रौतहट । रौतहटको कटहरिया नगरपालिका-८ पिप्रा पोखरियामा बर्थिङ सेन्टर निर्माण सुरू भएको छ।
कटहरिया नगरपालिकाको लगानीमा वडास्तरीय बजेटबाट पिप्रा पोखरिया र बलुआ बीचमा दुवै गाउँका मानिसलाई पायक पर्ने स्थानमा बर्थिङ सेन्टर निर्माण कार्य सुरू भएको हो।
वडा ८ का अध्यक्ष समिसविक्रम साहले ४५ लाख रुपैयाँको लागतमा बर्थिङ सेन्टर भवन निर्माणको पहिलो चरणमा कम्पाउण्ड वाल निर्माण भइरहेको जानकारी छन्।
यस आर्थिक वर्षको लगत्तै पुनः नगरपालिकाबाट आउने थप बजेटबाट भवन निर्माण सुरू गरिने साहले जानकारी दिएका छन्।
यसैबीच, कटहरिया नगरपालिकामा मेयर अजय प्रकाश जैसवालले बिहीबार निर्माण कार्यको स्थलगत निरीक्षण गर्दै गुणस्तरमा कुनै सम्झौता नगर्न वडाध्यक्ष साह तथा निर्माणमा कार्यरत् मिस्त्रीलाई निर्देशन दिएका छन्।
वाल निर्माणपछि आर्थिक वर्षको पहिलो चरणमै नगरपालिकाबाट आवश्यक लगानी गरी आगामी आर्थिक वर्षभित्र भवन निर्माण पूरा गराई बर्थिङ सेन्टर सञ्चालन गराउने मेयर जैसवालले प्रतिवद्धता जनाएका छन्।
बर्थिङ सेन्टर सञ्चालन पछि पिप्रा पोखरिया र बालुवा गाउँका सयौं महिलाले सुत्केरी गराउन अन्यत्र जानुपर्ने झन्झटबाट छुटकारा पाउने साहले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १७ गते, २०८२ - १४:५३
धनकुटा । कोशी लोकमार्गअन्तर्गत धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ र धनकुटा नगरपालिका–१ को सिमानामा पर्ने त्रिशुलेमा बस दुर्घटना भएको छ। तेह्रथुमबाट धरा...
माघ १७ गते, २०८२ - १४:३४
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनादे पाख्रिनले आफ्नी पत्नी कोपिला पाख्रिन (२३) लाई हत्या गरी प्रहरी कार्यालयमा आत्मसमर्...
माघ १७ गते, २०८२ - १४:०६
नेपालगन्ज। पछिल्लो समयमा नेपालगन्जका विभिन्न पसल तथा व्यवसायिक प्रतिष्ठानमा आगलागिका घट्नाहरु बढ्दै जाँदा नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज उपम...
माघ १७ गते, २०८२ - १३:५९
मंगलसेन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह आगामी निर्वाचनका लागि पार्टीका उम्मेदवार भूपदेव शाह को समर्थनमा अछाम क्षेत्र न...
माघ १७ गते, २०८२ - १३:४८
फिलिपिन्स । दक्षिणपूर्वी एसियाली राष्ट्रको सङ्गठन (आसियान)ले म्यान्मामा हालै सम्पन्न चुनावलाई मान्यता नदिने स्पष्ट पारेको छ । सन् २०२१ मा सेनाले सत्ता...
माघ १७ गते, २०८२ - १३:३७
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले झापा निर्वाचन क्षेत्र–५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओली सहजै निर्वाचित हुने दाबी गरेका छन्। उनले एमाले...
माघ १७ गते, २०८२ - १३:२७
काठमाडौँ। आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपालले अभ्यास खेलमा भारतको एमसीए प्रेसिडेन्ट–११ लाई सात विकेटले हराएको छ । शुक्रबार राति भएक...
माघ १७ गते, २०८२ - १३:१९
ढाका। बङ्गलादेशको राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एयरलाइन्सले १० वर्ष भन्दा लामो समय अन्तरालपछि राजधानी ढाकाबाट पाकिस्तानको कराचीका लागि प्रत्यक्ष...
माघ १७ गते, २०८२ - १२:५७
वासिङ्टन। अमेरिकी सिनेटले सरकारी खर्च सम्बन्धी महत्वपूर्ण मतदान अवरुद्ध गरेपछि सङ्घीय सरकार आंशिक रूपमा बन्द हुने सम्भावना बढेको छ । राष्ट्रपति डोनाल्...
माघ १७ गते, २०८२ - १२:५१
काठमाडौँ । नेपालकी टेनिस खेलाडी शिभाली गुरुङ अस्ट्रेलियामा जारी एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा चौथो भएको छन् । अस्ट्रेलियन...




प्रतिकृया लेख्नुहोस्: