काठमाडाैं । उखरमाउलो गर्मीमा ज्येष्ठ नागरिकले राष्ट्रिय परिचयपत्र बनाउन सास्ती खेप्नुपरेको छ । आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्तालिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएसँगै जिल्ला प्रशासन कार्यालय दार्चुलामा परिचयपत्र बनाउनेको भीड लागेको हो ।
विगत दुई हप्ता बढी समयदेखि सयौँका सङ्ख्यामा ज्येष्ठ नागरिकको प्रशासनमा भीड लागेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पहिलो चरणमा २८ वटा जिल्लामा आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । पहिलो चरणमा दार्चुला जिल्लालाई समावेश गरिएको छैन । राष्ट्रिय परिचयपत्र नबनाए भत्ता पाइँदैन भन्ने हल्ला फैलिएसँगै ज्येष्ठ नागरिक सकी नसकी परिचयपत्रको नम्बर लिन प्रशासन धाइरहेका छन् ।
स्थानीयवासी मोहन भट्टले भने, “ज्येष्ठ नागरिकको सहजताका लागि वडा कार्यालयबाटै परिचयपत्र बनाउने कामको थालनी गरे सहज हुने थियो ।” राष्ट्रिय परिचयपत्र बनाउन आएका अधिकांशले परिचयपत्र निर्माणकार्यलाई पालिकास्तरबाट सहज बनाउन माग गरेका छन् ।
पहिलो चरणमा कञ्चनपुर, कैलाली, सुर्खेत, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, रौतहट, सर्लाही, काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुली, मकवानपुर, चितवन, कास्की, तनहुँ, पर्सा, बारा, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, उदयपुर, सुनसरी, मोरङ र झापा जिल्लामा मात्रै राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । वैयक्तिक तथा जैविक विवरण समेटिएको बायोमेट्रिक कार्ड राष्ट्रिय परिचयपत्र भएकाले व्यक्ति स्वयं उपस्थित हुनुपर्दछ । स्थानीय तहहरूले धमाधम सूचना जारी गर्दै राष्ट्रिय परिचयपत्र नम्बर लिन जिल्ला प्रशासन जान भनेपछि अहिले सामाजिक सुरक्षा पाउने नागरिक घण्टौँसम्म लाइन लागेर परिचयपत्र बनाउन थालेका छन् ।
स्थानीय तहहरूले सही सूचना प्रवाह गर्न नसक्दा ज्येष्ठ नागरिकले सास्ती व्यहोर्नुपरेको दार्चुलाको शैल्यशिखर नगरपालिका–६ का स्थानीय गोपालसिंह धामीले बताए । सेवाग्राहीको भीडलाई मध्यनजर गरेर आजदेखि जिल्ला प्रशासन कार्यालय दार्चुलामा दुई दर्ता शाखा राखेर काम गरिरहेको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए । यसअघि एकजना मात्र दर्ता अपरेटर भएकाले पनि काममा ढिला हुने गरेको थियो । ज्येष्ठ नागरिकलाई सहज हुनेगरी परिचयपत्र बनाउनेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - २०:४२
सर्लाही। सर्लाहीमा सोमबार साँझ अचानक चलेको तीव्र हावाहुरीले कृषि क्षेत्रमा ठूलो असर पारेको छ। जिल्लाका विभिन्न स्थानमा लगाइएको मकै र गहुँ बाली ढलेर नष...
चैत्र ३ गते, २०८२ - २०:४१
ललितपुर । सुदन गुरुङ ले आफू राजनीतिमा सुविधा र व्यक्तिगत स्वार्थका लागि नभई जनताको आवाज संसद्सम्म पुर्याउने उद्देश्यले आएको बताएका छन्। गोरखा क्षे...
चैत्र ३ गते, २०८२ - २०:१२
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई औपचारिक बधाई तथा शुभकामना सन्देश पठाएको छ। ...
चैत्र ३ गते, २०८२ - १९:५७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं धादिङ क्षेत्र नं. १ की जनप्रतिनिधि आशिका तामाङले राजमार्गमा गैरकानुनी रूपमा उठाइने ‘पटके ...
चैत्र ३ गते, २०८२ - १९:०३
एकै दिन ४५ हजारभन्दा बढी सिलिन्डर वितरण
चैत्र ३ गते, २०८२ - १९:०१
जनकपुरधाम । संघीय लोकतान्त्रिक मोर्चाले बालेन्द्र साह (बालेन) लाई भावी प्रधानमन्त्रीका रूपमा समर्थन तथा शुभकामना व्यक्त गरेपछि मधेसकेन्द्रित दलभित्रै ...
चैत्र ३ गते, २०८२ - १८:५३
कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१४ चाउथे बस्ने भा...
चैत्र १ गते, २०८२ - २१:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...
चैत्र १ गते, २०८२ - २१:२०
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...
चैत्र १ गते, २०८२ - २०:४३
गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...


प्रतिकृया लेख्नुहोस्: