काठमाडौँ । भारतीय विकेटकिपर ब्याट्सम्यान दिनेश कार्तिकलाई आइपिएल टिम रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले आफ्नो ब्याटिङ प्रशिक्षक र मेन्टर बनाएको छ ।
आरसीबीले कार्तिकलाई ब्याटिंग कोच र मेन्टर बनाएको जानकारी दिएको हो । कार्तिकले यस सिजनको आइपिएलपछि क्रिकेटका सबै फर्म्याटबाट सन्यासको औपचारिक घोषणा गरेका थिए ।
कार्तिकले भारतबाट खेल्दै २००७ को टी-२० विश्वकप र २०१३ को च्याम्पियन्स ट्रफी जितेका छन् । कार्तिकले भारतका लागि २६ टेस्ट, ९४ एकदिवसीय र ६० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । आईसीसी ट्रफीसँगै कार्तिकले सन् २०१० र २०१८ मा भारतसँग एसिया कप पनि जितेका छन् ।
कार्तिकले भारतका लागि आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल सन् २०२२ मा बंगलादेशविरुद्धको टी-२० विश्वकपमा खेलेका थिए ।
कार्तिक आइपिएलका सबै सिजन खेलेका थोरै खेलाडीमध्ये पर्छन् । उनले आइपिएलमा २५७ खेल खेलेका छन् र २६।३२ को औसतमा ४ हजार ८४२ रन बनाएका छन् । उनले आरसीबी बाहेक कोलकाता नाइट राइडर्स, मुम्बई इन्डियन्स, दिल्ली डेयरडेभिल्स, गुजरात लायन्स र किंग्स इलेभेन पञ्जाबबाट पनि आइपीएल खेलेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - १७:५३
काठमाडौं । नेकपा (एमाले)ले सुनसरीको देवानगञ्ज गाउँपालिकामा पछिल्ला दिनमा उत्पन्न तनावपूर्ण अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एमाले अध्य...
श्रावण १४ गते, २०८३ - १७:४७
काठमाडौं । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। बिहीबार बसेको बैठकले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २...
श्रावण १४ गते, २०८३ - १७:३३
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सुनसरीको देवानगञ्ज पुगेर हालैको घटनामा ज्यान गुमाएका दुवै व्यक्तिका परिवारसँग भेट गर्ने भएका छन्। गृहमन्त्री गुरुङ...
श्रावण १४ गते, २०८३ - १७:२७
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बि...
श्रावण १४ गते, २०८३ - १७:१७
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार सुनसरीमा भएको घटनापछि विकस...
श्रावण १४ गते, २०८३ - १७:०९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूको आकस्मिक बैठक बोला...
श्रावण १४ गते, २०८३ - १७:०३
जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर घाइते भएका अर्का युवक विकास ठाकुरको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। जिल्ला प्रशासन कार्...
श्रावण १४ गते, २०८३ - १६:५५
काठमाडौं । सुनसरीमा विकसित सुरक्षा अवस्थाको अनुगमन तथा समन्वयका लागि गृहमन्त्री सुधन गुरुङ सुनसरी जाने भएका छन्। प्रधानमन्त्री बालेन शाहसँग छलफल गर...
श्रावण १४ गते, २०८३ - १६:५०
काठमाडौं। सिरहामा प्रदर्शन हिंसात्मक बन्दै गएपछि आगजनी र तोडफोडका घटना बढ्न थालेका छन्। बिहीबार बिहानदेखि चर्किएको प्रदर्शनका कारण जिल्लाको सुरक्षा अव...
श्रावण १४ गते, २०८३ - १६:४३
जनकपुरधाम । सिरहाको गोलबजारमा जारी तनावका बीच गोली लागेर एकजनाको मृत्यु भएको छ। कर्फ्यु आदेश लागू रहेकै बेला दुई पक्षबीचको झडप थप चर्किएपछि क्षेत्र...



प्रतिकृया लेख्नुहोस्: