काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले सुन्दरीजल धापबाट बर्खाभरिका लागि पानी ल्याउने तयारी गरेको छ । मेलम्ची खानेपानी पथान्तरण बन्द भएसँगै केयुकेएलले सुन्दरीजल धापबाट पानी ल्याउने तयारी गरेको हो ।
केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईका अनुसार मेलम्चीको पानी बन्द हुने विषयलाई मध्यनजर गर्दै केयुकेएल र काठमाडौंस्थित सुन्दरीजलको धाप ड्यामबिच पानी ल्याउने सम्झौता भएको छ ।
राईले भने, “पानी बन्द हुने कुरालाई मध्यनजर गरेर केयुकेएल र सुन्दरीजलको धाप ड्यामबिच सम्झौता भएको छ । हामीले दैनिक चार करोड लिटर पानी धाप ड्यामबाट लिने सम्झौता भएको हो ।”
उनले जमिन मुनिका पानीलाई वैकल्पिक स्रोतका रुपमा लिन सकिने बताए । उनले भने, “स्थिति हेरेर ग्राउण्ड वाटरहरुको प्रडक्सन बढाउन सकिन्छ । सरफेस सोर्स वर्खा नभइकन बढ्ने सम्भावना देखिँदैन । सबैलाई अध्ययन गरेर हामीले वितरण तालिका तयार गर्ने क्रमलाई पनि एउटा रणनीतिको रुपमा लिन्छौं ।” खानेपानी वितरणको तालिका केही दिनभित्रै तयार हुने उनको भनाइ छ ।
उनले भने, “पानी पर्ने क्रम बढ्न थालेपछि स्रोतहरु पनि बढ्छ, त्यसपछि अलि सहज स्थिति आउँछ । पहिलाको तुलनामा पानी अभाव त हुन्छ तर, मेलम्ची आउँदा पनि २४ सै घण्टा पानी दिन सक्दैनौं । त्यसो भएन भने अलि दिन ग्याप बढाउनुपर्ने हुन सक्छ ।”
केयुकेएलले सुख्खा याममा दैनिक दशदेखि ११ करोड लिटर र वर्खा याममा १५ देखि १७ करोड लिटर पानी वितरण गर्दै आएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकारी सन्तोष बरालले मेलम्ची खानेपानी बन्द भएपछि सुन्दरीजल धाप ड्याम उपयुक्त वैकल्पिक स्रोतका रुपमा रहेको बताए ।
बरालले भने, “सुन्दरीजलमा जुन बागमतीबाट ल्याएको पानी छ, धापको ड्याम खोलेर गर्ने कि भन्ने विषयमा छलफल भइरहेको छ । जहाँसम्म उपयुक्त विकल्प त्यही नै हुन्छ । बागमतीको पानी डाइभर्ट र प्रशोधन गरेर बाँडिराख्छौं, त्यसरी नै व्यवस्थापन गर्ने कुरा छ ।”
मेलम्ची खानेपानी विकास समितिले असार १० गते सोमबारदेखि मनसुन अवधि नसकिएसम्म पानी पथान्तरणको कार्य बन्द गरिसकेको छ । २०७८ असार १ गते र सोही वर्षको साउन १६ र २७ गते मेलम्ची नदीमा आएको विनाशकारी बाढीबाट मेलम्ची खानेपानी आयोजनाको अम्बाथानस्थित मुहानको ढोका, हेडवक्र्स र पहुँचमार्ग लगायतका संरचनाहरु पूर्णरुपमा क्षति भइ मुख्य प्रणाली बन्द भएको थियो ।
त्यसयता हरेक वर्ष मनसुन समाप्त भएपछि वैकल्पिक प्रणालीका अवयवहरुमा आवश्यक सफाइ तथा मर्मत सम्भार गरी अस्थायी रुपमा काठमाडौं उपत्यकामा पानी पथान्तरण हुँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - १४:२०
बेइजिङ । चीनले सन् २०२६ देखि सुरु हुने १५औँ पञ्चवर्षीय योजनालाई लक्षित गर्दै प्रविधि–आधारित औद्योगिक रूपान्तरणलाई प्राथमिकतामा राख्ने स्पष्ट संकेत दि...
चैत्र १४ गते, २०८२ - १३:५९
काठमाडौं । पार्टी अध्यक्ष केपी ओली पक्राउ गरेपछि एमालेका भ्रातृ संगठन अनेरास्ववियुद्वारा भृकुटीमण्डपमा प्रदर्शन गरेको छ। पूर्वप्रधानमन्त्री समेत रह...
चैत्र १४ गते, २०८२ - १३:३९
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विषयलाई लिएर ललितपुरको च्यासल क्षेत्रमा एमाले कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्। ...
चैत्र १४ गते, २०८२ - १३:१५
काठमाडौं। भारतको रणनीतिक कच्चा तेल भण्डारले हालको खपत दरअनुसार करिब पाँच दिनको माग मात्र धान्न सक्ने देखिएको छ। BBCको विश्लेषणअनुसार कुल भण्डारण क्षमत...
चैत्र १४ गते, २०८२ - १३:१२
काठमाडौं। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि विकसित घटनाक्रमबारे अन्य राजनीतिक दलहरूसँग संवाद गर्न जि...
चैत्र १४ गते, २०८२ - १३:०३
काठमाडौं । नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ । एमाले सचिवालयको आकस्मिक बैठकले आज शनिबार दिउँसो ३...
चैत्र १४ गते, २०८२ - ११:५८
काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता तथा गृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न माग गरेको छ । आज बसेको एमालेको ...
चैत्र १४ गते, २०८२ - ०९:५७
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी ओेली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउबारे नेपाली कांग्रेस अहिलेसम्म मौन छ । पार्टीले यो विषयलाई लिएर छलफल गर्न औप...
चैत्र १४ गते, २०८२ - ०९:३२
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा लागेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्...
चैत्र १४ गते, २०८२ - ०९:२८
काठमाडौँ । नेकपा एमाले सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय च्यासलमा सुरू भएको छ । पूर्वप्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीलाई ...



प्रतिकृया लेख्नुहोस्: