काठमाडौं । देशका विभिन्न् स्थानबाट हत्या आरोपमा आठजना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई बैतडी र सिराहबाट पक्राउ गरेको हो ।
बैतडीको पाटन नगरपालिका-६ पाटन बस्ने ४६ वर्षीय बीरभान बिष्टको हत्या गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाटन नगरपालिका-६ पाटन बस्ने २६ वर्षीया भागरथी बिष्ट, सोही नगरपालिका-१ लदौरी बस्ने २० वर्षीय राजेन्द्र भट्टराई र १८ वर्षीय किशोर रहेका छन् ।
भागरथीले शनिबार बीरभानको हत्या गरेको भन्ने खबरप्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप सोधपुछको क्रममा भागरथीले बीरभानको हत्या गरी राजेन्द्र , ती किशोर र पाटन नगरपालिका-६ बस्ने ३० वर्षीय आशिष पहरीलाई शव जिम्मा लगाई सोही ठाउँस्थित घाङलखोलामा खसाल्न लगाएको भन्ने खुल्न आएपश्चातत जिल्ला प्रहरी कार्यालय डडेल्धुरासँगको समन्वयमा डडेल्धुरा गन्यापधुरा गाउँपालिका-१ भत्काडाबाट राजेन्द्र र ती किशोरलाई पक्राउ गरेको हो ।
प्रहरीले हाल फरार आशिषको खोजी गरिरहेको छ ।
यसैगरी सिराहाको धनगढीमाई नगरपालिका(१२ ठठिया बस्ने ३० वर्षीय राकेश यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा नरहा गाउँपालिका(१ गौराहा बस्ने २० वर्षीय आनन्द सदाय समेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले शनिबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका राकेशको भारतस्थित पिजिआई अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका सबैको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: