विराटनगर । झापा, मोरङ, सुनसरी र ओखलढुङ्गामा बाढी, पहिरो र चट्याङ लागेर ९ जनाको मृत्यु भएको छ । यस्तै बाढीले बगाएर तीन जना बेपत्ता भएका छन् भने सर्पले डसेर झापामा एक बालकको मृत्यु भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार झापामा चट्याङ लागेर मंगलबार एकैदिन तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा झापा गाउँपालिका–४, लोसाकी बस्ने ५० वर्षीय मन्जुर आलम, कमल गाउँपालिका–२, समयगढका ४६ वर्षीय राजन खड्का, गौरादह–८ का ४२ वर्षीय विकास गिरी छन् ।
यस्तै बुधबार नैसुनसरीको रामधुनी नगरपालिका–४ का ३० वर्षीय उमेश कुमार चौधरीको पनि चट्याङ लागेर मृत्यु भएको छ । मोरङ केराबारी गाउँपालिका–४ का चित्रबहादुर राईको ११ वर्षीय छोरा श्याम राईलाई मंगलबार नै स्थानीय गोगुने खोलाले बगाउँदा मृत्यु भयो । मोरङकै सुन्दरहरैंचा–५ स्थित बुढीखोलामा माछा मार्ने क्रममा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् ।
मृत्यु हुनेमा सुन्दरहरैचा–५ की २२ वर्षीया प्रेमकला चौधरी छन् । सोही खोलाले बगाएका स्थानीय ६० वर्षीय असरादेवी चौधरी र ३० वर्षीया फुला चौधरी अहिलेसम्म बेपत्ता छन् ।
उता, झापाको मेचीनगर नगरपालिका–१४ स्थित फूलबासा खोलामा डुब्दा एक जना बालकको मृत्यु भएको छ । मंगलबार बेलुका मेचीनगर–१४ का बामरा सतारको डेढ वर्षका छोरा रिहान सतार घर नजिकै रहेको फूलवासा खोलामा खेल्ने क्रममा अचानक डुबेका थिए ।
यस्तै ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका–५ थुम्की स्थितमा पहिरोले घर पुरिँदा एक जना महिलाको मृत्यु भएको छ । अविरल वर्षाको कारण बुधबार बिहान स्थानीय बाबुराम खत्रीको एक तले कच्ची घर र गोठसमेत पहिरोले पुर्दा घरभित्र बसेका ३९ वर्षीय बाबुराम खत्री, उनको ३५ वर्षीय श्रीमती देव कुमारी खत्री र १८ वर्षीय छोरी मेनुका खत्री समेत पुरिएका थिए । प्रहरीको उद्धार टोली र स्थानीयको सहयोगमा बाबुराम खत्री र छोरी मेनुकालाई सकुशल उद्धार गरिए पनि देव कुमारी खत्रीको भने मृत्यु भएको हो ।
यस्तै झापाको कचनकवल गाउँपालिका–३ ठुलो केचना बस्ने हरिप्रसाद राजवंशीको १२ वर्षीय छोरी मनिषा राजवंशीको सर्पले डसेर मृत्यु भएको छ । आफ्नै भण्डार कोठाभित्र टेबल निकाल्ने क्रममा उनलाई विषालु सर्पले टोकेको थियो ।
यस्तै मोरङको रंगेली नगरपालिका ४ मा ४५ वर्षका योगेन्द्र मण्डललाई बाढीले बगाएको छ । उनी अहिलेसम्म फेला पर्न सकेका छैनन् । प्रहरीले उनको खोजी गरिरहेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८३ - २०:५३
ताप्लेजुङ । आठ वर्षदेखि निर्माणाधीन रहेको तमोर नदीमाथिको मोटरेबल पुलले अन्ततः गति लिएको छ । ताप्लेजुङको निघुरादिन र पाँचथरको अमरपुर जोड्ने लिम्बुनीस्थ...
जेष्ठ ३ गते, २०८३ - २०:०२
सुर्खेत । नेकपाका संयाेजक पुष्पकमल दाहाल प्रचण्डलेअहिलेको सत्ता समीकरणमाथि तीखा टिप्पणी गर्दै कांग्रेस–एमालेले प्रदेश सरकार गठनका लागि दिएको प्रस्ताव ...
जेष्ठ ३ गते, २०८३ - १९:५९
रुपन्देही । नेपाली कांग्रेस रुपन्देहीभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ । जिल्ला सभापति रामकृष्ण खाणको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उपसभापत...
जेष्ठ ३ गते, २०८३ - १९:४१
काठमाडौं । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मर्म...
जेष्ठ ३ गते, २०८३ - १९:३५
ललितपुर । ललितपुरको कुम्भेश्वर मन्दिर परिसरमा रहेको एउटा पिपलको रुख ढलेको छ। स्थानीयका अनुसार आज दिउँसो ४:४५ बजेतिर सो रुख ढलेको हो। रुख ढले पनि ...
जेष्ठ ३ गते, २०८३ - १९:२८
विराटनगर । विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको शवबाट सुनको मुन्द्रा गायब भएको घटनाले अस्पतालको सुरक्षा र लापरबाहीम...
जेष्ठ ३ गते, २०८३ - १९:२३
काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालसम्म २४ कम्पनीलाई साधारण शेयर (आईपीओ) बिक्रीका लागि अनुमति प्रदान गरेको छ । बोर्डले चालु आर्थिक वर्षको चैत मसान्त...
जेष्ठ ३ गते, २०८३ - १९:२१
नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–८, खरकट्टा जङ्गल क्षेत्रमा आज कार दुर्घटना हुँदा चाल...
जेष्ठ ३ गते, २०८३ - ०९:०३
काठमाडौं । पश्चिम एसियामा चुलिँदै गएको तनावबीच भारत सरकारले सुनपछि अब चाँदी आयातमा पनि कडा नियन्त्रण सुरु गरेको छ । विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्न ...
जेष्ठ ३ गते, २०८३ - ०९:००
काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग इरान युद्धको बारेमा संवाद गर...



प्रतिकृया लेख्नुहोस्: