Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

नेपाल-भारतको 'दुई देश एक संस्कृति'लाई थप बलियो तुल्याउन आवश्यक : नेता महर

खबरडबली संवाददाता

नयाँदिल्ली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाल-भारतबीचको सम्बन्धलाई थप सुमधुर र युग सुहाउँदो बनाउनुपर्ने बताएका छन्।

नेपाली जनसम्पर्क समिति भारतले ४८औं स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि महरले देश दुई संस्कृति एक रहेकाले युग सुहाउँदो सम्बन्ध आवश्यक रहेको औंल्याएका हुन्।

'नेपाल-भारत देश दुई भए पनि हामीबीच सांस्कृतिक एकता छ। परापूर्वकालदेखि रोटी बेटीको सम्बन्ध छ। अब यो सम्बन्धलाई थप व्यवस्थित र समय सान्दर्भिक बनाउनुपर्छ। नयाँ पुस्ताको चाहना अनुसार अगाडि बढाउनुपर्छ,- उनले भने।

कहिले कुनै कुरामा मनमुटाब देखिए पनि नेपाल-भारतबीच त्यो द्वन्द्व नभएर इसीजीको रेखा जस्तो भएको महरको टिप्पणी छ। इसीजीको रेखा तलमाथि नभएमा मानिसको स्वास्थ्य नै जोखिममा पर्ने भएकाले जीवन्तताका लागि कहिलेकाहीँ सम्बन्धको रेखा पनि चलायमान हुनुपर्ने उनले बताए। 'हामीबीचमा सम्बन्धको रेखा चलायमान हुनु आवश्यक छ। तर, त्यो सकारात्मक दिशामा मात्र चलायमान हुनुपर्छ। जुन नेपाल-भारतबीच वर्षौंदेखि सकारात्मक दिशामा चलायमान हुँदै आएको छ,' उनले भने।

पहिले नेपालका युवाहरू उच्च शिक्षाका लागि भारत आउने भए पनि अब उनीहरूको ज्ञान सिपको समेत भारतले सदुपयोग गर्न सक्नुपर्ने महरले बताए। युवाहरूलाई आर्थिक गतिविधिसँग जोड्न सके दुई देशबीचको सम्बन्ध थप बलियो हुने उनको भनाइ छ।

नेपालको समृद्धि बीना भारत र चीनको समृद्धि पनि सम्भव नभएकाले यो कुरालाई भारतले अझ बलियो गरी बुझ्नुपर्ने महरको भनाइ छ। 'समृद्धिका लागि छिमेकी मुलुक पनि बलियो हुनुपर्छ। भारतसँग हाम्रो धेरै कुरा मिल्छ। खुला सीमा छ। दुवै देशका नागरिकबीच भाइचाराको सम्बन्ध छ। त्यसैले भारत सरकारले आफ्नै देशसँगै नेपालको समृद्धिमा पनि टेवा पुर्‍याउनुपर्छ। यसो भएमा दुई देशबीचको भावनात्मक सम्बन्ध थप बलियो हुनेछ,' उनले भने।

बिपी कोइरालाले ४७ वर्ष अगाडि विदेशमा रहेका नेपालीको सिप, विचार र क्षमतालाई राष्ट्र निर्माणमा लगाउनुपर्छ र उनीहरूको सहयोग लिएमा लोकतन्त्रको जग थप बलियो बनाउन सकिन्छ भन्ने सोचका साथ सम्पर्क समितिको स्थापना गरेको स्मरण गरे। अहिले विश्वका विभिन्न ३७ देशमा सम्पर्क समिति रहेका छन्। त्यहाँ रहेका नेपालीहरू सम्पर्क समितिको माध्यमबाट अवैतनिक राजदूतका रूपमा नेपाल निर्माणमा भूमिका खेलिरहेको महरको भनाइ छ।

त्यसैले जनसम्पर्क समितिबाट पार्टीमा र संसद्‍मा प्रतिनिधित्व गराउने कुरामा कांग्रेसभित्र छलफल भइरहेको महरको भनाइ थियो। उनले प्रवासमा रहेका नेपालीसँग सँगै रहेर कांग्रेस अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्।

सुनिता कुँवरको सभापतित्वमा सम्पन्न कार्यक्रममा जनसम्पर्क समितिका संस्थापक केएम रावल, युवा नेता सन्दीप रानालगायतको सहभागिता रहेको थियो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महेश बस्नेतलाई पक्राउ अनुमति दिन जिल्ला अदालतले गर्याे अस्वीकार

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ अनुमति दिन जिल्ला अदालतले अस्वीकार गरेको छ। धादिङकी शोभा पाठकले पहिल्यै दर्ता गरिएको तामेली मुद...

ओलीलाई रिहा गर्न अदालतको अस्वीकार, कारण देखाऊ आदेश जारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बन्दी प्रत्यक्षीकरणमा छोड्न अदालतले अस्वीकार गरेको छ । सर्वोच्चका न्यायाध...

छात्रावृत्ति रकम हिनामिना गरेको आरोपमा प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। जुम्लाको तातोपानी गाउँपालिका वडा नं. १ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्र बहादुर महतसहित तीन जनाविरुद्ध छात्रावृत्ति...

यातायात कार्यालय एकान्तकुनाबाट १५ बिचौलिया पक्राउ

काठमाडौं । यातायात कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलिया पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको संयुक्त टोलीले उ...

अध्यक्ष ओलीलाई तत्काल रिहाइ गर्न प्रधानमन्त्रीसँग एमाले सांसदहरुको माग

काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र राईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग ग...

ज्यान मार्ने धम्की दिनेमाथी हर्क साम्पाङले दिए प्रहरी साइबर ब्युरोमा उजुरी

काठमाडौं । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूमाथि ज्यान मार्ने धम्की आएको भन्दै नेपाल प्रहरी साइबर ब्युरोमा उजुरी दिएका छन्। साम्पा...

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। आजको बैठक बालेन शाह नेतृत्वमा बसेको दोस्रो ब...

ओलीको स्वास्थ्य अवस्था बुझ्न महाराजगञ्ज पुगिन् पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छिन् । त्रिभुवन विश्वव...

अर्थ मन्त्रालयले एकैपटक गर्याे ३० उपसचिवको सरुवा

काठमाडौं । अर्थ मन्त्रालय ले एकैपटक ३० जना उपसचिवहरूको सरुवा गरेको छ। मन्त्रालयका अनुसार अर्थमा कार्यरत उपसचिवहरूलाई भन्सार विभाग, आन्तरिक राजस्व विभा...

रमेश लेखकलाई रिहाइ गर्न अस्वीकार, सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै उनकी पत्नी यशोदाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा तत्काल रिहाइको आद...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending