काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न पार्टीका सम्मानित नेता झलनाथ खनालको अध्यक्षतामा १३ सदस्यीय अध्यक्षमण्डल गठन गरेको छ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा सोमबार बसेको महाधिवेशनको बन्दसत्रले अध्यक्षमण्डल गठन गरेको हो। अध्यक्षमण्डलमा डा। बेदुराम भुसाल, राजेन्द्रप्रसाद पाण्डे, घनेन्द्र बस्नेत, प्रवेश हमाल, केशवलाल श्रेष्ठ, धर्मनाथ साह, जयन्ती राई, रामचन्द्र झा, नागेन्द्र चौधरी, सावित्रा भुसाल, महबुज आलम र गणेश विक सदस्य रहेका छन्।
बन्दसत्रले पार्टीका उपमहासचिव प्रकाश ज्वाला संयोजक रहेको तीन सदस्यीय माइन्युट लेखन कमिटी गठन गरेको छ। समितिका सदस्यमा डा। गंगालाल तुलाधर र डा। विजय पौडेल छन्।
यसैगरी बन्दसत्रले उपमहासचिव जगन्नाथ खतिवडा संयोजक तथा सदस्यहरू राजेन्द्र राई, रामकुमारी झाँक्री, धर्मनाथ साह, जीवनराम श्रेष्ठ, हरि पराजुली, देवसिंह महता, भविश्वर पराजुली, यादव रायमाझी, अनारकली मियाँ, अब्दुल हुसेन खान, सरिता खड्का र नवराज श्रेष्ठ रहेको बहस नोट कमिटी गठन गरेको छ।
त्यस अवसरमा अध्यक्ष नेपालले महाधिवेशन सम्पन्न गर्नका लागि अध्यक्षमण्डलका अध्यक्ष खनाललाई टोपी र झोला प्रदान गरी जिम्मेवारी हस्तान्तरण गरे। अध्यक्षमण्डलले सम्पूर्ण महाधिवेशन सञ्चालन गर्न विभिन्न संयन्त्र बनाउने, विधान र प्रतिवेदनमाथि छलफलबाट सुझाव लिई दस्ताबेज बनाएर पारित गर्नेछ।
सो अवसरमा पूर्वप्रधानमन्त्री नेपालले कम्युनिस्ट आन्दोलनमा विशिष्ट योगदान पुर्याउने पुराना कम्युनिस्ट नेताहरू सिद्धिलाल सिंह, कमल कोइराला, मोदनाथ प्रश्रित, शम्भु शाह, रामऔतार पासवान, हुन्छेबहादुर ढुकुचु, नारायणप्रसाद वैद्य, शीतल झा, विजयलाल श्रेष्ठलगायतलाई सम्मान गरियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - १७:५३
काठमाडौं । नेकपा (एमाले)ले सुनसरीको देवानगञ्ज गाउँपालिकामा पछिल्ला दिनमा उत्पन्न तनावपूर्ण अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एमाले अध्य...
श्रावण १४ गते, २०८३ - १७:४७
काठमाडौं । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। बिहीबार बसेको बैठकले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २...
श्रावण १४ गते, २०८३ - १७:३३
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सुनसरीको देवानगञ्ज पुगेर हालैको घटनामा ज्यान गुमाएका दुवै व्यक्तिका परिवारसँग भेट गर्ने भएका छन्। गृहमन्त्री गुरुङ...
श्रावण १४ गते, २०८३ - १७:२७
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बि...
श्रावण १४ गते, २०८३ - १७:१७
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार सुनसरीमा भएको घटनापछि विकस...
श्रावण १४ गते, २०८३ - १७:०९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूको आकस्मिक बैठक बोला...
श्रावण १४ गते, २०८३ - १७:०३
जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर घाइते भएका अर्का युवक विकास ठाकुरको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। जिल्ला प्रशासन कार्...
श्रावण १४ गते, २०८३ - १६:५५
काठमाडौं । सुनसरीमा विकसित सुरक्षा अवस्थाको अनुगमन तथा समन्वयका लागि गृहमन्त्री सुधन गुरुङ सुनसरी जाने भएका छन्। प्रधानमन्त्री बालेन शाहसँग छलफल गर...
श्रावण १४ गते, २०८३ - १६:५०
काठमाडौं। सिरहामा प्रदर्शन हिंसात्मक बन्दै गएपछि आगजनी र तोडफोडका घटना बढ्न थालेका छन्। बिहीबार बिहानदेखि चर्किएको प्रदर्शनका कारण जिल्लाको सुरक्षा अव...
श्रावण १४ गते, २०८३ - १६:४३
जनकपुरधाम । सिरहाको गोलबजारमा जारी तनावका बीच गोली लागेर एकजनाको मृत्यु भएको छ। कर्फ्यु आदेश लागू रहेकै बेला दुई पक्षबीचको झडप थप चर्किएपछि क्षेत्र...



प्रतिकृया लेख्नुहोस्: