कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले सेवालाई विस्तार गर्दै लगेको छ । चालु आर्थिक वर्षको दश महिना अस्पतालबाट ७३ हजार चार सय ५० ले बहिरङ र ३१ हजार सात सय ६५ जनाले आकस्मिक कक्षबाट सेवा लिएको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णनन्द भट्टले जानकारी दिए।
त्यस्तै तीन हजार आठ सय ६३ जनाले खोप सेवा, दुई सय १९ जनाले शल्यक्रिया, एक हजार सात सय ९१ जनाले सुत्केरी सेवा लिएको अस्पतालले जनाएको छ । बाह्र हजार तीन सय १७ जनाले भिडियो–एक्सरे सेवा लिएको अस्पतालबाट पाँच सय १६ जनाले यो अवधिमा ‘इसिजी’ सेवा लिएको अस्पतालको भनाइ छ ।
त्यसैगरी चालु आवको वैशाखसम्म एचआइभिका २२ र क्षयरोगका ६६ जना बिरामी थपिएको अस्पतालले जनाएको छ । केही समयअघि मात्रै अस्पतालले सुरु गरेको डायलासिस सेवातर्फ एक हजार आठ सय ६१ जनाले निःशुल्क सेवा लिइरहेको अध्यक्ष भट्टको भनाइ छ ।
अस्पतालको आन्तरिक सुधारका साथै भौतिक संरचना निर्माणमा समेत तीव्रता दिइरहेको बताउँदै अध्यक्ष भट्टले विशेषज्ञ सेवा थपका लागि पनि अग्रसरता देखाइएको जानकारी दिए । आठ प्रकारका विशेषज्ञ सेवा दिइरहेको अस्पतालमा अझै दरबन्दी अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मी भने उपलब्ध छैनन् । “यस वर्ष डायलासिस सेवा दश शय्यामा विस्तार गरेका छौँ”, भट्टले भने, “विशेषज्ञ सेवा विस्तारदेखि अस्पतालको भौतिक पूर्वाधार निर्माणमा पहल भएको छ ।”
उनले अस्पतालले सिटी स्याक्न सेवा, अस्पतालका थप संरचना निर्माणदेखि व्यवस्थापनमा माथिल्लो निकायमा पहल गरिरहेको बताए। कुनै बेला चिकित्सकको अभाव झेल्दै आएको अस्पतालमा अहिले विशेषज्ञ सेवा विस्तार हुँदा बिरामीको चाप पनि बढ्दै गएको छ । “दैनिक चारदेखि छ सयको सेवाग्राही आइरहेका छन्”, उनले भने, “आकस्मिक सेवामा पनि दैनिक एक सयको हाराहारीको सङ्ख्यामा सेवाग्राही आइरहेका छन् ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - १७:१२
काठमाडौँ । लीमा अधिकारीले नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ...
चैत्र ३ गते, २०८२ - १६:५७
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२ र ८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ ।...
चैत्र ३ गते, २०८२ - १६:४७
सल्यान। सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा अब जथाभावी र अव्यवस्थित पार्किङ गर्ने सवारीसाधनलाई दुई हजार ५०० रुपियाँसम्म जरिवाना गरिने ...
चैत्र ३ गते, २०८२ - १६:४०
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।आज नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ विन्द...
चैत्र ३ गते, २०८२ - १६:३३
ताप्लेजुङ। ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार आइ...
चैत्र ३ गते, २०८२ - १६:२४
बागलुङ। प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको द...
चैत्र ३ गते, २०८२ - १६:०१
काठमाडौँ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाइएको घटनाप्रति चीनले चासो द...
चैत्र ३ गते, २०८२ - १५:३४
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनिय...
चैत्र ३ गते, २०८२ - १५:०४
काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद...
चैत्र ३ गते, २०८२ - १४:२९
घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...


प्रतिकृया लेख्नुहोस्: