Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

रामनदी वृद्धाश्रमलाई नेपाल टेलिकमको सहयोग

खबरडबली संवाददाता

काठमाडौं । नेपाल टेलिकमले स्याङ्जाको गल्याङ नगरपालिका रामनदीस्थित श्री शिव पार्वति वृद्धाश्रमलाई सहयोग गरेको छ । वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई जिवनयापन गर्न थप सहज पुर्याउने हेतुले सहयोग सामग्री वितरण गरिएको हाे । 

वृद्धवृद्धा जिवनमा लामो अनुभव बटुलेर हुने अवस्था हो, त्यसैले यस अवस्थामा सहयोग गर्नु सबैको जिम्मेवारी रहेको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रमुख इन्दल यादवले बताए । उनले नेपाल टेलिकमले सोही जिम्मेवारीलाई बहन गरेको बताए । 

प्रादेशिक निर्देशनालय पोखराका व्यापार प्रमुख महेन्द्र प्रसाद रिमालले नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्वको बहन गर्दै समाजमा आश्रित रुपमा रहेका वृद्धवृद्धालाई सहयोग गर्दा प्रेरणा प्राप्त हुने बताए ।

वृद्धाश्रममा उपाध्यक्षको भूमिका निर्वाह गर्नुभएका अर्जुन प्रसाद खनालका अनुसार वृद्धाश्रममा कोही पनि छोराछोरी नभएका असहाय वृद्धवृद्धाहरु आश्रय लिएर बसेका छन् ।उनिहरुलाई आवश्यक पर्ने खाद्यन्न सामग्री लगायतका बिभिन्न सामानहरु वितरण गरेकोमा धन्यवाद व्यक्त गर्दै उनले आगामी दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिन आग्रह गरे । 

कार्यक्रममा नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङका कार्यालय प्रमुख राम राज उपाध्याय, वृद्धाश्रमका सञ्चालक सुनिल श्रेष्ठ, प्रादेशिक निर्देशनालय पोखराका व्यापार अधिकृतद्वय रजनिश पौड्याल, भरत बास्तोला लगायतले वृद्धाश्रमको सहयोगका लागि सबैले आ–आफ्नो ढंगले सहयोग गर्नुपर्ने बताउँदै सामग्री वितरणमा सहयोग गरे । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending