विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१÷८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ भएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ११५९२० बमोजिम यही असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले राजस्व र व्ययको वार्षिक अनुमान सदनमा पेस गरेका थिए ।
छलफल प्रारम्भ हुनुअघि मन्त्री मगरले सङ्घीय सरकारबाट प्राप्त हुने ससर्त अनुदान कम हुने भएकाले प्रदेशको बजेटमा सङ्कुचन आएको जानकारी दिए । उनले बजेटमा स्रोतहरुको कमी भए पनि आन्तरिक राजस्व र राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम बढिरहेको जानकारी दिँदै प्रदेश सरकारले प्रशासनिक खर्च घटाउने बताए ।
मन्त्री मगरले कृषिमा आमूल परिवर्तन गर्न अनुदान हटाई कृषिको व्यवसायिकीकरण तथा यान्त्रिकीकरण गर्न वित्तीय संस्थाबाट लिइने क्रृणको ब्याज प्रदेश सरकारले व्यहोर्ने भन्दै आगामी आर्थिक वर्षमा अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्ने तथा १०औँ राष्ट्रिय खेलकुदका निम्ति खेल र खेलाडीको मनोबल बढाउन बजेट विनियोजन गरेको जानकारी दिए । उनले यातायात क्षेत्र प्रदेशको आम्दानीको ठूलो स्रोत भएकाले यसलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।
राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य रेवतीरमण भण्डारीले बजेट यथार्थपरक तथा सन्तुलित रहेको चर्चा गर्दै सरकार स्रोतको चापमा परे पनि सामाजिक न्याय, कृषि, खानेपानी तथा सिँचाइका निम्ति योजना कार्यान्वयन गर्न सक्नेगरी प्रस्तुत भएको बताए ।
सभाका अर्का सदस्य गोम्बु शेर्पाले आन्तरिक आय वृद्धि नभएकामा चिन्ता व्यक्त गर्दै सरकारले चालु खर्चभन्दा पुँजीगत खर्च बढाउनु सुखद पक्ष रहेकाे बताए । त्यसैगरी, अर्का सदस्य रमेशकुमार बस्नेतले आगामी आर्थिक वर्षको बजेट सङ्घीयताको मर्मअनुरुप समयानुकूल भएको बताए ।
प्रदेशसभा सदस्य शोभा चेम्जोङले चालु खर्च घटाई पुँजीगत खर्च बढाउनेतर्फ सरकार लाग्नुपर्ने सुझाव दिँदै किसानलाई अनुदान दिन माग गरे । अर्का सदस्य भूपेन्द्र राईले जनताका आवश्यकता बजेटले सम्बोधन नगरेको टिप्पणी गरे ।
त्यसैगरी, अर्का सदस्य गोपाल तामाङले बजेटसँगै रातो पुस्तक पनि प्रदेशसभा सदस्यका हातमा आउनुपर्नेमा त्यसअघि नै सामाजिक सञ्जालबाट सार्वजनिक गर्नु दुखद भएको टिप्पणी गरे । अर्का सदस्य एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारको पुँजीगत खर्च कमजोर रहेकामा चिन्ता व्यक्त गर्दै फजुलखर्च घटाउन समिति गठन गर्नुपर्ने सुझाव दिए ।
त्यसअघि शून्य समयमा प्रदेशसभा सदस्यहरु तारादेवी ढकाल, रामदेव यादव, भूमिप्रसाद राजवंशी, रामप्रसाद महतो, मीना श्रेष्ठ, सविना बजगाईं, उमाकान्त गौतम र गोपालबहादुर विश्वकर्माले मुलुकको समसामयिक अवस्थाबारे मन्तव्य व्यक्त गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८३ - २०:५३
ताप्लेजुङ । आठ वर्षदेखि निर्माणाधीन रहेको तमोर नदीमाथिको मोटरेबल पुलले अन्ततः गति लिएको छ । ताप्लेजुङको निघुरादिन र पाँचथरको अमरपुर जोड्ने लिम्बुनीस्थ...
जेष्ठ ३ गते, २०८३ - २०:०२
सुर्खेत । नेकपाका संयाेजक पुष्पकमल दाहाल प्रचण्डलेअहिलेको सत्ता समीकरणमाथि तीखा टिप्पणी गर्दै कांग्रेस–एमालेले प्रदेश सरकार गठनका लागि दिएको प्रस्ताव ...
जेष्ठ ३ गते, २०८३ - १९:५९
रुपन्देही । नेपाली कांग्रेस रुपन्देहीभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ । जिल्ला सभापति रामकृष्ण खाणको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उपसभापत...
जेष्ठ ३ गते, २०८३ - १९:४१
काठमाडौं । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मर्म...
जेष्ठ ३ गते, २०८३ - १९:३५
ललितपुर । ललितपुरको कुम्भेश्वर मन्दिर परिसरमा रहेको एउटा पिपलको रुख ढलेको छ। स्थानीयका अनुसार आज दिउँसो ४:४५ बजेतिर सो रुख ढलेको हो। रुख ढले पनि ...
जेष्ठ ३ गते, २०८३ - १९:२८
विराटनगर । विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको शवबाट सुनको मुन्द्रा गायब भएको घटनाले अस्पतालको सुरक्षा र लापरबाहीम...
जेष्ठ ३ गते, २०८३ - १९:२३
काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालसम्म २४ कम्पनीलाई साधारण शेयर (आईपीओ) बिक्रीका लागि अनुमति प्रदान गरेको छ । बोर्डले चालु आर्थिक वर्षको चैत मसान्त...
जेष्ठ ३ गते, २०८३ - १९:२१
नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–८, खरकट्टा जङ्गल क्षेत्रमा आज कार दुर्घटना हुँदा चाल...
जेष्ठ ३ गते, २०८३ - ०९:०३
काठमाडौं । पश्चिम एसियामा चुलिँदै गएको तनावबीच भारत सरकारले सुनपछि अब चाँदी आयातमा पनि कडा नियन्त्रण सुरु गरेको छ । विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्न ...
जेष्ठ ३ गते, २०८३ - ०९:००
काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग इरान युद्धको बारेमा संवाद गर...



प्रतिकृया लेख्नुहोस्: