Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

निर्माणाधीन धुलिखेल–खावा सडक: पानी पर्ने बित्तिकै आवातजावतमा सास्ती

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गतको निर्माणाधीन काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक खण्डमा आज बिहान करिब दुई घण्टा सवारीसाधन रोकिनुपर्‍यो । स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी फसेपछि ‘ट्राफिक–जाम’ हुँदा राजमार्गमा काठमाडौँबाट सिन्धुपाल्चोक, दोलखा र रामेछापसम्म पुग्नेलगायत आकस्मिक यातायातका साधन रोकिएका हुन् । 

चार किलोमिटर लम्बाइको सो सडकखण्डको ३२ किलो भन्ने स्थानमा माथिबाट लेदो बग्दा सडक अवरुद्ध हुँदा आवागमनमा कठिनाइ भएको हो । लेदो पन्छाएर एकतर्फी रुपमा सवारी सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी सूर्य सेढाइँले जानकारी दिनुभयो । समयमै निर्माण सम्पन्न नहुँदा यस राजमार्ग भएर गुड्ने सवारीका यात्रुले दुई वर्षदेखि निकै सास्ती खेप्दै आउनुपरेको छ । निर्माणाधीन सडकखण्डको समयसीमा २०८० चैत १९ गते सकिएपछि केही महिना समय थपेर पुनः निर्माणको काम थालिएको हो । 

पाँचखालबाट सार्वजनिक यातायातमा बनेपा आउनुभएका केदार ढुङ्गानाले करिब दुई घण्टा सडकजाममा परेको गुनासो गरे । “उक्त सडकखण्ड निर्माणको काम छिटो नसकिए वर्षामा यो बाटोमा निकै गाह्रो हुन्छ”, उनले भने । यस्तै राजमार्गमा चल्ने दुईपाङ्ग्रे सवारीका साधनलाई सो खडकखण्ड पार गर्न निकै हम्मेहम्मे पर्दछ । सडक निर्माणको काम समयमा नसकिँदा पुनःनिर्माणका लागि भत्काइएको सडकमा सयौँ दुर्घटना हुँदा यात्री घाइते भएका छन् । सडकखण्ड निर्माणलाई तीव्रता दिन गत जेठ महिनामा दुईपटक करिब एक हप्ता राजमार्ग बन्द गरिएको थियो । सो सडकखण्ड पक्की बनाउन हाल धुलिखेलतर्फबाट बेस, सब–बेस हाल्ने काम सुरु भएको छ भने अन्य स्थानमा नाली तथा ड्रेन–वाल लगाउने काम भइरहेको छ । सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर मेघराज मरासिनीले निर्माणको कामलाई तीव्रता दिन कार्यालयले ताकेता गरिरहेको बताए ।

सो सडकखण्ड स्तरोन्नतिसहित विस्तारका लागि सडक डिभिजन कार्यालय र निर्माण कम्पनीबीच २०७९ जेठ २० गते २२ महिनामा सम्पन्न गर्नेगरी रु २० करोड १९ लाख ४६ हजार पाँच सय एकमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । समयसीमासम्म २० प्रतिशत मात्रै काम भएको मात्रै डिभिजन कार्यालयले जनाउँदै आएको छ । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको हो । 

उक्त सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई दृष्टिगत गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्ने योजना बनाएको छ । अरनिको राजमार्ग हुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी पुग्ने यही सडक हो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सैनिक कल्याणकारी भवनको भाडा विवाद, अदालतको आदेश उल्लङ्घन

काठमाडौँ । न्युरोडको महाङ्कालस्थित सैनिक कल्याणकारी भवनको भाडा विवाद अझै टुङ्गिएको छैन। सैनिक कल्याणकारी कोषले जयन्ती निर्माण सेवा प्रालिसँगको करार सम...

क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडालाई अमेरिकामा बिक्री हुने कुनै पनि विमानमा ५० प्रतिशत कर लगाउने चेतावनी दिनु भएको छ । क्...

जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१५ गिरावट, वार्षिक आधारमा वृद्धि

टोकियो। जापानको सरकारी तथ्याङ्कले जनाए अनुसार डिसेम्बर सन् २०२५ मा जापानको औद्योगिक उत्पादन ०.१ प्रतिशतले घटेको छ । यो जानकारी जापानी अर्थ मन्त्रालयले...

प्रचण्डले एकताको नाममा झुट बोले—विप्लव

काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एकताको नाममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले झुट बोले...

भ्रष्टाचार विरोधी अभियानका कारण सरकारबाट बाहिरिनुपरेको थियो, रुकुम पूर्वबाट जनताको बीचमा फर्कन्छु: प्रचण्ड

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका संयोजक ८८पुष्पकमल दाहाल ‘प्रचण्ड’८८ले भ्रष्टाचार विरोधी अभियान मन नपर्ने वर्ग र तत्त्वले आफूलाई सरकारबाट बाहिर जान...

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगतिः पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाडौँ।अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो त्रैमासमा सम्पन्न गरेका कामकारबाही र उपलब्धि सार्वजनिक गरेको छ । मन्त्रालयले बजेट कार्य...

निर्वाचन विशेष तयारी: गृह मन्त्रालयले ल्यायो वडा तहसम्मको सुरक्षा अवधारणा

काठमाडौँ। गृह मन्त्रालयले वडातहमा क्रियाशील रहेका राजनीतिक दलका पदाधिकारी एवं प्रबुद्ध व्यक्तिको सहभागिता अभिवृद्धि गरी निजलाई निर्वाचनका सबै प्रक्रिय...

धनकुटामा बस दुर्घटना, ६ जना घाइते

धनकुटा । कोशी लोकमार्गअन्तर्गत धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ र धनकुटा नगरपालिका–१ को सिमानामा पर्ने त्रिशुलेमा बस दुर्घटना भएको छ। तेह्रथुमबाट धरा...

ललितपुरमा श्रीमतीको हत्या गरि श्रीमानद्धारा प्रहरीमा आत्मसमर्पण

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनादे पाख्रिनले आफ्नी पत्नी कोपिला पाख्रिन (२३) लाई हत्या गरी प्रहरी कार्यालयमा आत्मसमर्...

उद्योग वाणिज्य संघद्वारा उपमहानगरलाई २५ वटा आगो निभाउने फायर स्ट्रिगुसर हस्तान्तरण

नेपालगन्ज। पछिल्लो समयमा नेपालगन्जका विभिन्न पसल तथा व्यवसायिक प्रतिष्ठानमा आगलागिका घट्नाहरु बढ्दै जाँदा नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज उपम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE