काठमाडौं । स्याङ्जामा पहिरोमा परेर आमाछोरीको ज्यान गएको छ । फेदीखोला गाउँपालिका–५ बाँगेमा गएराति पहिरोले घर पुर्दा सुतिरहेका ३१ बर्षीय दुर्गा जि.टी. र उनकी तीन बर्षकी छोरी निकिसा जि.टी.को ज्यान गएको हो ।
जिटीको ढुङगा माटो र टिनले छाएको एक तले घर र गोठ पुरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए। उनका अनुसार घरमाथिबाट आएको पहिरोले घर तथा गोठ पूर्ण रूपमा क्षति भएको छ।
यस्तै बाग्लुङ्गको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा दुई जना घरसहितको पहिरोमा पुरिएका छन् । बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गएराति पहिरोमा पुरिएका हुन् ।
अहिले खोजी र उद्वारका लागि प्रहरीको टोली खटिएको को जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।
यसैबीच पहिरो खसेपछि मध्यपहाडी लोकमार्गको बाग्लुङ्ग खण्ड अवरुद्ध भएको छ । लगातार पानी परिरहेको र पहिरोले बाग्लुङ्ग खण्ड बन्द भएको हो ।
त्यस्तै कालीगण्डकी करिडोर र बाग्लुङ्ग–कुश्मीशेरा सडक पनि अवरुद्ध रहेको छ । बन्द सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - २०:०७
काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...
चैत्र १८ गते, २०८२ - २०:०१
काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...
चैत्र १८ गते, २०८२ - १९:५८
काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...
चैत्र १८ गते, २०८२ - १९:५६
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...
चैत्र १८ गते, २०८२ - १९:५४
कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...
चैत्र १८ गते, २०८२ - १९:५०
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गर्दै निर्वाचन क्षेत्रका समस्या प्रत्यक्ष रू...
चैत्र १८ गते, २०८२ - १९:४८
काठमाडौं । जिल्ला अदालत काठमाडौंले पत्रकार दिलभूषण पाठक विरुद्ध दायर मुद्दामा दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको छ। बुधबार न्यायाधीश खिमानन्द भुषाल को ...
चैत्र १८ गते, २०८२ - १९:४६
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिमा देशहरूको शक्तिशाली सैन्य संगठन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)बाट अमेरिका बाहिरिने विषयमा गम...
चैत्र १८ गते, २०८२ - १९:३९
काठमाडौँ । श्रीलङ्काले ३९ वटा देशका पासपोर्ट प्राप्त व्यक्तिहरुलाई निःशुल्क पर्यटक भिसा प्रदान गरी ६ महिनाको कार्यक्रम पेस गर्ने तयारी गरेको जनाइएको ...
चैत्र १८ गते, २०८२ - १९:२७
काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय ऊर्जा बजारमा अस्थिरता बढ्दै जाँदा भारतले उड्डयन टर्बाइन इन्धन (एटिएफ) र व्यावसायिक एलपिजीक...


प्रतिकृया लेख्नुहोस्: