काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले संघकै सदस्यहरुले नेपाली क्रिकेटलाई बदनाम गराउने प्रयास गरिरहेको आरोप लगाएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत खड्काले संघका पदाधिकारी र नेपाली क्रिकेटलाई नै बदनाम गराउन संघ भित्रका सदस्यहरुले प्रयास गरिनु दुखद भएको टिप्पणी गरेका हुन् ।
उनले कयौं चुनौती र कठिनाइहरुलाई चिर्दै नेपाल क्रिकेटको दिगो विकास र विस्तारतर्फ नेपाल क्रिकेट संघ चलिरहेको समय आफैंमा महत्वपूर्ण रहेको बताएका छन् ।
पारसले भनेका छन्- नेपाल क्रिकेटको अभिभावकीय संस्था रहेको नेपाल क्रिकेट संघ ( क्यान ) ले समग्र नेपाली क्रिकेट र खेलाडीहरुको पक्षमा काम गर्दै आएको छ। पछिल्लो ९ महिना यता नेपाल क्रिकेट भित्र भएका केहि सराहनीय कार्यको फल स्वरुप सिंगो, संस्था नेपाल क्रिकेट संघ (क्यान) वर्तमान अवस्थामा सुमार्ग र सफलताको यात्रामा अघि बढीरहेको सर्वविदितै छ।
कयौं चुनौती र कठिनाइहरुलाई चिर्दै नेपाल क्रिकेटको दिगो विकास र विस्तारतर्फ नेपाल क्रिकेट संघ चलिरहेको समय आफैंमा महत्वपुर्ण रहेको छ । यद्यपि यी सबैका विच, संघका अध्यक्ष, सचिव लगायत सिंगो संस्था र समग्र नेपाली क्रिकेटलाई नै बदनाम गराउंदै आफ्नो व्यक्तिगत लाभ र प्रायोजन हत्याउने उद्देश्य सहित यसै संघ भित्रका केही सदस्यहरुले हरसम्भव प्रयास गरिरहनु भएको कार्य आफैंमा दुखद: हो।
नेपाली क्रिकेटमा खेलाडीको रुपमा मैले देशको झण्डा ओड्दै यसको गरिमा र मान-प्रतिष्ठालाई थप उचाईमा लग्नका निम्ति गरेको २० वर्षको प्रयासलाई सम्झंदै यस खेलको विकासमा आफुलाई समर्पित गर्ने निधो गरेको हुँ। नेपाललाई क्रिकेटिंग राष्ट्रका रुपमा आत्मनिर्भर बनेको हेर्ने हामी सबैको सपनालाई साकार पार्दै नेपाल क्रिकेट संघको गरिमालाई थप उचाईमा पुर्याउनु मेरो लक्ष्य, जिम्मेवारी र प्रमुख कर्तव्य ठानेको छु - र यसै सपनालाई साकार पार्न संस्थागत रुपबाट केही गरौं भन्ने सोचका साथ खेलाडी जीवनबाट सन्यास लिंदै नेपाल क्रिकेट संघको जिम्मेवारीपुर्वक काम गर्न पाउनु मेरो लागि सवैभन्दा ठुलो अवसर समेत ठानेको छु।
यस विचमा मैले २० वर्ष देशको लागि खेलाडीका रुपमा कमाएको व्यक्तिगत प्रतिष्ठा मात्र नभई संघको गरिमामाथि नै आंच आउने गरि केही पदीय लाभ लिनका निमित्त अनर्गल र आधारहिन वक्तव्यहरुको बाटो रोजेर नेपाली क्रिकेटमा फैलाउन खोजिएको अराजकताको उचित छानविन सहित संस्थागत पद्दतिबाट छिट्टै नै कानुनि उपचार समेत खोजिने छ।
साथै, नेपाली क्रिकेटका सम्पूर्ण समर्थकहरुलाई समेत यस प्रकारका व्यक्तिगत राजनीतीक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नभई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई यस विश्वकपमा सक्दो हौसला प्रदान गरिदिनुहुन समेत हार्दिक अनुरोध गर्दछु।
विश्वकप जस्तो सर्वोच्च मंचमा नेपाली राष्ट्रिय क्रिकेट टोली सहभागी भैरहेको यो समयमा हामी सबैको ध्यान र साँचो समर्थन हाम्रो टोली र खेलाडीहरु प्रति रहनु आवश्यक रहेको छ। यो क्षणमा हामी सबैको मुख्य प्राथमिकता भनेको क्रिकेट हो भन्ने पक्षलाई मनन गर्दै सिंगो विश्वसामु लडिरहेका हाम्रा खेलाडीहरुको मनोवल र हौसला बढाईदिनु हुन र नेपाली टोलीलाई समर्थन गरिदिनुहुन समेत अनुरोध गर्दछु ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - १७:४२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शन गर्ने क्रममा काठमाडौंमा ७ जना प्रदर्शनकारी पक्राउ परेका छन्। जिल्ला प्रहर...
चैत्र १४ गते, २०८२ - १७:२०
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न २८ जिल्लामा ३८ वटा विपद्का घटना दर्ता भए...
चैत्र १४ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेत ले आफ्नो पार्टीले देशभर आन्दोलन अझ सशक्त बनाउँदै लैजाने चेतावनी दिएका छन्। प्रहरीबाट आफूहरूमाथि दमन भएको ...
चैत्र १४ गते, २०८२ - १६:५०
काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि राजधानीको माइतीघर–बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। सुरक्षा स्थिति नियन्त्रणमा लिन प्...
चैत्र १४ गते, २०८२ - १६:४१
काठमाडौँ । विद्यादेवी भण्डारी ले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको...
चैत्र १४ गते, २०८२ - १६:२८
काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा उत्रिएका एमाले कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ। लाठीचार्जका क्रममा युवराज ओलीसहित केही ने...
चैत्र १४ गते, २०८२ - १६:१५
काठमाडौं । बबरमहल क्षेत्रमा प्रहरी र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। काठमाडौं जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको ह...
चैत्र १४ गते, २०८२ - १६:०१
काठमाडौं । केपी शर्मा ओली हाल त्रिवि शिक्षण अस्पताल मा उपचाररत रहेका छन्। शनिबार बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल लगिएको थिय...
चैत्र १४ गते, २०८२ - १५:३८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ परेका छन्। मुगुको सोरु गाउँपालिका–१० घर भई हाल काठमाडौंको चन्द्राग...
चैत्र १४ गते, २०८२ - १५:२५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली लाई प्रहरीले शनिबार बिहान पक्राउ गरेपछि राजधानीको माइतीघर क्षेत्र तनावग्रस्त बनेक...



प्रतिकृया लेख्नुहोस्: