Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

मेयरले तोक लगाएको सिफारिसहरु वडाअध्यक्षले च्याते‍पछि‍‍‍‍...

खबरडबली संवाददाता

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा न. ५का सातजना विपन्न नागरिकहरुले आर्थिक सहायताका लागि वडामा अनुरोध गरे अनुसार वडा न।५का अध्यक्ष केशव दत्त लेखक नगरपालिकालाई सिफारिस लेख्छन् ।

उक्त सिफारिसमा नगर प्रमुख पुष्कर राज जोशी ‘लख्खाभाई’ले वडामै आवस्यक रकम रहेको भन्दै तोक लगाइदिन्छन् । र मेयरको तोक आदेश सहितको सिफारिस जब वडाअध्यक्ष लेखकको हातमा पुग्यो उनले च्यातेर टुक्रा–टुक्रा पारिदिए ।

वडा न।५की हिरा दमाइले भनिन्, ‘म विपन्न परिवारकी एकल महिला हुँ, औषधीका लागि आर्थिक सहायताको आश्वासन पाएपछि सिफारिस मागेकी हुँ, सिफारिसमा मेयर सापले तोक लगाउनुभयो, सिफारिस र नागरिकता लगेर वडाअध्यक्षलाई पेश गर्दा नागरिकता फिर्ता दिनुभयो तर सिफारिस भने च्यातेर फाल्नुभयो, मैले केहि बोल्नै सकिन्, आखाँभरी आशुँ पारेर फर्किए, मेरो मात्रै नभई अरुका पत्रहरु पनि वडाअध्यक्षले च्यातिदिनुभयो ।’

अर्का व्याक्ति दानीराम महरले भने ‘जब वडाअध्यक्षले दलितका पत्रहरु च्यातेर फाल्नुहुन्छ भने हाम्रालागी केहि काम गर्नुहोला भन्ने लाग्दैन्, बरु सिफारिसपत्र ’दयगत सल्लाह गरौँला भन्न सकिन्थ्यो, तर यस्तो गैर जिम्मेवारपुर्ण हर्कत कसरी सहेर बस्ने ?’

वडाअध्यक्षले तोक आदेश सहितका सिफारिसपत्र च्यातेको कुरा केहि कार्यपालिका सदस्यहरुले थाहा पाउने वित्तिकै उनिहरु आक्रोसित बनेका छन् । तत्कालै पत्रकार सम्मेलन आह्वान गरि दलितमाथी बेलाबेलामा भैरहने विभेदजन्य व्यवहार नसहने जनप्रतिनिधिहरुले बताए ।

कार्यपालिका सदस्य प्रेम दयालले भने, ‘मेयरले तोक लगाएको कुनैपनि पत्र वडाअध्यक्षले च्यात्न पाइदैँन्, प्रयाप्त बजेट हुदाँहुदैँ दलित समुदायका व्याक्तिहरुलाई विभेदकारी व्यवहार देखाइयो, जब ति सातैजना बिपन्न नागरिकहरु रुदैँ घर फर्किए तब हामीले टुलुटुलु हेरेर बस्न सकेनौँ र वडाअध्यक्षको गैर जिम्मेवारीको प्रतिवाद गरेका हौँ ।’ वडाअध्यक्ष लेखकले सार्वजनिक ठाउँमा माफी माग्दै क्षतिपुर्ती उपलब्ध नगराए आन्दोलनमा उत्रिने बताए ।

कार्यपालिका सदस्य कलावती लावडले यो बिषयको टुङ्गो नलगाउदाँ सम्म कार्यपालिकाका अन्य कार्यक्रम अघी बढाउन नदिने बताइन् । यसैबिच सोमबारको नगरसभा समेत ढिलो गरि सञ्चालन गरियो । वडा सदस्य देवराम लोहारले बेलाबेलामा गैर दलित जनप्रतिनिधिबाट दलित जनप्रतिनिधि हेपिदैँ आएकाले वडाअध्यक्षलाई कानुनी कारबाही गरिनुपर्नेमा जोड दिए । नगर प्रमुखको तोक आदेश भएको पत्र च्यातेका अध्यक्षले गल्ती नगरेको जिकिर गरिरहेकाले यसको सत्यतथ्य पत्ता लगाई कारवाही गरिनुपर्नेमा कार्यपालिका सदस्य बिनोद लोहारको जोड छ ।

कार्यपालिका सदस्यहरुले पत्र च्यात्ने बेलाको सिसिटिभी फुटेज हेर्न दबाव दिइरहेकाछन् । उनिहरुले यो बिषयको टुङ्गो नलाग्दासम्म नगरसभा हुन नदिने दबाव दिइरहेकाथिए ।

कार्यपालिका सदस्य दिनेश सिनालले कार्यपालिकामै पटकपटक जातीय विभेद सहेर बस्नुपर्ने अवस्था रहेको बताए । उनले विगतमा सामन्ती व्यवस्था चलाएका व्याक्तिहरु जनप्रतिनिधि हुदाँ समेत सामन्ती पारा देखाइरहेको बताए । यो समस्याको उचित समाधान निकाल्ने मेयर लख्खाभाईको भनाई छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा हावाहुरीको बितण्डा, मकै र गहुँबालीमा ठूलो क्षति हुुँदा किसान चिन्तित

सर्लाही। सर्लाहीमा सोमबार साँझ अचानक चलेको तीव्र हावाहुरीले कृषि क्षेत्रमा ठूलो असर पारेको छ। जिल्लाका विभिन्न स्थानमा लगाइएको मकै र गहुँ बाली ढलेर नष...

सुविधाभन्दा जनताको आवाज प्राथमिकता : सुदन गुरुङ

ललितपुर । सुदन गुरुङ ले आफू राजनीतिमा सुविधा र व्यक्तिगत स्वार्थका लागि नभई जनताको आवाज संसद्सम्म पुर्‍याउने उद्देश्यले आएको बताएका छन्। गोरखा क्षे...

रास्वपालाई चिनियाँ कम्युनिस्ट पार्टीको पत्र, रवि–बालेनको नेतृत्वप्रति विश्वास व्यक्त

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई औपचारिक बधाई तथा शुभकामना सन्देश पठाएको छ। ...

राजमार्गमा ‘पटके कर’ उठाउन नरोके नगरप्रमुखविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाउँछौं -आशिका तामाङ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं धादिङ क्षेत्र नं. १ की जनप्रतिनिधि आशिका तामाङले राजमार्गमा गैरकानुनी रूपमा उठाइने ‘पटके ...

दैनिक मागभन्दा १० प्रतिशत बढी ग्यास बजारमा, अभावको गुनासो यथावत्

एकै दिन ४५ हजारभन्दा बढी सिलिन्डर वितरण

मोर्चाको बालेन समर्थनमा जसपाभित्रै असन्तोष, ‘राजनीतिक लाचारी’को आरोप

जनकपुरधाम । संघीय लोकतान्त्रिक मोर्चाले बालेन्द्र साह (बालेन) लाई भावी प्रधानमन्त्रीका रूपमा समर्थन तथा शुभकामना व्यक्त गरेपछि मधेसकेन्द्रित दलभित्रै ...

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा पोखराबाट दुई जना पक्राउ

कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१४ चाउथे बस्ने भा...

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: