विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१÷८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ भएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ११५९२० बमोजिम यही असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले राजस्व र व्ययको वार्षिक अनुमान सदनमा पेस गरेका थिए ।
छलफल प्रारम्भ हुनुअघि मन्त्री मगरले सङ्घीय सरकारबाट प्राप्त हुने ससर्त अनुदान कम हुने भएकाले प्रदेशको बजेटमा सङ्कुचन आएको जानकारी दिए । उनले बजेटमा स्रोतहरुको कमी भए पनि आन्तरिक राजस्व र राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम बढिरहेको जानकारी दिँदै प्रदेश सरकारले प्रशासनिक खर्च घटाउने बताए ।
मन्त्री मगरले कृषिमा आमूल परिवर्तन गर्न अनुदान हटाई कृषिको व्यवसायिकीकरण तथा यान्त्रिकीकरण गर्न वित्तीय संस्थाबाट लिइने क्रृणको ब्याज प्रदेश सरकारले व्यहोर्ने भन्दै आगामी आर्थिक वर्षमा अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्ने तथा १०औँ राष्ट्रिय खेलकुदका निम्ति खेल र खेलाडीको मनोबल बढाउन बजेट विनियोजन गरेको जानकारी दिए । उनले यातायात क्षेत्र प्रदेशको आम्दानीको ठूलो स्रोत भएकाले यसलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।
राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य रेवतीरमण भण्डारीले बजेट यथार्थपरक तथा सन्तुलित रहेको चर्चा गर्दै सरकार स्रोतको चापमा परे पनि सामाजिक न्याय, कृषि, खानेपानी तथा सिँचाइका निम्ति योजना कार्यान्वयन गर्न सक्नेगरी प्रस्तुत भएको बताए ।
सभाका अर्का सदस्य गोम्बु शेर्पाले आन्तरिक आय वृद्धि नभएकामा चिन्ता व्यक्त गर्दै सरकारले चालु खर्चभन्दा पुँजीगत खर्च बढाउनु सुखद पक्ष रहेकाे बताए । त्यसैगरी, अर्का सदस्य रमेशकुमार बस्नेतले आगामी आर्थिक वर्षको बजेट सङ्घीयताको मर्मअनुरुप समयानुकूल भएको बताए ।
प्रदेशसभा सदस्य शोभा चेम्जोङले चालु खर्च घटाई पुँजीगत खर्च बढाउनेतर्फ सरकार लाग्नुपर्ने सुझाव दिँदै किसानलाई अनुदान दिन माग गरे । अर्का सदस्य भूपेन्द्र राईले जनताका आवश्यकता बजेटले सम्बोधन नगरेको टिप्पणी गरे ।
त्यसैगरी, अर्का सदस्य गोपाल तामाङले बजेटसँगै रातो पुस्तक पनि प्रदेशसभा सदस्यका हातमा आउनुपर्नेमा त्यसअघि नै सामाजिक सञ्जालबाट सार्वजनिक गर्नु दुखद भएको टिप्पणी गरे । अर्का सदस्य एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारको पुँजीगत खर्च कमजोर रहेकामा चिन्ता व्यक्त गर्दै फजुलखर्च घटाउन समिति गठन गर्नुपर्ने सुझाव दिए ।
त्यसअघि शून्य समयमा प्रदेशसभा सदस्यहरु तारादेवी ढकाल, रामदेव यादव, भूमिप्रसाद राजवंशी, रामप्रसाद महतो, मीना श्रेष्ठ, सविना बजगाईं, उमाकान्त गौतम र गोपालबहादुर विश्वकर्माले मुलुकको समसामयिक अवस्थाबारे मन्तव्य व्यक्त गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: