Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

नदी सफाइ गर्दै काठमाडौँ महानगर

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यहाँका नदीहरुको सफाइ सुरु गरेको छ । वातावरण विभागअन्तर्गतका ५५ जना कर्मचारीको समूहले रुद्रमती (धोबीखोला), कपनको खहरे र बालाजु क्षेत्रबाट बग्ने भचाखुसी सफाइ गरिसकेको छ । सफाइ समूहले  अहिले इच्छुमती (टुकुचा) नदी सफाइ गरिरहेका छन् ।

सफाइ समूहले राजधानीको मध्यभागबाट बग्ने इच्छुमती सफाइमा एक हप्ता बिताइसकेको छ । उक्त समूहले अन्य नदीमाभन्दा इच्छुमतीमा बढी फोहर भेटिएको समूहका ‘सुपरभाइजर’ सागर लुइँटेलले जानकारी दिए । रुद्रमतीमा महानगरपालिकाले यन्त्र लगाएर सफाइ गरिरहेको छ । महानगरपालिकाको समूहले सफाइ गरुञ्जेल सफा देखिएको रुद्रमतीमा अहिले प्लाष्टिकलगायत फोहर थुप्रिन थालेको छ ।

सफाइ गरुञ्जेल आकर्षक देखिएको नदी अहिले फेरि फोहर देखिन थालेको कपनका स्थानीय लक्ष्मण ढकाल बताउँछन् । महानगरपालिकाले सफाइ गर्ने तर नदीमा रेखालु नराख्दा ‘हिँड्दैछ पाइला मेट्दैछ’ भनेजस्तो अवस्था देखिएको उनले सुनाए ।

महानगरपालिकाले यस क्षेत्रका अन्य नदी पनि यसरी सफाइ गर्ने जनाइएको छ । महानगर क्षेत्रका नदीमा सिधै ढल र फोहर हाल्नाले दुर्गन्धित बनेको छ । नदी किनारबाट हिँड्दा नाक थुनेर हिँड्नुपर्ने अवस्था छ ।

विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ सुरु गरिएपनि नदी अपेक्षाकृत सफा हुन सकेको छैन । वाग्मती सफाइ महाअभियानले पाँच सय ८० हप्ता पार गरे पनि नदीको अवस्थामा धेरै परिवर्तन आएको छैन । वाग्मतीसँगै उपत्यकाका सबै नदी र चक्रपथ सफाइ सुरु भए पनि नदीका अवस्था उस्तै छन् । 

जनस्तरबाट सुरु भएको महाअभियानलाई स्थानीय सरकारले साथ नदिएको गुनासो सुनिने गरेको छ । गुनासोबीच नै महानगरपालिकाले नदी सफाइ सुरु गरेको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुशासन मार्गचित्र अध्ययन समितिको प्रतिवेदन सार्वजनिक

काठमाडौं । सुशासन मार्गचित्र अध्ययन समितिले शासकीय सुधारका क्षेत्रमा गर्नुपर्ने कामबारे अध्ययन गरी सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक भएको छ। जेन...

ओलीको रिहाइको माग गर्दै आजपनि माइतीघरमा एमालेको प्रदर्शन

काठमाडौँ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै नेकपा एमालेका कार्यकर्ताहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। नेकपा एमाले काठमाडौ...

ओली पक्राउको विरोधमा एमालेले बुझायो विरोधपत्र, काठमाडौंका सीडीओले भने– राजनीतिक विषयमा प्रवेश गर्दैनौं

काठमाडौँ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएको छ।...

प्रधानमन्त्री बालेन मन्त्रीहरूसँग छलफलमा

काठमाडौं । प्रधानमन्त्री बालेन शाह मन्त्रीहरूसँग छलफलमा जुटेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार उनी हाल मन्त्रीहरूसँग स...

तीन पूर्वप्रधानमन्त्रीमाथि पनि प्रहरीले थाल्यो सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ। पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष...

छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, चार जना घाइते

मकवानपुर। मकवानपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु र चार जना घाइते भएका छन् । भीमफेदी–कुलेखानी–काठमाडौँ सडकको मकवानपुर भीमफेदी गाउँपालिका ६...

रमेश लेखक अदालतमा उपस्थित, ओलीलाई पनि आजै पेश गरिने

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइ...

ओली र लेखकको रिहाइ माग्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता हुने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्द...

एमाले प्रदर्शनमा पक्राउ परेका एक जना फरार प्रतिवादी, अन्य ६ जना रिहा

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध भएको प्रदर्शनका क्रममा पक्राउ परेका एक जना फरार प्रतिवादी र...

ओली पक्राउको विरोधमा प्रदर्शन, सिंहदरबारको दक्षिण गेटबाट ७ जना पक्राउ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शन गर्ने क्रममा काठमाडौंमा ७ जना प्रदर्शनकारी पक्राउ परेका छन्। जिल्ला प्रहर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending