कैलाली । रोपाइँ गर्न पुग्नेगरी वर्षा नभएपछि सुदूरपश्चिम प्रदेशका अधिकांश किसानले असार १५ गतेसम्म पनि रोपाइँ गर्न पाएका छैनन् । सिँचाइ सुविधा उपलब्ध भएका कतिपय किसानले भने रोपाइँ गरिरहेका छन् ।
लामो समयदेखिको खडेरी र सुक्खा मौसमका कारण बोरिङ र हेण्डपम्पमा समेत पानी आउन छाडेपछि रोपाइँ कसरी गर्ने भन्ने समस्या आएको किसानले बताएका छन् । “बोरिङ सुकेर जमिनमुनिको पानी आउन छाड्यो, मनसुनी वर्षा हुँदैन”, धनगढीका किसान हरि चौधरीले भने, “पर्याप्त वर्षा नहुँदा रोपाइँ गर्न पाएका छैनौँ ।”
धनगढीमा शनिबार खेत जोत्दै गरेको भेटिएका चौधरीले कतिपय गाउँ बस्तीमा बोरिङ र हेण्डपम्पबाट पानी आउन बन्द भएको घटना गाउँमा पहिलोपटक अनुभव भएको बताए ।
पर्याप्त वर्षा नभएपछि असार १५ सम्म प्रदेशमा ४० प्रतिशत जग्गामा मात्रै रोपाइँ भएको कृषि निर्देशनालय दिपायलले जनाएको छ । प्रदेशको झण्डै ४४ प्रतिशत जग्गामा आकासे पानीको भरमा रोपाइँ गर्नुपर्ने अवस्था छ । सतह सिँचाइ र भूमिगत पानीको सिँचाइसमेत गरी प्रदेशभरि ५६ प्रतिशत जग्गामा सिँचाइ सुविधा पुगेको जनाइएको छ ।
निर्देशनालयका निमित्त प्रमुख नरेन्द्र पनेरुले पर्याप्त वर्षा नहुँदा यस वर्ष असार १५ सम्म ४० प्रतिशत जग्गामा रोपाइँ भएको जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष असार १५ सम्म ८० प्रतिशत जग्गामा रोपाइँ सकिएको थियो ।
पहाडी जिल्ला बैतडीमा सबैभन्दा बढी ६६ प्रतिशत जग्गामा रोपाइँ भइसकेको छ । सबैभन्दा बढी क्षेत्रफलमा धानखेती गरिने कैलालीमा २५ प्रतिशत जग्गामा रोपाइँ भएको छ ।
प्रदेशमा एक लाख ७४ हजार पाँच सय ५६ हेक्टर क्षेत्रफलको जग्गामा धान रोपाइँ हुन्छ । जिल्लागत रूपमा सबैभन्दा बढी कैलाली जिल्लामा ७१ हजार सात सय हेक्टर र कञ्चनपुरमा ४७ हजार पाँच सय हेक्टर जग्गामा रोपाइँ हुन्छ ।
सबैभन्दा कम बाजुरा जिल्लामा तीन हजार तीन सय १० हेक्टर जग्गामा रोपाइँ हुन्छ । धानको उत्पादन र उत्पादकत्वको दृष्टिमा कैलाली जिल्ला प्रदेशमा पहिलो स्थानमा छ । केही दिनदेखि मनसुन सक्रिय रहे पनि आजसम्म कैलाली र कञ्चनपुरसहितका जिल्लामा ठूलो वर्षा हुनसकेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...
चैत्र ४ गते, २०८२ - ०७:१६
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...
चैत्र ४ गते, २०८२ - ०७:०९
दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...
चैत्र ४ गते, २०८२ - ०७:०७
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...


प्रतिकृया लेख्नुहोस्: