Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

बिहारमा दश दिनभित्र पाँचवटा पुल भत्किए

खबरडबली संवाददाता

काठमाडौँ । भारतको बिहारमा दश दिनभित्र पाँचवटा पुल भत्किएका छन् । राज्यको अररिया, सिवान, पूर्वी चम्पारण, किशनगञ्ज र मधुबनी जिल्लामा पुलहरू भत्किए पछि यसको चर्चा सबै तिर भइरहेको छ । भत्किएका पाँच पिल मध्ये तीमध्ये तीन वटा निर्माणाधीन र दुई वटा निर्माण भइसकेका रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

ग्रामीण निर्माण विभागका पुल कन्सल्टेन्ट इन्जिनियर बीके सिंहले अररियाको बक्रा खोलामा भत्किएको पुलबाहेक बाँकी सबै ‘दुर्घटना’ भएको दाबी गरेको रिपोर्टमा उल्लेख छ । राज्यमा पहिलो पटक १८ जुनमा, अररिया जिल्लाको सिक्टी ब्लकमा पुल भत्किएको थियो । यो पुल अररिया, सिक्टी र कुर्साकान्तका दुई ब्लक जोड्न निर्माण भइरहेको थियो ।

जुन १८ को दिउँसो २ बजे सिक्टीको पण्डरिया घाट नजिक बनेको यो पुलका दुई पिलर पूर्णरुपमा भत्किएको थियो भने छ वटा पिलरमा क्षति भएको थियो । वर्षाका कारण बक्रा नदीको पानीको बहाव बढेपछि पुलको चाप सहन नसकेर उद्घाटनअघि नै भत्किएको थियो ।

त्यसपछि जुन २२ मा बिहारको सिवानको गण्डक नहरमा बनेको कल्भर्ट भत्कियो । महाराजगञ्ज र दारुण्डा ब्लक जोड्ने यो कल्भर्ट ३४ वर्ष पुरानो थियो । स्थानीय बासिन्दाले बताए अनुसार यो पुलले पाटेधा र रामगढ नामक दुई पञ्चायतलाई जोड्ने गर्दथ्यो । यो २० फिट लामो थियो । गण्डक नहरमा पानी आएपछि ओभरफ्लो भएर तल खसेको थियो । 

जुन २२ गते राति पूर्वी चम्पारणको घोरासहन ब्लकको अमवामा निर्माणाधीन पुल भत्किएको थियो । १ करोड ६० लाखको लागतमा निर्माण भएको यो पुल अमवादेखि चैनपुर स्टेशन जाने सडकमा निर्माण हुन लागेको थियो । 

घोडा सहनपछि जुन २६ मा किशनगञ्ज जिल्लाको मारिया नदीमा बनेको १३ वर्ष पुरानो पुल भत्किएको थियो । अविरल वर्षाका कारण जिल्लाको बहादुरगञ्ज ब्लकको गुबाडी पञ्चायत नजिकको यो पुल भत्किएको हो । यो पुल भत्किँदा करिब १५ गाउँको जनसंख्या प्रभावित भएको छ ।

किशनगञ्जमा पुल भत्किएपछि गत जुन २८ मा मधुबनीको झाँझरपुर उप–डिभिजनको मधेपुर ब्लकस्थित भुटही बलान खोलामा निर्माणाधीन पुलको गर्डर खसेको थियो । २ करोड ९८ लाखको लागतमा निर्माण भएको यो पुलले मधेपुर ब्लकको भेजाकोसी बाँधबाट महापथिया जाने सडक जोड्ने छ । चाखलाग्दो कुरा के छ भने, यो पुल निर्माण कार्य वर्षामा भएको थियो ।

बिहारमा पुल भत्किने घटना यो पहिलो पटक होइन । तर दश दिनभित्र पाँचवटा पुल भत्किएको यो पहिलो पटक हो ।

बिहार विधानसभामा विपक्षी दलका नेता तेजस्वी यादवले सरकारको आलोचना गर्दै भनेका छन्, ‘आजको नेतृत्वमा रहेको ६ दलको डबल इन्जिन एनडीए सरकारमा पुल भत्किँदा जनताको करोडौंको नोक्सान भइरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री नितिश कुमारको नेतृत्वले यसलाई ‘भ्रष्टाचार’को सट्टा ‘शालीनता’ भनेका छन् ।

बिहारमा पुल भत्किने विषयलाई लिएर चर्को राजनीतिको एउटा प्रमुख कारण राज्यमा यस्ता घटना लगातार भइरहेका छन् । बिहारमा विगत चार वर्षमा यस्ता करिब १० वटा पुल भत्किएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, सङ्घ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने ...

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेको छन् । मन्त्री गुरूङसँगै सर...

चालकले लागुपदार्थ सेवन गर्दा जीप दुर्घटना

बागलुङ। बागलुङ नगरपालिका–१० भकुण्डेमा बोलेरो जीप दुर्घटना भएपछि गरिएको परीक्षणमा चालकले लागुऔषध सेवन गरेको पुष्टि भएको छ। त्यसपछि प्रहरीले चालकलाई निय...

राप्ती नदीमा डुबेका दुई बालबालिकामध्ये एकको शव फेला, अर्कीको खोजी जारी

जमुनाह। बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव फेला परेको छ भने अर्की बालिकाको खोजी जारी रहेको छ । सशस...

बझाङ जीप दुर्घटना : पाँच गम्भीर घाइतेको सेनाको हेलिकप्टरबाट उद्धार

काठमाडौं। बझाङको सुंगुरे क्षेत्रमा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। शनिबार भएको दुर्...

अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमर, स्वास्थ्य अवस्था खतरामुक्त

काठमाडौं। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ। हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकले खतरा...

गणेश नेपाली आत्मदाह प्रकरण : जाहेरी नपरेपछि नगर प्रहरी कर्मचारीमाथि मुद्दा दर्ता भएन

काठमाडौं। त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक लगाउने काठमाडौं महानगरपालिकाकी नगर प्रहरी कर्मचारीमाथि हालसम्म कुनै ज...

खरिपाटी सारिएका सुकुमवासीलाई सरकारको आश्वासन : प्रक्रिया पूरा गरेर छिट्टै लालपुर्जा वितरण हुन्छ

काठमाडौं। कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएका सुकुमवासीलाई सरकारले प्रक...

कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३१ परिवारका ८९ सुकुमवासी खरिपाटी सारिए

काठमाडौं। अविरल वर्षापछि डुबानमा परेको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्त...

फिफा विश्वकपको रौनक चुलिँदै : सेमिफाइनलमा पूर्व विजेताबिच भिडन्त

काठमाडौँ । फिफा विश्वकप–२०२६ को रौनक चुलिँदै गर्दा समेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा पुग्ने चार टोली सबै पूर्व विजेता हुन् । अन्तिम चारमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending