सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाको बजेट रोकिएको छ । इटहरी उपमहानगरपालिकाले प्रक्रिया नपुर्याइ जबर्जस्ती आगामी आर्थिक वर्ष २०८१र८२ का लागि बजेट प्रस्तुत गरेको जनप्रतिनिधिहरूले बताएका छन् ।
धरानको बजेट सार्वजनिक गर्न सोमबार सैनिक भवनमा मञ्च तयार गरिएको थियो । तर बजेटमा कुरा नमिलेपछि नगर सभा बस्न सकेन । धरान उपमहानगरपालिका उपप्रमुख अइन्द्रविक्रम बेघाले नगर प्रमुख हर्कराज राईका कारण नगर सभा रोकिएको बताए । प्रमुखले प्रक्रिया नपुर्याएर अघि बढ्न खोजेको उनको भनाइ छ ।
‘बजेट अब प्रमुखज्यूले कहिले ल्याउनुहुन्छ, उहाँलाई मात्रै थाहा छ,’ बेघाले भने, ‘बजेटको अंक तोकिएको छैन, ब्रेकडाउन भएको छैन, नीति तथा कार्यक्रममा छलफल भएको छैन, घोषणा गरेर मात्रै हुन्छ र ?’
उनका अनुसार प्रमुख राई गैरजिम्मेवार ढंगबाट प्रस्तुत भएका कारण बजेट अड्किएको हो । ‘उहाँले जहिले बजेट ल्याउने भने पनि प्रक्रिया पूरा गरेर ल्याउनुपर्छ, हाम्रो असहमति छैन,’ उनले भने, ‘कसैको जबर्जस्ती र हठले नगर सभा चल्दैन ।’ बेघाका अनुसार नगर प्रमुख राईले लचकता नअपनाउँदा उद्घाटनको तयारी भएको नगर सभा पनि रोकिन पुगेको हो ।
धरान उपमहानगरपालिकाका प्रमुख हर्क राईले स्रोत तथा सीमा निर्धारण समितिको बैठक राखेका छैनन् । विषयगत समितिको बैठक पनि बसेको छैन । इटहरी उपमहानगरपालिकाले भने बहुमत सदस्यको अनुपस्थितिमा सोमबार राति बजेट ल्याएको छ । प्रक्रिया नपुर्याएको भन्दै एमालेबाट निर्वाचित जनप्रतिनिधि अनुपस्थिति भए पनि नगर प्रमुख हेमकर्ण पौडेलले ३ अर्ब ५७ करोड ५० हजारको बजेट प्रस्तुत गरेका थिए ।
उनले नगर सभामा पेस गरेको बजेटमा चालुतर्फ १ अर्ब ४१ करोड ३७ हजार, पुँजीगततर्फ २ अर्ब १५ करोड ६० लाख १३ हजार विनियोजन गरेका छन् । इटहरी वडा नम्बर ३ का वडाध्यक्ष उमेश सुवेदीका अनुसार कार्यपालिकाबाट पास नगरी प्रमुख पौडेलले जबर्जस्ती बजेट प्रस्तुत गरेका हुन् ।
‘राजस्व अनुमान समितिले अनुमान दियो, नगर प्रमुखको संयोजकत्वमा रहेको स्रोत तथा सीमा निर्धारण समितिले निर्णय गर्न सकेन । नसकेपछि कार्यपालिकामा जाने कुरा भएन,’ उनले भने, ‘कार्यपालिकाको बैठक नै बसेन, कार्यपालिका बैठकमा नलगी मेयरले एक्कासी सभामा बजेट लैजाने प्रयास गर्नुभयो । हामी केही समय विरोध गरेर घर लाग्यौं । उहाँहरूले राति बजेट ल्याउनुभएछ ।’
सुवेदीका अनुसार प्रस्तुत बजेटको अनुमान अस्वाभाविक छ । ‘हामीले ५६ करोड आन्तरिक आम्दानीको अनुमान गरेर ३ अर्ब १० करोडको बजेट प्रस्तुत गर्नुपर्छ भनेका थियौं, तर उहाँ ९नगर प्रमुख० मान्नुभएन,’ उनले भने,‘
इटहरीमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिको बहुमत छ । वडाध्यक्ष सुवेदीका अनुसार पालिकाको आन्तरिक आम्दानी ५६ करोडको अनुमान राजस्व समितिले दिएको थियो । तर प्रमुख पौडेलले बजेटको अंक बढाउनका लागि ९६ करोडको अनुमान प्रस्तुत गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: