Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

खुट्टाले लेखेर एसइई उत्तीर्ण

खबरडबली संवाददाता

बाँके। खुट्टाले लेखेर एसईई दिएका बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मदुवाका उमेश खत्रीले २.९२ जीपीए ल्याएर उतीर्ण भए ।

मदुईस्थित लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थी उनले खुट्टाले लेखेर परीक्षा दिन कठिन भएको बताए । ‘अरूलाई भन्दा मलाई आधा घण्टा बढी समय दिइएको थियो तर मैले खुट्टाले लेख्ने भएकाले सजिलो पक्कै थिएन’, उनले भने, ‘सोचे जतिको त भएन तर पनि यो उपलब्धिमा खुसी छु ।’

एसइई दिएकै विद्यालयबाट बाली विज्ञानमा उच्च शिक्षा हासिल गर्ने उनको योजना छ । ‘मैले कक्षा ९ देखि बाली विज्ञान लिएर पढेको हुनाले उच्च शिक्षा पनि बाली विज्ञानमा नै गर्ने सोचेको छु’, खत्रीले भने । पढाइ सकेपछि भविष्यमा लोकसेवा आयोगको परीक्षा दिएर अधिकृत बन्ने इच्छा उनको छ ।

शारीरिक रुपले अशक्त १८ वर्षीय उमेश खुट्टाले लेखेर एसइई परीक्षामा उत्तीर्ण हुने यस क्षेत्रकै पहिलो विद्यार्थी हुन् । उमेश जन्मजात दुवै हात र खुट्टा नचल्ने भएर जन्मिएका थिए ।

पटक पटकको उपचारपछि हातको नशामा कुनै सुधार नआएपछि उनको खुट्टाको भने तीनपटक शल्यक्रिया गरिएको थियो । त्यसपछि अलिअलि खुट्टा चल्न सुरु गरेको आमा गोमा खत्रीले बताइन् ।

खुट्टा चल्न थालेपछि उमेशले खुट्टाकै भरमा आफूले सक्ने काम गर्न थालेको आमा गोमा बताउँछिन् । खुट्टा चल्न सुरु गरेपछि उनलाई हिँड्न कसैको सहारा चाहिएन तर धेरै समय उभिन सक्दैनन् । खुट्टाले काम गर्न सक्ने भएपछि गोमाले छोरालाई विद्यालय भर्ना गरेका थिए ।

‘सुरुमा गाउँकै जय दुर्गा आधारभूत विद्यालयमा पढायौँ । त्यसपछि गाउँमै सञ्चालित वागेश्वरी वेस्टर्न इङ्लिस बोर्डिङमा कक्षा ७ सम्म पढाएर लक्ष्मी माविमा भर्ना गरेका हौँ’, उनले भने, ‘छोरा पहिलादेखि पढाइमा अब्बल भएकाले एसइईमा पास हुन्छ भन्नेमा ढुक्क थिएँ ।’

छोराले एसइई पास गरेपछि चौतर्फी बधाईको ओइरो आफूलाई आउँदा गर्व लागेको गोमाको भनाइ छ । खुट्टाको नशामा सुधार आएपछि छोराले अरू काम गर्न नसके पनि किताब कापी मिलाउने, कलम समात्ने, मोबाइल र ल्यापटप चलाउन सक्ने भएको गोमाले बताइन् । उमेशलाई परीक्षामा सहज वातावरण निर्माण गर्न विद्यालयले उचित व्यवस्थापन गरेर सहयोग पुर्‍याएको लक्ष्मी माविका प्रधानाध्यापक लक्ष्मणप्रसाद आचार्यले बताए ।

उनका अनुसार परीक्षाको बेला कक्षाकोठाको बेन्चमा बसेर लेख्न उमेशलाई अप्ठ्यारो भएपछि विद्यालयले छुट्टै टेबल र कुर्सीको व्यवस्था गरेको थियो ।   प्रधानाध्यापक आचार्यले उमेश मेहनती मात्र नभई अनुशासित विद्यार्थी भएको बताए ।

‘उहाँको शारीरिक अपाङ्गतालाई देखेर स्कुलले धेरै सहयोग र व्यवस्थापन गरेको छ’, उनले भने, ‘हुन त पढ्ने मान्छेलाई कुनै कुराले रोक्न सक्दैन् । यो सफलता उमेशको लगनशीलताको नतिजा हो ।’

घरबाट १५ मिनेटको दूरीमा रहेको विद्यालयमा उमेशलाई कहिले मामाको छोरा र कहिले आमाले विद्यालयसम्म पुर्‍याउनु पर्थ्यो । उमेश आफ्नो सफलताको श्रेय आमा बुबा र गुरुहरुलाई दिन्छन् । पाँच वर्षको उमेरबाट उमेशले आफूले सक्ने काम खुट्टाकै सहारामा गर्न थाले । हात र खुट्टा दुवै नचल्दाभन्दा खुट्टाले काम गरेपछि धेरै सजिलो भएको उमेशको भनाइ छ ।

सशस्त्र प्रहरीमा जागिरे बुबा अहिले नवलपरासीमा कार्यरत छन् । दुई छोरामध्ये उमेश जेठो हुन् । यस वर्षको एसइईमा धेरै विद्यार्थीले नतिजा राम्रो ल्याउन नसकेको बेला आफनै वडाबाट उमेशले राम्रो अङ्क ल्याएर पास गरेकामा वडावासी खुसी भएको वडाअध्यक्ष ज्ञानेन्द्र वलीले बताए ।

उमेशलाई उच्च शिक्षाका लागि सहयोग गर्ने वडाध्यक्ष वलीले प्रतिबद्धता व्यक्त गरे । उक्त विद्यालयबाट एक सय सातजना विद्यार्थीले एसइई परीक्षा दिएका थिए जसमध्ये १२ जनामात्र उत्तीर्ण भएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगको अनुरोध

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...

बालुवाटारमा प्रधानमन्त्रीले तीन शीर्ष नेतालाई भनिन् : यो घर तपाईंहरूकै हो

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् ।  छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...

प्रधानमन्त्री कार्कीले दिइन् तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...

नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...

कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...

एमाले सचिवालयको बैठक आइतबार, समानुपातिक उम्मेद्वारलाई अन्तिम रुप दिने मुख्य एजेण्डा

काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ।   केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...

बालुवाटारमा प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका नेताबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...

रास्वपा र बालेनबीचको निर्णायक वार्ता अनिश्चित, बालेनको प्रस्तावप्रति रास्वपा असहमत

काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending