काठमाडौं । हिउँदभर गाडी चल्ने ग्रामीण सडकहरु वर्षा लागेपछि सुनसान जस्तै भएका छन् । यतिबेला ग्रामीण भेगलाई सदरमुकामसँग जोड्ने सडकमा मानिस आवातजावत गर्न समेत समस्या हुने गरेको छ ।
हिउँदभर धुलाम्मे ग्रामिण सडकहरु वर्षा लागेसँगै हिलाम्यै हुने गरेका छन् । नालासमेत नभएका अधिकांश कच्ची सडक हिउँदभर मर्मत भएर गाडी चले पनि वर्षायाम लागे सँगै ग्रामीण सडक हिलाम्मे र खाल्डाखुल्डी हुने गरेका छन् । सडकहरु वर्षायाममा गाडी नै चल्न नसक्ने बन्दा सर्वसाधरणलाई सास्ती हुने गरेको सिन्धुलीको कमलामाई नगरपालिका ४ की शान्ता कार्की बताईन् ।
अधिकांश ग्रामीण सडक गाडी गुड्न नसक्ने हुन थालेको सवारी चालकहरु बताउँछन् । कच्ची सडक मर्मत नगरेसम्म सार्वजनिक यातायातको सेवा नियमित सञ्चालन नहुने ओखलढुंगाको सदरमुकाबाट घोरादोरी सम्म सार्वजानीक यातायातको सेवा दिँदै आएको कुसुम यातायातका सन्तोष गिरीले बताए ।
गाउँमा किसानले व्यवसायीक तरकारी खेतिबाट आयआर्जन गर्ने भएपनि सडकको अवस्था बेहाल भएपछि किसानहरुलाई समेत समसइा भएको ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं. २ का वडाअध्यक्ष बसन्त कटुवालले बताए । गाउँमा सडक पुगेपछि तरकारी विक्री गर्न सहज हुने भन्दै खुसि भएका किसानलाई अहिले सडककै कारण सास्ती भएको उनको भनाइ छ ।
झरीले सडक भत्किए। गाडी नचल्दा तरकारी पठाउँननै नपाइने किसानहरुको गुनासो रहेको छ । गाउँगाउँमा पछिल्लो केही समययता सडक पुर्याउने होडबाजी चलेको भएपनि सडकको नियभित मर्मत नहुँदा आम सर्वसाधर।णलाई सास्ती खेप्नु परेको छ । विगतमा नेताहरुले जनतासँग सडक पुर्याउने वाचा गरेअनुसार गाउँमा सडक पुर्याउने होडबाजी चलेको भएपनि निर्माण भएका सडकको हेरचाह र समयमा मर्मत नहुँदा ग्रामिण बस्तीका सर्बसाधरणलाई सास्ती हुने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - २०:३२
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान ...
चैत्र १४ गते, २०८२ - २०:३०
काठमाडौं। काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख...
चैत्र १४ गते, २०८२ - २०:२४
काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा रा...
चैत्र १४ गते, २०८२ - २०:१९
काठमाडौं । राजनीतिक विश्लेषक हर्क साम्पाङले २४ फागुनमा सिंहदरबार, सर्वोच्च न्यायालय र संसद भवनमा भएको आगजनीका घटनाका लागि मात्र व्यक्तिगत नेताहरूमा का...
चैत्र १४ गते, २०८२ - १९:४०
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेव...
चैत्र १४ गते, २०८२ - १९:३६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) साहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। फागुन २१ गते सम्पन...
चैत्र १४ गते, २०८२ - १९:३३
सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको...
चैत्र १४ गते, २०८२ - १९:१९
म्याग्दी । ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ म...
चैत्र १४ गते, २०८२ - १९:१७
हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लि...
चैत्र १४ गते, २०८२ - १९:११
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार...



प्रतिकृया लेख्नुहोस्: