पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा एपमार्फत ‘राइड सेयरिङ’ सञ्चालनमा रोक लगाइएको छ । पोखरामा पछिल्लो समय ईनड्राईभ लगायतले एपमार्फत सञ्चालन गर्दै आएको ‘राईड सेयरिङ’ सञ्चालनमा रोक लगाइएको हो ।
यातायात व्यवस्था कार्यालय कास्कीले एक सूचना निकालेर ‘राइड सेयरिङ’सञ्चालनमा पूर्ण रुपमा रोक लगाएको जनाएको छ । गण्डकीमा ‘राइड सेयरिङ’ सम्बन्धी कानुन बनी नसकेकाले सञ्चालनमा रोक लगाइएको यातायात व्यवस्था कार्यालय (सवारी) कास्कीले जनाएको छ ।
गण्डकीमा ‘राइड सेयरिङ’ सम्बन्धी नियमावली बनिसकेको छ । तर कार्यविधिसँगै मापदण्ड बनेको छैन । नियमावलीमा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधनले यात्रु बिमासँगै भाडा दर निर्धारण लगायतका मापदण्ड पूरा गर्नुपर्ने भनिएको छ । कार्यविधिसँगै मापदण्ड नबन्दा त्यस्ता एपमार्फत सञ्चालन हुने ईनड्राइभ, पठाओ, सहारा लगायतले आफैले एप बनाउने अनि भाडा दर पनि आफै तोकेर यात्रु ओसार पसार गर्दै आएका छन् । यसरी जथाभाबी रुपमा ‘राइड सेयरिङ’ सञ्चालन भएको पाइएपछि कार्यालयले सूचना निकालेर त्यस्ता कार्यप्रति रोक लगाएको हो ।
कार्यालयले सूचनाको बेवास्ता गरेर राईड सेयरिङ सञ्चालन गर्दै निजी सवारी साधनमा यात्रु ओसारपसार गरे कारबाही गरिने चेतावनी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: