Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

सृष्टी बनिन् पाँचौ एसइइ डान्स च्याम्पियनसिपको बिजेता

खबरडबली संवाददाता

काठमाडौं । पाँचौ एसइइ डान्स च्याम्पियनसिप–२०२४ को उपाधि पोखराकी सृष्टी गुरुङले जितेकी छिन् । बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमीले काठमाडौंको नाचघरमा शनिबार बेलुका आयोजना गरेको यो प्रतिस्पर्धाको  फाईनलमा ७ वटै प्रदेशबाट २५ प्रतिस्पर्धी थिए । ती सबैलाई विभिन्न चरणको नृत्यमा उछिनेर सृष्टी उत्कृष्ट भएकी हुन् ।

सृष्टीले उपाधिसँगै १ लाख रुपैयाँ, ट्रफी, प्रमाणपत्र र १२ कक्षासम्मको लागि पूर्ण छात्राबृत्ति हाँसिल गरिन् । सो अन्तिम प्रतियोगितामा दोश्रो पुरस्कार काठमाडौंकी प्रगति पोखरेलले र तेश्रो पुरस्कार बबिता मगरले हाँसिल गरिन् । उनीहरुले क्रमश ५० हजार रुपैयाँ र ३० हजार रुपैयाँ सहित ट्रफी, प्रमाणपत्र र १२ कक्षासम्मको लागि पूर्ण छात्राबृत्ति हाँसिल गरे ।

यो प्रतियोगितामा कही प्रत्यक्ष र कही डिजिटल गरेर सबै प्रदेशबाट अडिसन लिई फाईनलका लागि २५ प्रतिस्पर्धी चयन गरिएको थियो । प्रतियोगितामा फाईनलमा पुगेका २५ जना प्रतिस्पर्धीले नै १२ कक्षासम्म अध्ययन गर्नकालागि पूर्ण छात्राबृत्ति पाएका छन् ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमीका अध्यक्ष एवम् प्राज्ञ महेश गोदारले नृत्य मनोरञ्जनको साधन मात्र नभएर औपचारिक शिक्षाको एउटा विषय हो भन्ने कुरा स्कुलदेखि कलेजसम्म स्थापित गराउन यो प्रतियोगिता आयोजना गरेको बताए । पाँच वर्षदेखि आयोजना हुँदै आएको यो राष्ट्रव्यापी प्रतियोगिताले समाजमा नृत्यको महत्वलाई अझ ओझिलो बनाएको पनि उनले कार्यक्रममा प्रकाश पारे ।

यो प्रतियोगिताको फाईलन प्रतिस्पर्धामा नृत्यनिर्देशकहरु कृष्णप्रसाद पौडेल, प्रेमलाल श्रेष्ठ, रोहिया महर्जन, दिवस गिरी, शान्ति कठायत निर्णायक थिए । सोही समारोहमा विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मानित गरियो । कार्यक्रममा संगीत रत्न शम्भुजीत बासकोटालाई संगीत रत्न सम्मानबाट सम्मानित गरियो । 

यस्तै प्रा‍ हनि श्रेष्ठलाई नृत्य शिक्षा सम्मान, पत्रकार विदूर गिरीलाई चलचित्र पत्रकारिता सम्मान, चलचित्र निर्देशक दिनेश राउतलाई प्रगतिशिल चलचित्र निर्देशक सम्मान, गायक पुष्प गजमेरलाई संगीत सम्मान र नृत्यकार स्वजन रघुबंशीलाई बज्रयोगिनी नृत्य उर्जा सम्मानबाट सम्मानित गरियो ।

सोही समारोहमा ‘प्लस टु डान्स च्याम्पियनसिप’को पनि घोषणा गरियो । यसको अडिसन आगामी भदौबाट सुरु हुने यसका आयोजक एवम् प्राज्ञ महेश गोदारले सो कार्यक्रममा जानकारी गराए ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानलाई माटो परीक्षण गर्न आह्वान

काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...

नेपाल टेलिकमको थ्रीजी सेवा क्रमिक बन्द, फोरजीमा रूपान्तरण सुरु

काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...

डोल्पामा बाटोमै सुत्केरी, नवजात शिशुको मृत्यु

डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...

सर्लाहीको रामवनमा दुई किशोरी मृतावस्थामा फेला

सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...

जनयुद्धकालदेखि संसदसम्मको राजनीतिक यात्रामा ‘बादल’, बने एमाले संसदीय दलको नेता

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...

नबिल बैंकको ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा सूचीकृत

काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...

एमालेको रणनीति: सदनमा ‘वाचडग’ भूमिका, पहिलो बैठक अवरोध नगर्ने

काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...

सधैं साथमा तिम्रो’मा सुरेश–रेहाको रोमान्टिक प्रस्तुति सार्वजनिक

काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...

सवारी दुर्घटना हुँदा कपिलवस्तुमा दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending