Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

राष्ट्रपति पौडेलले भोलिदेखि जर्मनीको औपचारिक भ्रमण गर्दै

खबरडबली संवाददाता
काठमाडौँ । ११२औँ अन्तर्राष्ट्रिय श्रमसम्मेलनमा भाग लिन स्वीट्जरल्याण्डको जेनेभा पुग्नुभएका राष्ट्रपति रामचन्द्र पौडेलले आगामी असार १ गतेदेखि जर्मनीको औपचारिक भ्रमण गर्दै छन्। राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेको हो । उनले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयलका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए। राष्ट्रपति पौडेल  असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्नेछन्।
 
नेपाल र जर्मनीबीच सन् १९५८ अप्रिल ४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसयता दुई देशबीचको सम्बन्ध मित्रता, आपसी समझदारी र सहयोगका आधारमा बढ्दै गएको छ । दुवै देशले एकअर्काको राजधानीमा आवासीय दूतावास स्थापना गरेका छन् ।
 
मन्त्रालयका अनुसार नेपालले ५ जुलाई १९६५ मा बर्लिनमा आफ्नो दूतावास स्थापना गरेको थियो । जर्मनीले  काठमाडौँमा सन् १९६३ मा आफ्नो दूतावास स्थापना गरेको हो । सन् २०१८ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सव मनाउन जर्मनी र नेपालमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।
 
विभिन्न तहमा भएका भ्रमण आदानप्रदानले दुई देशबीचको घनिष्ठ र सौहार्दपूर्ण सम्बन्धलाई सुदृढ बनाउन योगदान पु¥याएको छ । जर्मनीका तत्कालीन राष्ट्रपति हाइनरिक ल्युब्केल सन १९६७ र राष्ट्रपति प्रा रोमन हर्जोगले सन् १९९६ मा नेपाल भ्रमण गरेको थिए।
 
तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्याले सन् १९८६ अक्टोबरमा जर्मनीको भ्रमण गरेको थिए। त्यस्तै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सन् १९९५ फेब्रुअरी र सन् २००० सेप्टेम्बरमा तथा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले सन् १९९५ अप्रिलमा जर्मनीको भ्रमण गरेको थिए।
 
यसैगरी तत्कालीन उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री माधवकुमार नेपालले  सन् १९९५ फेब्रुअरी र तत्कालीन परराष्ट्र मन्त्री उपेन्द्र यादवले सन् २००९ मार्चमा जर्मनको भ्रमण गरेको थिए। यसैगरी नेपाल लगानी वर्ष २०१२ को सन्दर्भमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सन् २०१२ फेब्रुअरी २८ मा जर्मनीको भ्रमण गरेको थिए । 
 
सोह्रवटा राज्यहरु मिलेर बनेको जर्मनी युरोपको केन्द्र भागमा रहेको महत्वपूर्ण मुलुक हो । जर्मनी विश्वकै चौथो र युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश हो । नेपालका लागि जर्मनी चौथो विकास–साझेदार मुलुक हो । जर्मनी व्यपार साझेदारी मात्र नभई नेपालीवस्तु तथा सेवाको सम्भावित ठूलो बजार र निर्यात व्यपार तथा लगानी प्रबद्र्धन र पर्यटक भित्रयाउन सक्ने ठूलो सम्भावना बोकेको राष्ट्र हो । नेपालबाट जर्मनीतर्फ बार्षिक करिब डेढ अर्ब बराबरको बस्तु निर्यात हुँदैआएको छ भने जर्मनीबाट त्यसको तीन गुणासम्म आयात हुने गरेको तथ्याङ्कले देखाएको छ ।
 
जर्मनबाट मूलत अप्पटिकल उपकरण, फोटोग्राफी, सर्जिकल उपकरण, औषधिजन्य उत्पादन र सवारी साधान आयात हुन्छ भने यहाँबाट गलैँचा, मह, तयारी पोशाक, पश्मिना, हस्तकला, चाँदीका गहना, काठ र बाँसजन्य समान, जडिबुटी, अलैँची, चिया निर्यातको प्रशस्त सम्भावना छ । विगतमा काठमाडौबाट जर्मनी दैनिक सिधा हवाई उडान सम्पर्क सञ्जाल रहेकै कारण नेपाली गलैँचा निकासीको राम्रो गन्तव्य थियो ।
 
जर्मनीबाट प्रविधि हस्तान्तरणको उदाहरणका रुपमा  सफल र आनुधिक नवीकरणीय उर्जा सम्बन्धी प्रविधि भित्रयाउने ठूलो सम्भावना छ । दुवै मुलुकमा प्रचुर पर्यटकीय आकर्षण छ । एक तथ्याङक अनुसार सन् २०१९ मा ३६ हजार ६४१ जर्मन नेपाल घुम्न आएका थिए । नेपालको हिमाल आरोहणमा जर्मन नागरिकको विशेष रुची देखिन्छ । उच्च प्रतिव्यक्ति आय र सरकारी नीति समेत भएका कारण जर्मन नागरिकका लागि  नेपाल पर्यटकका लागि हब हुन सक्ने प्रशस्त सम्भावना बोकेको छ ।
 
नेपालाई जर्मनीले कृषि, सहरी विकास, फोहर–मैला व्यवस्थापन, साना तथा घरेलु उद्यम विकास, गरिवी निवारण, भैतिक पूर्वाधर, विद्युत प्रसारण लाइन, जलविद्युत आयोजना,  नवीकरणीय उर्जा, शिक्षा, स्वास्थ्य, वातारण संरक्षण र मानवीय सहायता  उपलब्ध गराउँदै आएको छ ।
 
विस २०७२ को भूकम्पपछि जर्मनीले औपचारिक माध्यम मार्फत ४।५ मिलियन र पुर्ननिर्माणका लागि ३० मिलियन युरो उपलब्ध गराएको थियो । गैरसरकारी तथा निजी क्षेत्रमार्फत पनि जर्मनीबाट त्यस बेला ठूलो सहयोग प्राप्त भयो । सरकारी  तवरमा जर्मन सरकारले ७० मेघावाटको मध्य मस्याङ्दी जलविद्युत आयोजनामा ऐएफडब्लु बैँकबाट २०० मिलियन युरो लगानी गरेको छ ।
 
जर्मनीबाट नेपालमा कृषि, पर्यटन, नवीकरणीय उर्जा, पूर्वाधार विकास, खाद्यान्न प्रशोधन, सूचना प्रविधि, शिक्षा र यातायातका क्षेत्रमा लगानी भित्रयाउन सकिने सम्भावना रहेको सरकारी अधिकारीको भनाई छ । जर्मनी दक्ष र व्यवसायिक जनशक्तिका लागि वैदेशिक रोजारीको अवसर प्राप्त गर्ने आकर्षण गन्तव्यकारुपमा रहने आँकलन गरिएको छ । जर्मनीमा करिब १५ हजार बढी नेपाली अध्ययन र विभिन्न पेशा व्यवसायमा संलग्न भएको छ । उनीहरुले जनस्तरको सम्बन्धलाई समेत प्रगाढ तुल्याउन योगदान दिइरहेका छन् ।
 
राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल छिन्। प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरु, स्वीट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूतहरु तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु रहुनुभएको छ । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्कनेछन् ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली पक्राउको विरोधमा प्रदर्शन, सिंहदरबारको दक्षिण गेटबाट ७ जना पक्राउ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शन गर्ने क्रममा काठमाडौंमा ७ जना प्रदर्शनकारी पक्राउ परेका छन्। जिल्ला प्रहर...

देशभर २४ घण्टामा ३८ विपद्का घटना: तीन जनाको मृत्यु

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न २८ जिल्लामा ३८ वटा विपद्का घटना दर्ता भए...

सरकारको दिनगन्ती सुरु भयो, भोलीबाट आन्दोलन थप सशक्त बनाउने महेश बस्नेतको चेतावनी

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेत ले आफ्नो पार्टीले देशभर आन्दोलन अझ सशक्त बनाउँदै लैजाने चेतावनी दिएका छन्। प्रहरीबाट आफूहरूमाथि दमन भएको ...

सिंहदरबार आसपास क्षेत्रमा ठूलो संख्यामा प्रहरी तैनाथ

काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि राजधानीको माइतीघर–बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। सुरक्षा स्थिति नियन्त्रणमा लिन प्...

ओली-लेखक पक्राउप्रति पूर्वराष्ट्रपति भण्डारीको आपत्ति, फिर्ता लिन आग्रह

काठमाडौँ । विद्यादेवी भण्डारी ले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको...

प्रहरीको लाठीचार्जबाट एमाले कार्यकर्ता घाइते

काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा उत्रिएका एमाले कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ। लाठीचार्जका क्रममा युवराज ओलीसहित केही ने...

बबरमहलमा प्रहरी र एमाले कार्यकर्ताबीच झडप, क्षेत्र तनावग्रस्त

काठमाडौं । बबरमहल क्षेत्रमा प्रहरी र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। काठमाडौं जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको ह...

मुटुको चाल बढेको र पेट दुखेको ओलीको गुनासो

काठमाडौं । केपी शर्मा ओली हाल त्रिवि शिक्षण अस्पताल मा उपचाररत रहेका छन्। शनिबार बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल लगिएको थिय...

बलात्कार आरोपमा पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ परेका छन्। मुगुको सोरु गाउँपालिका–१० घर भई हाल काठमाडौंको चन्द्राग...

एमालेको प्रदर्शनले माइतीघरको अवस्था तनावग्रस्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली लाई प्रहरीले शनिबार बिहान पक्राउ गरेपछि राजधानीको माइतीघर क्षेत्र तनावग्रस्त बनेक...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending