Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

११ महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा

खबरडबली संवाददाता

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिना अवधिमा मुलुकले १३ खर्ब १४ अर्ब ४४ करोड बराबर व्यापार घाटा ब्यहोरेको छ। 

भन्सार विभागले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार यो अवधिमा नेपालले रु. १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाखको आयात गर्दा रु. एक खर्ब ३९ अर्ब २६ करोड २३ लाख बराबरको मात्रै निर्यात गरेको हो।

विभागका अनुसार ११ महिनामा नेपालले कूल  १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख बराबरको वैदेशिक व्यापार गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा गरेको कुल वैदेशिक व्यापारको तुलनामा यो एक दशमलव ९५ प्रतिशतले कम हो। 

गत आर्थिक वर्ष २०७९/८० को जेठ महिनासम्ममा कूल १६ खर्ब २४ अर्ब ५६ करोड बराबरको वैदेशिक व्यापार भएको थियो। गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा आयात एक दशमलव ८४, निर्यात तीन दशमलव एक र वैदेशिक व्यापार घाटा एक दशमलव ७२ प्रतिशतले घटेको हो।

जेठ मसान्तसम्ममा नेपालले भारतसँग मात्र  आठ खर्ब १३ अर्ब ७८ करोड २९ लाख बराबर व्यापारघाटा व्यहोरेको छ। भारतसँग  नौ खर्ब आठ अर्ब २९ करोड ९२ लाखको आयात हुँदा  ९४ अर्ब ५१ करोड बराबरको मात्रै निर्यात भएको छ। अर्को छिमेकी मुलुक चीनसँग ११ महिना अवधिमा  दुई खर्ब ७० अर्ब ४० करोड व्यापार घाटा देखिएको छ। 

चीनबाट दुई खर्ब ७२ अर्ब ८१ करोडको आयात हुँदा  दुई अर्ब ४० करोड ९८ लाख बराबर निर्यात देखिएको हो। बढी व्यापार घाटा देखिएका मुलुकको सूचीमा युनाइटेड अरब इमिरेट्स तेस्रो नम्बरमा छ। युएईसँग  २८ अर्ब ४८ करोड २५ लाखको आयात र  दुई अर्ब ४२ करोड ८३ लाखको निर्यात हुँदा कुल २६ अर्ब पाँच करोड ४२ लाख बराबरको व्यापार घाटा देखिएको हो।

नेपालको वैदेशिक व्यापारमा सबैभन्दा नाफा अफगानिस्तानसँग देखिएको छ। चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा अफगानिस्तानबाट एक करोड १६ लाख ९० हजार बराबरको आयात हुँदा ४० करोड ३४ लाख ९७ हजार बराबर निर्यात भएको छ। 

नेपालले अफगानिस्तानसँगको व्यापारमा ३९ करोड १८ लाख सात हजार बराबर फाइदा गरेको छ। त्यस्तै, नर्वे, सुडान, आइसल्यान्ड, मौरिससलगायतका मुलुकसँगको व्यापारमा पनि नाफा देखिएको छ। रासस  

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending