीलाई बलियो बनाएको छ ।   

त्यस्तै कप्तानीको दौडमा ऋषभ पन्त रहेका छन् । कार दुर्घटनापछि क्रिकेटमा पुनरागमन गरेका पन्तले अहिले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । दिल्ली क्यापिटल्सका समेत कप्तान रहेका विकेटकिपर ब्याट्सम्यान पन्तले टी–२० अन्तर्राष्ट्रियमा ७४ खेल खेलेर ११५८ रन बनाएका छन् । उनले ५ खेलमा भारतको कप्तानी गरेका थिए भने २ खेलमा जित हासिल गरेका थिए ।

त्यस्तै कप्तानीको दौडमा सुर्यकुमार यादव पनि रहेका छन् । सूर्यकुमार यादवले आफ्नो बलियो प्रदर्शनका साथ टीम इन्डियाको कप्तान बन्ने दाबी गरिरहेका छन् । ६८ खेलमा १६७.७४ को स्ट्राइक रेटमा २३४० रन बनाएका छन् । उनले आफ्नो कप्तानीमा शतक प्रहार गरेका छन् । सूर्यको कप्तानीमा भारतले ७ खेलमा ५ खेल जितेको छ । सूर्यले आफ्नो कप्तानीमा १६४.८३ को स्ट्राइक रेटमा ३०० रन बनाएका छन् ।

त्यसैगरी जसप्रित बुमराह पनि टी- २० टिमको कप्तानीको दौडमा रहेका छन् । जसप्रित बुमराह, भारतीय टोलीमा ट्रम्प कार्डको रुपमा रहेका छन् । ७० खेलमा ८९ विकेट लिएका बुमराह टिम संकटमा रहेको समयमा विकेट लिएर टिमलाई जितको बाटोमा लैजाने बलरको रुपमा चिनिन्छन् । उनको यस अघि भारतीय टिमको मात्र २ खेलमा कप्तानी गरेका छन् र दुवै खेल जितेका छन् । 

यी बाहेक हाल गुजरात टाइटन्सका कप्तान रहेका शुभमन गिललाई रोहित शर्मापछि भारतको सबै फर्म्याटको कप्तानको रुपमा हेरिएको छ । पहिलो पटक गुजरातको कप्तानी गरेका गिलले धेरैलाई प्रभावित समेत गरेका थिए । यस विश्वकपमा गिल ट्राभल खेलाडीको रुपमा समावेश रहेका थिए ।

त्यस्तै आइपिएल टिम लखनउ सुपर जाइन्टका कप्तान रहेका केएल राहुल पनि टी-२० टिमको कप्तान बन्न सक्ने बताइएको छ । उत्कृष्ट ब्याट्सम्यान र विकेट किपरको पहिचान बनाएका राहुल यस विश्वकप टिममा भने परेका थिएनन्

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महामन्त्री शर्माले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार नदिने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...

पार्टी परित्याग गरेकाहरूलाई पुन: फर्किन कांग्रेसको आह्वान

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...

सामाजिक सञ्जाल र एआईको प्रयोगबारे निर्वाचन आयोग, हेट स्पिचजस्ता भ्रामक टिप्पणी गर्न वर्जित

काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...

रवि-बालेन एकताले सेयर लगानीकर्ता उत्साहित, साढे ४७ अंकले बढ्यो नेप्से

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...

समानुपातिकमा पुरानालाई नदोहोर्‍याउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...

एमाले सचिवालय बैठक जारी, समानुपातिक उम्मेदवार चयन मुख्य एजेन्डा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...

चुनावी प्रचारमा उम्मेदवारले दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...

पम्फा भुसालले फागुन २१ को निर्वाचन नलड्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...

सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल सकियो, निवास सर्ने तयारी

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...

६ महिनादेखि बन्द रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु

रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending