लुम्बिनी । नवलपरासीको प्रतापपुर गाउँपालिका–६ कठहवाका एक निजी विद्यालयमा कक्षा २ सम्म अध्ययन गर्नुभएकी पुनम मुसहरले विद्यालय छोडेको एक वर्ष भयो ।
यसवर्ष कक्षा ३ मा भर्ना हुनुपर्ने भएपनि उनका अभिभावकले भर्ना गर्न सकेनन्। विद्यालय जाने इच्छा भएपनि पुनमले अध्ययन गरेका निजी विद्यालयको बाँकी शुल्क तिर्न नसक्दा गाउँ नजिकैको सामुदायिक विद्यालयलेसमेत भर्ना लिन मानेन ।
केही वर्षअघि बुबा धिमल मुसहरले पुनमसँगै उहाँका दुई दाजु बहिनीलाई नजिकैको एपेक्स बोर्डिङ स्कुलमा भर्ना गरेका थिए। आर्थिक अभावले शुल्क तिर्न नसकेपछि उनहरूले पढ्न पाएनन्। सामुदायिक विद्यालयमा पढ्न खोज्दा, स्थानान्तरण प्रमाणपत्र मागियो । एपेक्सको पाँच हजार बक्यौता तिर्न नसकेपछि सामुदायिक विद्यालयमासमेत भर्नाबाट बञ्चित हुनुप(यो ।
कठहवाका अधिकांश मुसहर बालबालिका आर्थिक अभावमा विद्यालय जान सकेका छैनन् । कठहवामा मात्रै ४० घरपरिवार मुसहर जाति बस्छन् । यहाँका अधिकांश विद्यालय उमेर समूहका बालबालिका विद्यालय जाँदैनन् ।
पुरै बस्तीबाट एकजना मात्र एसइई परीक्षा दिएर परीक्षाफलको प्रतिक्षामा रहनुभएका उमेश मुसहरले भने, “यो गरिब बस्ती हो, यहाँ मजदुरी नगरे मुख जुठो पार्न गाह्रो छ, बालबच्चा कसरी पढाउने ?
जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक बाबुराम सुवेदीले स्थानान्तरण प्रमाणपत्र विना कुनै विद्यालयले विद्यार्थी भर्ना गर्न नपाउने बताए। “अझ यो वर्ष अनलाइन इएमआइएस प्रणाली लागू भएकाले अध्ययनरत विद्यालयले स्थानान्तरण प्रमाणपत्र नदिएसम्म अर्को विद्यालयले भर्ना गर्न नपाउने व्यवस्था छ”, उनले भने ।
गाउँपालिका शिक्षा शाखा प्रमुख डिल्लीराम ढुङ्गानाले मुसहर गाउँका अधिकांश बालबालिका विद्यालयबाहिर रहेको समस्याबारे जानकारी भएको स्वीकार्दै भने, “अभिभावकले पनि आफ्नो आर्थिक हैसियत नहेरी छोराछोरीलाई निजी विद्यालयमा भर्ना गर्ने र शुल्क बाँकी राख्दै सामुदायिक विद्यालयमा ल्याउने समस्या छ ।”
प्रतापपुर गाउँपालिका–६ का वडाध्यक्ष केशवप्रसाद अधिकारीले मुसहर समुदायको सामाजिक विकासका लागि धेरै प्रयास भए पनि सफलता प्राप्त नगरेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - ०८:२९
हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...
पौष ११ गते, २०८२ - ०८:१६
काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...
पौष ११ गते, २०८२ - ०८:१३
काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...
पौष ११ गते, २०८२ - ०८:०६
काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...
पौष ११ गते, २०८२ - ०७:५०
म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...
पौष ११ गते, २०८२ - ०७:४४
मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...
पौष ११ गते, २०८२ - ०७:३७
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...
पौष ११ गते, २०८२ - ०७:३३
काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...
पौष ११ गते, २०८२ - ०७:०५
मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...
पौष ११ गते, २०८२ - ०७:०१
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...




प्रतिकृया लेख्नुहोस्: