Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

बजेटविरुद्ध चर्किएको एमालेको आक्रोश, सत्ता समीकरणको भविष्य प्रचण्डको हातमा निर्भर

एमालेलाई देवेन्द्र पौडेलको प्रश्न- आफ्नै सरकारको आलोचना गर्दै हिँडेर त कहाँ पुगिएला र ?

खबरडबली संवाददाता

काठमाडौं । संयुक्त सरकारले प्रस्तुत गरेको बजेटप्रति सत्ता साझेदार नेकपा एमालेका सांसदहरूको स्वर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदसँग मिल्दै गएको देखिएको छ। त्यसलाई नेकपा माओवादी केन्द्रका नेताहरूले सहज रूपमा लिएको पाइँदैन।

एमाले अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि जनाएको बजेटलाई लिएर मङ्गलवारको संसद् बैठकमा उनकै पार्टीका सांसदहरूले चर्को आलोचना गरेपछि त्यो चर्चाको विषय बन्न पुगेको हो।

ओलीको अभिव्यक्तिपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीसँग छलफल गरेका थिए। त्यसपछि फेरि उनीनिकट सांसदहरूको मुखबाट असन्तुष्टि पोखिनुलाई अर्थपूर्ण मानिएको हो।

त्यसले नेकपा माओवादी केन्द्रलाई कति सशङ्कित बनाएको छ?

“उहाँहरूले किन त्यसरी बोलिरहनु भएको छ तर हामी सशङ्कित त छैनौँ”, कतै समस्या र त्रुटि भए शीर्षस्थ तहमा छलफल गरेर हल गर्न सकिने उल्लेख गर्दै माओवादी नेता देवेन्द्र पौडेलले भने, “तर सधैँ असन्तुष्टि पोख्दै, आफ्नै सरकारको आलोचना गर्दै हिँडेर त कहाँ पुगिएला र?”

‘सङ्कट आए माओवादीकै कारण’

संसद् बैठकमा बजेटको आलोचना गर्नेमा सांसद सूर्य थापा एक थिए। उनले सत्ता, समीकरण, सरकार, पक्ष र प्रतिपक्ष परिवर्तनशील भएको मात्र बताएनन् बजेटले समीकरण परिवर्तनको औचित्यसिद्ध गर्न नसकेको आरोप पनि लगाए।

“समग्रमा जनतामा आशा जगाउन सक्नु भएको छैन भने, समीकरण बदलिएर के हुँदो रहेछ र?”, थापाले संसद्मा प्रश्न गरेका छन्।

सुरुमा अध्यक्ष ओली र त्यसपछि उनीनिकट नेताको असन्तुष्टि कतै सत्ता समीकरणमै सङ्कट उत्पन्न गर्ने खालको एमालेको असन्तुष्टि त होइन?

थापाले आफ्नो अभिव्यक्तिबारे भने: “हाम्रो कारणले सत्तामा खतरा छैन, तर माओवादीको व्यवहारले सङ्कट आउन सक्छ, त्यो त म स्पष्ट भन्छु।”

उनले बजेटमा राखिएको ‘जनयुद्ध’ शब्दको आलोचना मात्र गरेनन् पञ्चायतकालमा मारिएका कांग्रेस कार्यकर्ताबारे केही उल्लेख नगरिएको भन्दै त्यसलाई पक्षपातपूर्ण व्यवहारको संज्ञा दिए।

प्रधानमन्त्रीमाथि दबाव बढाउने उद्देश्य

बजेटको चर्को आलोचना गर्नेमा एमाले अध्यक्ष ‌ओलीनिकट अर्का सांसद हुन् गोकुल बास्कोटा। उनले बजेटबारे छलफल गर्न खोज्दा अर्थमन्त्रीसँग भेट्न र कुरा गर्न नपाएको सुनाए।

“बजेट त बन्द हुन्छ नै तर मन्त्रालयको ढोका पनि बन्द भयो, दुष्मननै त होइन होला हामी, गजब गजब देखियो”, बजेटप्रति असन्तुष्टि जनाउने क्रममा नेता बास्कोटाले भने, “एउटा पार्टीको जस्तो छ सत्ता समीकरणको जस्तो छनक छैन, तीतो भए तीतो होस् सत्य यही हो।”

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कतिपय मन्त्रालय अन्तर्गतका विनियोजित शीर्षकहरू पुनर्लेखन गर्नुपर्ने धारणा राखेको छ।

बास्कोटाले पनि भनेका छन्, “अलिकति सच्याऔँ, अलिकति पुनर्विचार गरौँ, अलिकति बदलौँ।”

माओवादी नेताहरूले एमाले नेताहरूको असन्तुष्टिलाई समीकरण नै फेर्ने भन्दा पनि प्रधानमन्त्रीमाथि दबाव बढाउने उद्देश्यको रूपमा हेरेको पाइन्छ।

“नियुक्तदेखि लिएर कतिपय कुराहरूमा आफ्नो प्रभाव, हैसियत र उपस्थितिको निम्ति गरिएको दबावको रूपमा मैले बुझेको छु”, माओवादी नेता देवेन्द्र पौडेलले भने, “तर जो प्रधानमन्त्री हुँदा पनि आवश्यकताभन्दा बढी दबाव दिनु सुहाउने कुरा होइन।”

उनले प्रधानमन्त्री एमाले अध्यक्षसँग नियमित छलफलमा रहेको बताउँदै एमालेको असन्तुष्टि सरकार फेर्ने हदसम्मको नरहेको विश्वास व्यक्त गरे। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending