काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गतको निर्माणाधीन काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक खण्डमा आज बिहान करिब दुई घण्टा सवारीसाधन रोकिनुपर्यो । स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी फसेपछि ‘ट्राफिक–जाम’ हुँदा राजमार्गमा काठमाडौँबाट सिन्धुपाल्चोक, दोलखा र रामेछापसम्म पुग्नेलगायत आकस्मिक यातायातका साधन रोकिएका हुन् ।
चार किलोमिटर लम्बाइको सो सडकखण्डको ३२ किलो भन्ने स्थानमा माथिबाट लेदो बग्दा सडक अवरुद्ध हुँदा आवागमनमा कठिनाइ भएको हो । लेदो पन्छाएर एकतर्फी रुपमा सवारी सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी सूर्य सेढाइँले जानकारी दिए ।
समयमै निर्माण सम्पन्न नहुँदा यस राजमार्ग भएर गुड्ने सवारीका यात्रुले दुई वर्षदेखि निकै सास्ती खेप्दै आउनुपरेको छ । निर्माणाधीन सडकखण्डको समयसीमा २०८० चैत १९ गते सकिएपछि केही महिना समय थपेर पुनः निर्माणको काम थालिएको हो ।
पाँचखालबाट सार्वजनिक यातायातमा बनेपा आउँदा करिब दुई घण्टा सडकजाममा परेको गुनासो यात्रु केदार ढुङ्गानाले बताए । उक्त सडकखण्ड निर्माणको काम छिटो नसकिए वर्षामा यो बाटोमा निकै गाह्रो हुने उनको भनाइ छ ।
यस्तै राजमार्गमा चल्ने दुईपाङ्ग्रे सवारीका साधनलाई सो खडकखण्ड पार गर्न निकै हम्मेहम्मे पर्दछ । सडक निर्माणको काम समयमा नसकिँदा पुनःनिर्माणका लागि भत्काइएको सडकमा सयौँ दुर्घटना हुँदा यात्री घाइते भएका छन् । सडकखण्ड निर्माणलाई तीव्रता दिन गत जेठ महिनामा दुईपटक करिब एक हप्ता राजमार्ग बन्द गरिएको थियो ।
सो सडकखण्ड पक्की बनाउन हाल धुलिखेलतर्फबाट बेस, सब–बेस हाल्ने काम सुरु भएको छ भने अन्य स्थानमा नाली तथा ड्रेन–वाल लगाउने काम भइरहेको छ । सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर मेघराज मरासिनीले निर्माणको कामलाई तीव्रता दिन कार्यालयले ताकेता गरिरहेको बताए ।
सो सडकखण्ड स्तरोन्नतिसहित विस्तारका लागि सडक डिभिजन कार्यालय र निर्माण कम्पनीबीच २०७९ जेठ २० गते २२ महिनामा सम्पन्न गर्नेगरी रु २० करोड १९ लाख ४६ हजार पाँच सय एकमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।
समयसीमासम्म २० प्रतिशत मात्रै काम भएको मात्रै डिभिजन कार्यालयले जनाउँदै आएको छ । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको हो ।
उक्त सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई दृष्टिगत गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्ने योजना बनाएको छ ।
अरनिको राजमार्ग हुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी पुग्ने यही सडक हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: