काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले आफूहरुले बैठकमा उठाएका जनजीविकासम्बन्धी सवालमा सरकारले जवाफदेहिता नदेखाएको टिप्पणी गरेका छन् ।
सभाको आजको बैठकको शून्य समयमा सांसद कमला पन्तले भनिन्, “हामी संसद्मा जनजीविकाबारे बोल्छौ तर कुनै पनि विषयमा सरकारले सुनवाइ गरेको जस्तो लाग्दैन ।” उनले सांसदले उठाएका विषयमा सातामा एकपटक भए पनि सरकारले जवाफ दिनुपर्ने माग गरिन् ।
सांसद कृष्णप्रसाद पौडेलले मौसमविद्हरुले यस वर्ष सरदरभन्दा बढी पानी पर्ने भनेर विश्लेषण गरेको र तराईमा बाढी र डुबानका कारण करिब १८ लाख मानिस प्रभावित हुनसक्ने अनुमान गरिएको बताए । साथै उनले बाढी पहिरोको उच्च जोखिममा भएका नागरिकलाई सरकारले सुसुचित गरिएको भएपनि जनधनको क्षति न्यूनीकरण गर्ने योजना के छ ? भनी प्रश्न गरे ।
सांसद गोमादेवी तिमिल्सिना देशभर साना र ठूला गरी ५६ वटा विमानस्थल भएपनि १३ वटा अन्तर्राष्ट्रिय र क्षेत्रीय स्तरका रहेको तर विभिन्न जिल्लामा भएका १२ वटा विमानस्थल गौचरणमा परिणत भएको बताइन् । सांसद दुर्गा गुरुङले सुर्खेतको वीरेन्द्रनगरमा बत्ती भएपनि भोल्टेज नपुग्ने र धारामा पानी नआउने समस्या रहेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद नारायणदत्त मिश्रले नेपालमा मनसुन भित्रिसकेको उल्लेख गर्दै सुदुरपश्चिमका टीकापुर, भजनी र जोशीपुरमा सधैँ बाढीको समस्या हुने गरेकोतर्फ सरकारको ध्यानाकर्षण गराए । सांसद भुवनबहादुर सुनारले सरकारले कृषिलाई प्राथमिकता दिएपनि कति कृषि बाली र फलफूलहरु मौसमी मात्र रहेको भण्डारको समस्या रहेको अवगत गराउँदै शीत भण्डारलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरे ।
सांसद मदनकुमार शाह गरिमाले रसी सेनामा नेपाली युवा भर्ना भएको र तीमध्ये कैयौँको मृत्यु भएको तथा केही बेपत्ता भएको विषयमा सरकारको ध्यानाकर्षण गराए ।
सांसद युवराज शर्माले नेपालमा सञ्चालित उद्योगहरुको बक्यौता रहेको विद्युत् महसुलका सम्बन्धमा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: