म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ हिलापोखरीमा सिँचाइ आयोजना निर्माण भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले उपभोक्ता समितिमार्फत हिलापोखरीमा सिँचाइ आयोजना निर्माण गरेको हो । उपभोक्ता समितिका अध्यक्ष रमेश पौडेलले तीन सय ६० मिटर लामो पक्की नहर निर्माण गरिएको जानकारी दिए ।
“च्युरीबोटस्थित घट्टेखोला हुँदै २५ मुरेसम्म तीन सय ४९ मिटर लामो पक्की नहर बनाउने लक्ष्य रहेकामा सोभन्दा बढी बनाएका छौँ”, उनले भने, “गत वैशाख महिनादेखि थालिएको नहर निर्माणको काम यसै साता सकिएको हो ।” यस योजना निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु १५ लाख बजेट विनियोजन गरेको छ । आयोजनामार्फत पक्की नहरको अतिरिक्त ४८ मिटर पाइपलाइन जडान गरिएको छ ।
उपभोक्ता समितिका सचिव फिरोज घर्तीमगरले स्थानीय मजदुर परिचालन गरेर सिँचाइ आयोजना निर्माण गरेको जानकारी दिए । घरधुरी २० भन्दाबढी कृषकको दुई सय रोपनी बढी खेतबारी र बगैँचामा सिँचाइ गर्न सहज भएको छ । यसअघि खोल्साको पानी कच्ची नहरबाट बगाउँदा चुहिने र भासिने समस्या थियो । सिँचाइ अभावमा आकाशे पानीकाभरमा एक बाली मात्र लगाउने गरिएको थियो । सिँचाइ सुविधा भयो भने बाह्रै महिनाखेती लगाउन सकिने भएको छ ।
खानेपानी जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत चालु आर्थिक वर्ष म्याग्दीमा ६० सिँचाइ आयोजना सञ्चालन भएको कार्यालय प्रमुख झलकमोहन ओझाले बताए । बादुक र घारेनी कोत्रवाङ सिँचाइ आयोजनाको बहुवर्षीय ठेक्का आह्वान गरेको र अन्य आयोजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा प्रतिनिधिसभा सदस्य करिश्मा कठरिया (चौधरी)ले किसानले माग गर्दा पनि सरकारले सहज रूपमा मल उपलब...
आषाढ़ २५ गते, २०८३ - १५:१४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले नेपालको स्थापित परराष्ट्र नीति, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतासँग जोडिएका विषयमा सरक...
आषाढ़ २५ गते, २०८३ - १४:५६
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । विभागको ३ नम्बर गेटअगाडि एक पुरुषले ...
आषाढ़ २५ गते, २०८३ - १४:२९
काठमाडौं । चालु आर्थिक वर्ष समाप्त हुन केही दिन बाँकी रहँदा सरकारले भुक्तानीको गति तीव्र बनाएको छ। महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार बुध...
आषाढ़ २५ गते, २०८३ - १४:२४
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या, प्रवर्द्धन, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका विषयमा निर्माण व...
आषाढ़ २५ गते, २०८३ - १४:१५
काठमाडौं । प्रतिपक्षी दलहरूको विरोध गर्ने शैलीबारे सभामुखले दिएको सुझावप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रश्न उठाएको छ। प्रधानमन्त्री बाल...
आषाढ़ २५ गते, २०८३ - १३:४२
काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा र प्रतिनिधि सभा संसदीय दलका चार जना पदाधिकारीले प्रतिनिधि सभा नियमावली, २०८३ का केही व्यवस्था संविधानसँग बा...
आषाढ़ २५ गते, २०८३ - १३:३२
काठमाडौं । प्रतिनिधिसभाको १७ जेठमा भएको घटनाबारे छानबिन गर्न गठित समितिले संसदीय मर्यादा उल्लंघन भएको निष्कर्ष निकाल्दै सभामुखलाई प्राप्त विशेषाधिकार ...



प्रतिकृया लेख्नुहोस्: