Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

मरुवा खोलामा पुल नहुँदा वर्षायाममा समस्या

खबरडबली संवाददाता

उदयपुर । उदयपुरको कटारी नगरपालिका–४ स्थित कटारी बजार र तित्रीबोट जोड्ने मरुवाखोलामा पक्की पुल नहुँदा आउजाउमा समस्या हुने गरेको छ । 

तीन वर्षअघि कोशी प्रदेश सरकारका तत्कालीन् भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कला घलेले पुलको शिलान्यास गरेकी थिइन्  । “शिलान्यास भएपछि पुल बन्ने खुसियालीमा थियौँ तर पक्की पुललाई बजेट पुग्दैन भनेर पुल अन्यत्र सारे”, तित्रीबोटका स्थानीय मोहन दनुवारले भने, “मरुवाखोला भनेर यहाँ धुमधामका साथ शिलान्यास गरे पछि पुल चाहिँ माथि लगेर बनाएछन् ।”

यहाँ पुल नहुँदा वर्षामा आउने बाढीले आउजाउमा समस्या हुने गरेको छ । “कटारी बजारबाट घर आउन सकिँदैन, विद्यार्थीहरु उतै रोकिन्छन्”, कटारी ४ गँबुवाका दीपक राईले भने, “बिरामी हुँदा एम्बुलेन्स ल्याउनसमेत सकिँदैन ।” यहाँ पुल निर्माणका लागि प्रदेश सरकार, केन्द्र सरकारका प्रतिनिधिलाई पटकपटक आग्रह गरेको स्थानीय क्षेत्रबहादुर तामाङले बताए । उनले भने, “सरकारले पुरानो बाटोमा पुल बनाउन उपेक्षा गरेको देखियो ।” 

वडा कार्यालय र वडावासीलाई जोड्ने मुख्य बाटोमै पुल नहुँदा समस्या भएको वडाध्यक्ष भूपेश तामाङले बताए । तीन दशकअघिसम्म पहाडी जिल्ला ओखलढुङ्गा, सोलुखुम्बु पैदल हिँड्ने यो एकमात्र रुट थियो । केही वर्षअघि यो रुटमा पनि सडक ट्रयाक खोलिएको छ । यहाँ पुल नबन्दा कटारी–४ का साथै माथिल्लो वडा ११, १२, १३ र सिन्धुलीको पूर्वी भेगका स्थानीयसमेत समस्यामा पर्ने गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८ वर्षपछि तमोर पुलमा गति, ट्रस जडान सुरु हुँदा स्थानीय उत्साहित

ताप्लेजुङ । आठ वर्षदेखि निर्माणाधीन रहेको तमोर नदीमाथिको मोटरेबल पुलले अन्ततः गति लिएको छ । ताप्लेजुङको निघुरादिन र पाँचथरको अमरपुर जोड्ने लिम्बुनीस्थ...

प्रदेश सरकार फेरबदलको खेलमा नलाग्ने प्रचण्डको दाबी

सुर्खेत । नेकपाका संयाेजक पुष्पकमल दाहाल प्रचण्डलेअहिलेको सत्ता समीकरणमाथि तीखा टिप्पणी गर्दै कांग्रेस–एमालेले प्रदेश सरकार गठनका लागि दिएको प्रस्ताव ...

सभापतिसँग असन्तुष्ट उपसभापति : फेसबुकबाटै राजीनामा, कांग्रेस रुपन्देहीमा नयाँ तरंग

रुपन्देही । नेपाली कांग्रेस रुपन्देहीभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ । जिल्ला सभापति रामकृष्ण खाणको  कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उपसभापत...

जेनजी आन्दोलनले जलेको सिंहदरबार फेरिँदै : प्रधानमन्त्री कार्यालयको धमाधम मर्मत

काठमाडौं । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मर्म...

ललितपुरको कुम्भेश्वर मन्दिर परिसरमा पिपलको रुख ढल्यो

ललितपुर । ललितपुरको कुम्भेश्वर मन्दिर परिसरमा रहेको एउटा पिपलको रुख ढलेको छ।  स्थानीयका अनुसार आज दिउँसो ४:४५ बजेतिर सो रुख ढलेको हो। रुख ढले पनि ...

मृत्यु भएपछि कानैबाट गायब भयो सुन: अस्पतालले चेक थमाएर मिलाउन खोज्यो विवाद

विराटनगर । विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको शवबाट सुनको मुन्द्रा गायब भएको घटनाले अस्पतालको सुरक्षा र लापरबाहीम...

२४ कम्पनीको आईपीओ बिक्रीका लागि अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालसम्म २४ कम्पनीलाई साधारण शेयर (आईपीओ) बिक्रीका लागि अनुमति प्रदान गरेको छ । बोर्डले चालु आर्थिक वर्षको चैत मसान्त...

बर्दघाट सुस्तापूर्वमा कार दुर्घटना, चालकको मृत्यु

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–८, खरकट्टा जङ्गल क्षेत्रमा आज कार दुर्घटना हुँदा चाल...

डलर जोगाउन भारतको नयाँ कदम : सुनपछि अब चाँदी आयातमा पनि कडाइ

काठमाडौं । पश्चिम एसियामा चुलिँदै गएको तनावबीच भारत सरकारले सुनपछि अब चाँदी आयातमा पनि कडा नियन्त्रण सुरु गरेको छ । विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्न ...

पुटिनले इरान युद्धबारे यूएईका राष्ट्रपतिसँग गरे कुरा, क्रेमलिनले के भन्यो ?

काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग इरान युद्धको बारेमा संवाद गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending