Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

अवैध लागूऔषधसहित देशभरबाट १० जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । प्रहरीले देशभरबाट अवैध लागूऔषधसहित १० जना पक्राउ गरेको छ । भक्तपुर, मकवानपुर, पर्सा, झापा लगायतका विभिन्न जिल्लाबाट प्रहरीले १० जना पक्राउ गरेको हो । 

प्रहरीले मकवानपुरको  हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित सडकबाट अवैध लागूऔषध गाँजाकरिब १ सय ५५ किलोग्रामसहित चितवन राप्ती नगरपालिका–२ गड्यौली बस्ने ३६ वर्षीय सुनिल मुक्तानसमेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले पथलैयातर्फ जाँदै गरेको ना‍.५ ख १११८ नम्बरको ट्रक जाँच गर्ने क्रममा हुटमा फल्स बटम बनाई लुकाईछिपाई राखेको उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
 
यसैगरी मकवानपुरकै भिमफेदी गाउँपालिका-१ सामरी पुलस्थित सडकबाट अवैध लागूऔषध गाँजा १ सय ७५ किलोग्रामसहित हेटौंडा उपमहानगरपालिका–४ बस्ने ५१ वर्षीय पूर्ण बहादुर रूम्बालाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

 बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरीले बा.३ ख ४६१ नम्बरको मिनीट्रकलाई जाँच गर्ने क्रममा ट्रकको पछाडि भागमा पल्स बटन बनाई लुकाईछिपाई राखेको उक्त गाँजा फेला परीचालक पूर्ण बहादुरलाई  पक्राउ गरेको हो । 

पर्साको वीरगंज महानगरपालिका–१७ अलौबाट अवैध लागूऔषध गाँजा २ किलो ५ सय ग्रामसहित बहुदरमाई नगरपालिका-७ फूलकौल गाउँ बस्ने ३१ वर्षीय विश्वेश्वर प्रसाद यादवलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी खलवाटोला श्रीसियाबाट खटिएको प्रहरीले भारततर्फ जाँदै गरेको मोटरसाइकललाई रोकी जाँच गर्न खोज्दा चालक फरार भएको र पछाडि सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको खोजी भइरहेको छ ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–५ कमेरेटारबाट अवैध लागूऔषध गाँजाकरिब ८ किलो ९ सय ग्रामसहित सोही ठाउँ बस्ने सिन्धुली घ्याङलेख गाउँपालिका–३ घर भएका ४५ वर्षीय राम कुमार तामाङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्तठिमीबाट खटिएको प्रहरीले बा.प्र.०२–०३४ प ०१७८ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

झापाको दमक नगरपालिका–१ घर भई शिवसताक्षी नगरपालिका–१० टेकक्रा बस्ने २६ वर्षीय प्रदिप तामाङलाई अवैध  ब्राउनसुगर २ ग्राम ८७ मिलिग्राम र नगद २० हजार ४ सय २० रुपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट माइधारबाट खटिएको प्रहरीले उनको घर तलासीगर्दा उनलाई पक्राउ गरेको हो । 

सुनसरीको धरान उपमहानगरपालिका–८ तिनकुनेस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामानिल ९ हजार ९ सय क्याप्सुलसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिक–८ बस्ने २४ वर्षीय कृष्ण बहादुर विक र  सोही उपमहानगरपालिका–१७ बस्ने २५ वर्षीय दिनेश निरौला रहेका छन् ।

अस्थायी प्रहरी चौकी तिनकुने धरानबाट खटिएको प्रहरीले बिराटनगरबाट धरानतर्फ आउँदैगरेको को.१ ख ४७४७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसका चालक विक र सहचालक निरौलालाई पक्राउ गरेको हो । 

कास्कीको  पोखरा महानगरपालिका–५ मालेपाटनस्थित सडकबाट अवैध लागूऔषध चरेश १ सय ५० ग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका५ बस्ने २१ वर्षीय नितेश पाण्डे र ३० वर्षीय नवीन सुनार रहेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

पक्राउ परेका सबैको  सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चिनियाँ शीर्ष नेताले देखेका ६ चामत्कारिक क्षेत्र

बेइजिङ  । चीनले सन् २०२६ देखि सुरु हुने १५औँ पञ्चवर्षीय योजनालाई लक्षित गर्दै प्रविधि–आधारित औद्योगिक रूपान्तरणलाई प्राथमिकतामा राख्ने स्पष्ट संकेत दि...

ओलीलाई पक्राउ गरेको विरोधमा अनेरास्ववियुले गर्‍यो टायर बालेर प्रदर्शन

काठमाडौं । पार्टी अध्यक्ष केपी ओली पक्राउ गरेपछि एमालेका भ्रातृ संगठन अनेरास्ववियुद्वारा भृकुटीमण्डपमा प्रदर्शन गरेको छ। पूर्वप्रधानमन्त्री समेत रह...

च्यासलमा एमाले कार्यकता र प्रहरीबीच झडप

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विषयलाई लिएर ललितपुरको च्यासल क्षेत्रमा एमाले कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्। ...

भारतको रणनीतिक तेल भण्डार पाँच दिनका लागि मात्रै पर्याप्त

काठमाडौं। भारतको रणनीतिक कच्चा तेल भण्डारले हालको खपत दरअनुसार करिब पाँच दिनको माग मात्र धान्न सक्ने देखिएको छ। BBCको विश्लेषणअनुसार कुल भण्डारण क्षमत...

ओलीको गिरफ्तारीपछि दलहरूसँग संवाद गर्न एमालेले तोक्यो जिम्मेवारी

काठमाडौं। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि विकसित घटनाक्रमबारे अन्य राजनीतिक दलहरूसँग संवाद गर्न जि...

एमालेले जनसंगठनलाई सडकमा उतार्ने

काठमाडौं । नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ । एमाले सचिवालयको आकस्मिक बैठकले आज शनिबार दिउँसो ३...

ओली र लेखकलाई तत्काल रिहा गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न माग गरेको छ । आज बसेको एमालेको ...

ओेली-लेखक पक्राउ: सांसद अभिमुखिकरण कार्यक्रमपछि औपचारिक धारणा ल्याउने कांग्रेसको तयारी

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी ओेली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउबारे नेपाली कांग्रेस अहिलेसम्म मौन छ । पार्टीले यो विषयलाई लिएर छलफल गर्न औप...

ओली–लेखक पक्राउपछि हर्क साम्पाङको प्रतिक्रिया: अब हुुने भनेको यस्तै मात्रै हो ! आन्दोलन आन्दोलन अनि आन्दोलन !

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्...

पार्टी मुख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमाले सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ । पूर्वप्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीलाई ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending