Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

विराटनगर महानगरपालिकाकाे ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ

खबरडबली संवाददाता

विराटनगर । आगामी आव ०८१/८२ को लागि विराटनगर महानगरपालिकाले ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको छ। सोमवार उपप्रमुख शिल्पा निराला कार्कीले नगरसभामा आउँदो आवको बजेट पेश गरेकी हुन् ।

पेश गरेको बजेटमध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ५९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । ऋणको साँवा र ब्याज भुक्तानीमा ५ करोड, चालु आव ०८०र८१ को चालु खर्चतर्फको दायित्व भुक्तानीमा ३ करोड ३४ लाख ८३ हजार, समपूरक कार्यक्रममा ६ करोड १० लाख, वडास्तरीय योजनातर्फ ४३ करोड ३ लाख १२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।

उपप्रमुख कार्कीले प्रस्तुत गरेको बजेटको स्रोत व्यवस्थामा सङ्घीय समानीकरण अनुदान ३२ करोड ६६ लाख र प्रदेश सरकारबाट २ करोड ४९ लाख २९ हजार रुपैयाँ, राजस्व बाँडफाँडमध्ये मूल्य अभिवृद्धि करबाट १६ करोड ११ लाख ७६ हजार १ सय २६ रुपैयाँ, अन्तःशुल्कबाट ५ करोड ८५ लाख ४१ हजार २ सय ७९ रुपैयाँ, वन रोयल्टी ५ लाख ८२ हजार ५ सय ९५ रुपैयाँ, घर जग्गा रजिस्ट्रेशन दस्तुरबाट ५६ करोड ७९ लाख २८ हजार रुपैयाँ, सवारीसाधन करबाट ३ करोड ८७ लाख १ हजार रुपैयाँ र मनोरञ्जन तथा विज्ञापन करबापत १ करोड रुपैयाँ, आन्तरिक आयतर्फ १ अर्ब १० करोड ८६ लाख ८५ हजार रुपैयाँ तथा नगद मौज्दात २५ करोड रुपैयाँको अनुमान गरेको छ ।

यसैगरी सङ्घीय सरकार सशर्त अनुदान ८० करोड ७७ लाख रुपैयाँ, विशेष अनुदान ७ करोड ५० लाख रुपैयाँ, समपूरक अनुदान १ करोड १० लाख रुपैयाँ, प्रदेश सरकार सशर्त अनुदानतर्फ ३ करोड ९० लाख ४३ हजार रुपैयाँ र प्रदेश सरकार समपूरक अनुदान २ करोड रुपैयाँ गरी कुल ३ अर्ब ४९ करोड ९८ लाख ८६ रुपैयाँ हजार आउने अनुमान विराटनगर महानगरको छ।

४९ करोडको बजेट कार्यान्वयन गर्न विराटनगरले ११० करोड ८६ लाख रुपैयाँ आन्तरिक आय उठाउने लक्ष्य राखेको छ।

खर्चतर्फ भने उपप्रमुख कार्कीले पेश गरेको बजेटमा बहुवर्षीय ठेक्का तथा गौरवका आयोजना एवं दायित्व सरिआएका योजनाहरूको भुक्तानीका लागि ५० करोड रुपैयाँ, बस्ती विकास र तराई मधेश समृद्धि कार्यक्रमतर्फ ५ करोड ६० लाख रुपैयाँ, मर्मतसम्भारतर्फका लागि १० करोड रुपैयाँ तथा भारी सवारीसाधन खरिदका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

सामाजिक विकास क्षेत्रअर्न्तगत शैक्षिक विकास कार्यक्रमतर्फ ७८ करोड ७८ लाख १ हजार, स्वास्थ्य विकास कार्यक्रम तर्फ २० करोड ५७ लाख ९३ हजार, महिला लक्षित कार्यक्रमतर्फ ९९ लाख ५७ हजार, संघसंस्थातर्फ २ करोड ७० लाख  बजेट रहेको छ।

आदिवासी जनजाति, दलित, मधेसी, तथा यौनिक तथा अल्पसङ्ख्यकतर्फ ६२ लाख ८६ हजार, बालबालिका लक्षित कार्यक्रमतर्फ ७० लाख ८० हजार रुपैयाँ, युवा विकास कार्यक्रमतर्फ ९५ लाख ८४ हजार रुपैयाँ, खेलकुद विकास कार्यक्रमका लागि १ करोड ८ लाख रुपैयाँ, रोजगार प्रवर्द्धन कार्यक्रमतर्फ ७० लाख ४६ हजार रुपैयाँ बजेट व्यवस्था गरिएको छ।

ज्येष्ठ नागरिकतर्फ ९ लाख ९५ हजार रुपैयाँ, अपाङ्गता क्षमता विकास कार्यक्रमतर्फ २८ लाख ८ हजार रुपैयाँ विनियोजन गरिएको छ। 

यसैगरी आर्थिक विकास क्षेत्र अन्तर्गत कृषि विकासतर्फ १ करोड ३ लाख रुपैयाँ, पशुपक्षी तथा भेटनरीतर्फ १ करोड ५३ लाख ९७ हजार, सहकारीतर्फ २४ लाख रुपैयाँ, उद्यमशील विकासतर्फ ५० लाख, उपभोक्ता हित संरक्षणका लागि ८ लाख ५० हजार रुपैयाँ, पर्यटन प्रवर्द्धनका लागि १ करोड ९४ लाख रुपैयाँ विनियोजन गरिएको छ।

यसैगरी सुशासन तथा संस्थागत विकास क्षेत्रअर्न्तगत राजस्व सुदृढीकरणतर्फ ३० लाख, नगर प्रहरी तथा ट्राफिक व्यवस्थापनका लागि ४० लाख रुपैयाँ, शहरी विकासतर्फ ९० लाख रुपैयाँ, सूचना तथा सञ्चारका लागि ६० लाख रुपैयाँ, सूचना तथा प्रविधितर्फ ८० लाख रुपैयाँ, सुशासन तथा सेवा प्रवाहमा १ करोड ८ लाख ४५ हजार रुपैयाँ, कानुन तथा न्यायतर्फ ७२ लाख ५० हजार रुपैयाँ, फोहोर पानी प्रशोधन केन्द्रतर्फ २ करोड ९५ लाख रुपैयाँ, भू-उपयोग आवास तथा बस्ती विकास कार्यक्रमतर्फ ८५ लाख ४९ हजार रुपैयाँ, विद्युतीय कार्यक्रमका लागि २ करोड ९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८ वर्षपछि तमोर पुलमा गति, ट्रस जडान सुरु हुँदा स्थानीय उत्साहित

ताप्लेजुङ । आठ वर्षदेखि निर्माणाधीन रहेको तमोर नदीमाथिको मोटरेबल पुलले अन्ततः गति लिएको छ । ताप्लेजुङको निघुरादिन र पाँचथरको अमरपुर जोड्ने लिम्बुनीस्थ...

प्रदेश सरकार फेरबदलको खेलमा नलाग्ने प्रचण्डको दाबी

सुर्खेत । नेकपाका संयाेजक पुष्पकमल दाहाल प्रचण्डलेअहिलेको सत्ता समीकरणमाथि तीखा टिप्पणी गर्दै कांग्रेस–एमालेले प्रदेश सरकार गठनका लागि दिएको प्रस्ताव ...

सभापतिसँग असन्तुष्ट उपसभापति : फेसबुकबाटै राजीनामा, कांग्रेस रुपन्देहीमा नयाँ तरंग

रुपन्देही । नेपाली कांग्रेस रुपन्देहीभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ । जिल्ला सभापति रामकृष्ण खाणको  कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उपसभापत...

जेनजी आन्दोलनले जलेको सिंहदरबार फेरिँदै : प्रधानमन्त्री कार्यालयको धमाधम मर्मत

काठमाडौं । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मर्म...

ललितपुरको कुम्भेश्वर मन्दिर परिसरमा पिपलको रुख ढल्यो

ललितपुर । ललितपुरको कुम्भेश्वर मन्दिर परिसरमा रहेको एउटा पिपलको रुख ढलेको छ।  स्थानीयका अनुसार आज दिउँसो ४:४५ बजेतिर सो रुख ढलेको हो। रुख ढले पनि ...

मृत्यु भएपछि कानैबाट गायब भयो सुन: अस्पतालले चेक थमाएर मिलाउन खोज्यो विवाद

विराटनगर । विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको शवबाट सुनको मुन्द्रा गायब भएको घटनाले अस्पतालको सुरक्षा र लापरबाहीम...

२४ कम्पनीको आईपीओ बिक्रीका लागि अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालसम्म २४ कम्पनीलाई साधारण शेयर (आईपीओ) बिक्रीका लागि अनुमति प्रदान गरेको छ । बोर्डले चालु आर्थिक वर्षको चैत मसान्त...

बर्दघाट सुस्तापूर्वमा कार दुर्घटना, चालकको मृत्यु

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–८, खरकट्टा जङ्गल क्षेत्रमा आज कार दुर्घटना हुँदा चाल...

डलर जोगाउन भारतको नयाँ कदम : सुनपछि अब चाँदी आयातमा पनि कडाइ

काठमाडौं । पश्चिम एसियामा चुलिँदै गएको तनावबीच भारत सरकारले सुनपछि अब चाँदी आयातमा पनि कडा नियन्त्रण सुरु गरेको छ । विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्न ...

पुटिनले इरान युद्धबारे यूएईका राष्ट्रपतिसँग गरे कुरा, क्रेमलिनले के भन्यो ?

काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग इरान युद्धको बारेमा संवाद गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending