Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

मेलम्ची बन्द भएपछि सुन्दरीजलको पानी ल्याउने तयारी

खबरडबली संवाददाता

काठमाडौं  । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले सुन्दरीजल धापबाट बर्खाभरिका लागि पानी ल्याउने तयारी गरेको  छ । मेलम्ची खानेपानी पथान्तरण बन्द भएसँगै केयुकेएलले  सुन्दरीजल धापबाट पानी ल्याउने तयारी गरेको हो ।

केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईका अनुसार मेलम्चीको पानी बन्द हुने विषयलाई मध्यनजर गर्दै केयुकेएल र काठमाडौंस्थित सुन्दरीजलको धाप ड्यामबिच पानी ल्याउने सम्झौता भएको छ । 

राईले भने, “पानी बन्द हुने कुरालाई मध्यनजर गरेर केयुकेएल र सुन्दरीजलको धाप ड्यामबिच सम्झौता भएको छ । हामीले दैनिक चार करोड लिटर पानी धाप ड्यामबाट लिने सम्झौता भएको हो ।”

उनले जमिन मुनिका पानीलाई वैकल्पिक स्रोतका रुपमा लिन सकिने बताए । उनले भने, “स्थिति हेरेर ग्राउण्ड वाटरहरुको प्रडक्सन बढाउन सकिन्छ । सरफेस सोर्स वर्खा नभइकन बढ्ने सम्भावना देखिँदैन । सबैलाई अध्ययन गरेर हामीले वितरण तालिका तयार गर्ने क्रमलाई पनि एउटा रणनीतिको रुपमा लिन्छौं ।”  खानेपानी वितरणको तालिका केही दिनभित्रै तयार हुने उनको भनाइ छ ।

उनले भने, “पानी पर्ने क्रम बढ्न थालेपछि स्रोतहरु पनि बढ्छ, त्यसपछि अलि सहज स्थिति आउँछ । पहिलाको तुलनामा पानी अभाव त हुन्छ तर, मेलम्ची आउँदा पनि २४ सै घण्टा पानी दिन सक्दैनौं । त्यसो भएन भने अलि दिन ग्याप बढाउनुपर्ने हुन सक्छ ।”

केयुकेएलले सुख्खा याममा दैनिक दशदेखि ११ करोड लिटर र वर्खा याममा १५ देखि १७ करोड लिटर पानी वितरण गर्दै आएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकारी सन्तोष बरालले मेलम्ची खानेपानी बन्द भएपछि सुन्दरीजल धाप ड्याम उपयुक्त वैकल्पिक स्रोतका रुपमा रहेको बताए ।

बरालले भने, “सुन्दरीजलमा जुन बागमतीबाट ल्याएको पानी छ, धापको ड्याम खोलेर गर्ने कि भन्ने विषयमा छलफल भइरहेको छ । जहाँसम्म उपयुक्त विकल्प त्यही नै हुन्छ । बागमतीको पानी डाइभर्ट र प्रशोधन गरेर बाँडिराख्छौं, त्यसरी नै व्यवस्थापन गर्ने कुरा छ ।”

मेलम्ची खानेपानी विकास समितिले असार १० गते सोमबारदेखि मनसुन अवधि नसकिएसम्म पानी पथान्तरणको कार्य बन्द गरिसकेको छ । २०७८ असार १ गते र सोही वर्षको साउन १६ र २७ गते मेलम्ची नदीमा आएको विनाशकारी बाढीबाट मेलम्ची खानेपानी आयोजनाको अम्बाथानस्थित मुहानको ढोका, हेडवक्र्स र पहुँचमार्ग लगायतका संरचनाहरु पूर्णरुपमा क्षति भइ मुख्य प्रणाली बन्द भएको थियो । 

त्यसयता हरेक वर्ष मनसुन समाप्त भएपछि वैकल्पिक प्रणालीका अवयवहरुमा आवश्यक सफाइ तथा मर्मत सम्भार गरी अस्थायी रुपमा काठमाडौं उपत्यकामा पानी पथान्तरण हुँदै आएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending