Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

विराटनगर महानगरपालिकाकाे ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ

खबरडबली संवाददाता

विराटनगर । आगामी आव ०८१/८२ को लागि विराटनगर महानगरपालिकाले ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको छ। सोमवार उपप्रमुख शिल्पा निराला कार्कीले नगरसभामा आउँदो आवको बजेट पेश गरेकी हुन् ।

पेश गरेको बजेटमध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ५९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । ऋणको साँवा र ब्याज भुक्तानीमा ५ करोड, चालु आव ०८०र८१ को चालु खर्चतर्फको दायित्व भुक्तानीमा ३ करोड ३४ लाख ८३ हजार, समपूरक कार्यक्रममा ६ करोड १० लाख, वडास्तरीय योजनातर्फ ४३ करोड ३ लाख १२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।

उपप्रमुख कार्कीले प्रस्तुत गरेको बजेटको स्रोत व्यवस्थामा सङ्घीय समानीकरण अनुदान ३२ करोड ६६ लाख र प्रदेश सरकारबाट २ करोड ४९ लाख २९ हजार रुपैयाँ, राजस्व बाँडफाँडमध्ये मूल्य अभिवृद्धि करबाट १६ करोड ११ लाख ७६ हजार १ सय २६ रुपैयाँ, अन्तःशुल्कबाट ५ करोड ८५ लाख ४१ हजार २ सय ७९ रुपैयाँ, वन रोयल्टी ५ लाख ८२ हजार ५ सय ९५ रुपैयाँ, घर जग्गा रजिस्ट्रेशन दस्तुरबाट ५६ करोड ७९ लाख २८ हजार रुपैयाँ, सवारीसाधन करबाट ३ करोड ८७ लाख १ हजार रुपैयाँ र मनोरञ्जन तथा विज्ञापन करबापत १ करोड रुपैयाँ, आन्तरिक आयतर्फ १ अर्ब १० करोड ८६ लाख ८५ हजार रुपैयाँ तथा नगद मौज्दात २५ करोड रुपैयाँको अनुमान गरेको छ ।

यसैगरी सङ्घीय सरकार सशर्त अनुदान ८० करोड ७७ लाख रुपैयाँ, विशेष अनुदान ७ करोड ५० लाख रुपैयाँ, समपूरक अनुदान १ करोड १० लाख रुपैयाँ, प्रदेश सरकार सशर्त अनुदानतर्फ ३ करोड ९० लाख ४३ हजार रुपैयाँ र प्रदेश सरकार समपूरक अनुदान २ करोड रुपैयाँ गरी कुल ३ अर्ब ४९ करोड ९८ लाख ८६ रुपैयाँ हजार आउने अनुमान विराटनगर महानगरको छ।

४९ करोडको बजेट कार्यान्वयन गर्न विराटनगरले ११० करोड ८६ लाख रुपैयाँ आन्तरिक आय उठाउने लक्ष्य राखेको छ।

खर्चतर्फ भने उपप्रमुख कार्कीले पेश गरेको बजेटमा बहुवर्षीय ठेक्का तथा गौरवका आयोजना एवं दायित्व सरिआएका योजनाहरूको भुक्तानीका लागि ५० करोड रुपैयाँ, बस्ती विकास र तराई मधेश समृद्धि कार्यक्रमतर्फ ५ करोड ६० लाख रुपैयाँ, मर्मतसम्भारतर्फका लागि १० करोड रुपैयाँ तथा भारी सवारीसाधन खरिदका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

सामाजिक विकास क्षेत्रअर्न्तगत शैक्षिक विकास कार्यक्रमतर्फ ७८ करोड ७८ लाख १ हजार, स्वास्थ्य विकास कार्यक्रम तर्फ २० करोड ५७ लाख ९३ हजार, महिला लक्षित कार्यक्रमतर्फ ९९ लाख ५७ हजार, संघसंस्थातर्फ २ करोड ७० लाख  बजेट रहेको छ।

आदिवासी जनजाति, दलित, मधेसी, तथा यौनिक तथा अल्पसङ्ख्यकतर्फ ६२ लाख ८६ हजार, बालबालिका लक्षित कार्यक्रमतर्फ ७० लाख ८० हजार रुपैयाँ, युवा विकास कार्यक्रमतर्फ ९५ लाख ८४ हजार रुपैयाँ, खेलकुद विकास कार्यक्रमका लागि १ करोड ८ लाख रुपैयाँ, रोजगार प्रवर्द्धन कार्यक्रमतर्फ ७० लाख ४६ हजार रुपैयाँ बजेट व्यवस्था गरिएको छ।

ज्येष्ठ नागरिकतर्फ ९ लाख ९५ हजार रुपैयाँ, अपाङ्गता क्षमता विकास कार्यक्रमतर्फ २८ लाख ८ हजार रुपैयाँ विनियोजन गरिएको छ। 

यसैगरी आर्थिक विकास क्षेत्र अन्तर्गत कृषि विकासतर्फ १ करोड ३ लाख रुपैयाँ, पशुपक्षी तथा भेटनरीतर्फ १ करोड ५३ लाख ९७ हजार, सहकारीतर्फ २४ लाख रुपैयाँ, उद्यमशील विकासतर्फ ५० लाख, उपभोक्ता हित संरक्षणका लागि ८ लाख ५० हजार रुपैयाँ, पर्यटन प्रवर्द्धनका लागि १ करोड ९४ लाख रुपैयाँ विनियोजन गरिएको छ।

यसैगरी सुशासन तथा संस्थागत विकास क्षेत्रअर्न्तगत राजस्व सुदृढीकरणतर्फ ३० लाख, नगर प्रहरी तथा ट्राफिक व्यवस्थापनका लागि ४० लाख रुपैयाँ, शहरी विकासतर्फ ९० लाख रुपैयाँ, सूचना तथा सञ्चारका लागि ६० लाख रुपैयाँ, सूचना तथा प्रविधितर्फ ८० लाख रुपैयाँ, सुशासन तथा सेवा प्रवाहमा १ करोड ८ लाख ४५ हजार रुपैयाँ, कानुन तथा न्यायतर्फ ७२ लाख ५० हजार रुपैयाँ, फोहोर पानी प्रशोधन केन्द्रतर्फ २ करोड ९५ लाख रुपैयाँ, भू-उपयोग आवास तथा बस्ती विकास कार्यक्रमतर्फ ८५ लाख ४९ हजार रुपैयाँ, विद्युतीय कार्यक्रमका लागि २ करोड ९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending