बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा न. ५का सातजना विपन्न नागरिकहरुले आर्थिक सहायताका लागि वडामा अनुरोध गरे अनुसार वडा न।५का अध्यक्ष केशव दत्त लेखक नगरपालिकालाई सिफारिस लेख्छन् ।
उक्त सिफारिसमा नगर प्रमुख पुष्कर राज जोशी ‘लख्खाभाई’ले वडामै आवस्यक रकम रहेको भन्दै तोक लगाइदिन्छन् । र मेयरको तोक आदेश सहितको सिफारिस जब वडाअध्यक्ष लेखकको हातमा पुग्यो उनले च्यातेर टुक्रा–टुक्रा पारिदिए ।
वडा न।५की हिरा दमाइले भनिन्, ‘म विपन्न परिवारकी एकल महिला हुँ, औषधीका लागि आर्थिक सहायताको आश्वासन पाएपछि सिफारिस मागेकी हुँ, सिफारिसमा मेयर सापले तोक लगाउनुभयो, सिफारिस र नागरिकता लगेर वडाअध्यक्षलाई पेश गर्दा नागरिकता फिर्ता दिनुभयो तर सिफारिस भने च्यातेर फाल्नुभयो, मैले केहि बोल्नै सकिन्, आखाँभरी आशुँ पारेर फर्किए, मेरो मात्रै नभई अरुका पत्रहरु पनि वडाअध्यक्षले च्यातिदिनुभयो ।’
अर्का व्याक्ति दानीराम महरले भने ‘जब वडाअध्यक्षले दलितका पत्रहरु च्यातेर फाल्नुहुन्छ भने हाम्रालागी केहि काम गर्नुहोला भन्ने लाग्दैन्, बरु सिफारिसपत्र ’दयगत सल्लाह गरौँला भन्न सकिन्थ्यो, तर यस्तो गैर जिम्मेवारपुर्ण हर्कत कसरी सहेर बस्ने ?’
वडाअध्यक्षले तोक आदेश सहितका सिफारिसपत्र च्यातेको कुरा केहि कार्यपालिका सदस्यहरुले थाहा पाउने वित्तिकै उनिहरु आक्रोसित बनेका छन् । तत्कालै पत्रकार सम्मेलन आह्वान गरि दलितमाथी बेलाबेलामा भैरहने विभेदजन्य व्यवहार नसहने जनप्रतिनिधिहरुले बताए ।
कार्यपालिका सदस्य प्रेम दयालले भने, ‘मेयरले तोक लगाएको कुनैपनि पत्र वडाअध्यक्षले च्यात्न पाइदैँन्, प्रयाप्त बजेट हुदाँहुदैँ दलित समुदायका व्याक्तिहरुलाई विभेदकारी व्यवहार देखाइयो, जब ति सातैजना बिपन्न नागरिकहरु रुदैँ घर फर्किए तब हामीले टुलुटुलु हेरेर बस्न सकेनौँ र वडाअध्यक्षको गैर जिम्मेवारीको प्रतिवाद गरेका हौँ ।’ वडाअध्यक्ष लेखकले सार्वजनिक ठाउँमा माफी माग्दै क्षतिपुर्ती उपलब्ध नगराए आन्दोलनमा उत्रिने बताए ।
कार्यपालिका सदस्य कलावती लावडले यो बिषयको टुङ्गो नलगाउदाँ सम्म कार्यपालिकाका अन्य कार्यक्रम अघी बढाउन नदिने बताइन् । यसैबिच सोमबारको नगरसभा समेत ढिलो गरि सञ्चालन गरियो । वडा सदस्य देवराम लोहारले बेलाबेलामा गैर दलित जनप्रतिनिधिबाट दलित जनप्रतिनिधि हेपिदैँ आएकाले वडाअध्यक्षलाई कानुनी कारबाही गरिनुपर्नेमा जोड दिए । नगर प्रमुखको तोक आदेश भएको पत्र च्यातेका अध्यक्षले गल्ती नगरेको जिकिर गरिरहेकाले यसको सत्यतथ्य पत्ता लगाई कारवाही गरिनुपर्नेमा कार्यपालिका सदस्य बिनोद लोहारको जोड छ ।
कार्यपालिका सदस्यहरुले पत्र च्यात्ने बेलाको सिसिटिभी फुटेज हेर्न दबाव दिइरहेकाछन् । उनिहरुले यो बिषयको टुङ्गो नलाग्दासम्म नगरसभा हुन नदिने दबाव दिइरहेकाथिए ।
कार्यपालिका सदस्य दिनेश सिनालले कार्यपालिकामै पटकपटक जातीय विभेद सहेर बस्नुपर्ने अवस्था रहेको बताए । उनले विगतमा सामन्ती व्यवस्था चलाएका व्याक्तिहरु जनप्रतिनिधि हुदाँ समेत सामन्ती पारा देखाइरहेको बताए । यो समस्याको उचित समाधान निकाल्ने मेयर लख्खाभाईको भनाई छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: